• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी रुपन्देही १ मा पूर्वसहकर्मीको भिडन्त: बलिया छविलाललाई स्वतन्त्र घनश्यामको चुनौती
64x64
प्रतिक पौडेल बिहीबार, मंसिर १, २०७९  १९:४४
1140x725

रुपन्देही- एउटै पार्टीमा बसेर ३ दशक बढी सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा। विद्यार्थीकालदेखि राजनीतिमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म भए। एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रीय सचिवमा निर्वाचित भए।

यी दुई नेताको व्यक्तिगत सम्बन्ध सुमधुर छ। अहिलेसम्म एक-अर्कालाई आक्षेप लगाएका छैनन्। विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी भलिबलका पूर्वखेलाडी हुन्।

भुसाल वामपन्थी वैचारिक नेता पनि मानिन्छन्। यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाइमा स्थापित नीति समेत पारित गरेको थियो। ‘दुर्भाग्य नीति एउटाको, नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र वामपन्थी पार्टी नीति विनाको हुँदै गयो,’ आइतबार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने।  

झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठिक भए पनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्र्याकमा हिंड्न नसकेको उनले सुनाए।

एमाले स्थायी कमिटी सदस्यसमेत भइसकेर पार्टी परित्याग गरेका भुसालले रुपन्देही- १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धन दलहरुले समर्थन गरेका छन्। उनी त्रिभुज चुनाव चिह्न लिएर मैदानमा छन्।

यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँग एमालेमा रहँदा तीन दशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन्। तीन दशक लामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ।

वैचारिक एवं मार्क्सवादका ब्याख्याता नेता भुसाल र विश्वकर्मा आमने-सामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन्। तर भुसालले पछिल्लो समयमा राम्रो जनसमर्थन पाएका छन्। यसबाट उनी उत्साहित छन्।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन्। २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। त्यतिबेला वाम गठबन्धन भएकाले उनीहरुले सहज जित निकालेका थिए।

२०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका भुसाल पूर्व कृषिमन्त्री हुन्। विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन्। उनी पनि पूर्व कृषिमन्त्री भइसकेका छन्। विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए। भुसाल विश्वकर्माभन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्।

भुसालले विभिन्न आन्दोलनमा होमिँदै गर्दा पटक-पटक गरी दुई वर्ष ५ महिना जेल जीवन बिताएका छन्। तर विश्वकर्माले जेल जीवन भने बिताउनु परेको छैन।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही- १ विजयी भएका थिए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा २०७० मा विश्वकर्मा पराजित भएका थिए। वाम गठबन्धनबाट २०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यस पटक भने भुसाल चुनौती बन्ने देखिन्छ।

२०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो। भुसाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई कांग्रेसको समर्थन थियो। तर भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।

२०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण टिकट पाएनन् र ३ बाट उठे। अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगत रुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो छ। तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत छ। दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन्।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ। लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत तान्ने अनुमान गर्न सकिन्छ। 

भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रही काम गरेका उनका सहयोगी मनोजकुमार रिजाल एमालेको ८/१० हजार मत प्रभावित हुने बताउँछन्। 

‘घनश्याम भनेको राजनीतिक इमान, वामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्दा वित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ।’ भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्ला र स्थानीय स्तरका नेता-कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन्। जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ।

‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्च तहमा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनि जितको बाटो सहज गराएको छ।’  गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने दावी भुसालपक्षीय नेताहरुको छ।

भुसाललाई जनसमर्थन राम्रो छ। एमालेमा विद्रोह छ भने धेरै नेता-कार्यकर्ता भुसालतिर लागेका छन्। अर्कातिर गठबन्धनको पनि साथ छ। यस कारण पनि भुसाल उत्साहित देखिएका छन्।

देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:४४
  • #प्रतिस्पर्धी
  • #घनश्याम भुसाल
  • #छविलाल विश्वकर्मा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्