• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
64x64
प्रतिक पौडेल बुधबार, वैशाख ६, २०८०  ०८:५०
1140x725

भैरहवा– जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रवेशद्वार अगाडि आजकल हरेक दिनजसो महिलाहरुको भिड हुन्छ। प्रशासनको गेट अगाडि जम्मा भएर उनीहरु आफूहरुका मागप्रति सरकारले गम्भीर भइदिनुपर्ने बताउँछन्। 

कहिले नारा पनि लगाउँछन्। कहिले भने मौन भएर धर्ना बस्छन्। प्रशासन कार्यालय अगाडि दैनिक भेला हुने महिलाहरु लघुवित्त पीडित हुन्। जिल्लाका विभिन्न ग्रामिण क्षेत्रबाट आएकाहरु सबैका लघुवित्तबाट भोगेका दु:ख, पीडा र हैरानीका आ–आफ्नै कथा छन्।  लघुवित्तको चर्को व्याजका कारण परिवार नै संकटमा पर्न थालेपछि ऋणीहरु संगठित हुन थालेका छन्।  

रुपन्देहीमा एकै व्यतिलाई समुह बनाएर ८ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसक्ने अवस्था आएको ऋणीहरुको भनाइ छ। लघुवित्तबाट पीडित भएकाहरुले अहिले लघुवित्ता संस्थाहरु खारेज नै हुनुपर्ने माग गर्दै आएका छन्। ‘लघुवित्त खारेज गर,’ ‘ऋणी मार्ने काम बन्द गर’ जस्ता नारा लगाएर पीडितहरु प्रशासनमा धर्ना दिन पुग्छन्। 

तिलोत्तमा नगरपालिका–१७ की संगिता चौधरीले अहिलेसम्म ७ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छन्। आफूले पटक–पटक किस्ता तिरे पनि सावाँ रकम कहिले पनि नघट्ने गरेको उनी बताउँछिन्।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ। १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन्। ऋणीको रकम हातमा ९० हजार पुग्छ। 

अर्को लघुवित्तबाट पीडित बनेकी देवदह नगरपालिका ११ की सुभावती पाशी भन्छिन्, ‘लघुवित्तले गाउँका सोझा साझा महिलाहरुलाई प्रलोभनमा पारेर फसाएको छ।’

देवदह नगरपालिका–११ की शीसकला हरिजनले रुँदै सुनाइन्, ‘मेरो छोरालाई चोट लागेर उपचार गराउनुपर्ने अवस्थामा पनि लघुवित्तका प्रतिनिधिहरु आएर दु:ख दिने गर्छन्।’ 

रुपन्देहीमा लघुवित्तबाट लिएको ऋणको सावाँ र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको पीडितहरु बताउँछन्। लघुवित्त र सहकारीको ऋण मिटरब्याज भन्दा कम नभएको पीडितहरुको भनाइ छ। 

बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन। प्रक्रिया नै झन्झटिलो छ। वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन्। 

ओमसतिया गाउँपालिका–४ का सहभाज अहमदले लघुवित्तहरु गाउँमा आएर अशिक्षित समुदायहरुलाई प्रलोभनमा पारी जबरजस्ती कारोवार गर्ने गरेको बताए।

१ वर्ष अगाडि लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ। 

बुटवल उपमहानगरपालिका–११ की लक्ष्मी थारु लघुवित्तबाट लिएको ऋणका कारण आफूहरुले यातना भोगिरहेको बताइन्। लघुवित्तका कर्मचारी र प्रतिनिधिहरुले घरमै आएर धम्की दिने, अपमान गर्ने गरेको चौधरी बताउँछिन्। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता रामचन्द्र अर्यालले लघुबित्त पीडितहरुले उठाएका बिषय समेटिएको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पुर्‍याइसकिकएको बताए।  सरकारले अनुमती दिए आर्थिक सुशासन कायम गर्न र लघुवित्त पीडितहरुको समस्या समाधान गर्न जिल्ला प्रशासन तयार रहेको अर्याल बताउँछन्। 

राष्ट्रिय सहकारी बोर्डका सदस्य सन्दीप सापकोटाका अनुसार पहुँचका आधारमा खोलिएका संस्थाहरुमा अहिले व्यापक बेथिति देखिएको छ। सापकोटाले यस्ता संस्थाहरुलाई नियमनमा ल्याउन जरुरी रहेको बताए।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
...अनि सञ्चालनमा आयो नेपालकै पहिलो होमस्टे
सम्बन्धित सामग्री
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्