• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
भीम रावललाई नजरअन्दाज गर्दा सुदूरपश्चिममा एमालेको भारी गिरावट
64x64
डिबी खड्का बिहीबार, मंसिर ८, २०७९  १५:४१
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा चुनौती दिएका भीम रावलले यसपल्ट टिकट नै पाएनन्। सुदूरपश्चिमबाट उदाएर एमालेको उपाध्यक्षसम्म निर्वाचित रावललाई किनारा लगाउँदाको असर निर्वाचन परिणाममा देखिएको छ।
 
एमालेमा हुँदा रावल गुटका तीनजना सांसद्ले एकीकृत समाजवादीबाट पनि जितेका छन्। राजनीतिमा रावलकै चेला मानिने शेरबहादुर कुँवरले अछाम- २, भानुभक्त जोशीले बझाङमा जितेका छन् भने प्रेम आलेले डोटीमा जितेका छन्।

सुदूरपश्चिममा रावललाई निष्क्रिय पार्नुको परिणाम स्पष्ट देखिएको छ। अहिलेसम्मको अवस्था हेर्दा एमाले शून्य हुनबाट मात्रै जोगिनेछ। जसले एमालेलाई सुदूरपश्चिममा शून्य हुनबाट जोगाएका छन्, ती पनि रावलकै अनुयायी हुन्।

नेकपाकालमा अध्यक्ष ओलीको कदमबाट असन्तुष्ट भएर रावलसँगै अर्को खेमामा पुगेका तारा लामा एकीकृत समाजवादी हुँदै एमालेमा फर्किएका हुन्। उनी कञ्चनपुर- १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई फराकिलो अन्तरले पछि पारिरहेका छन्। अहिलेसम्म मतगणना हेर्दा उनको जित सुनिश्चित देखिएको छ।

एमालेको जित निश्चित ठानिएको बझाङ र दार्चुलामा समेत हार बेहोर्नुपरेको छ। बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग एमाले ऐन महर पराजित भए। यसैगरी कांग्रेसका दिलेन्द्र बडूसँग गणेश ठगुन्नाले दार्चुलामा हारेका हुन्। एमालेको राम्रो संगठन रहेको मानिने बैतडीमा पनि दामोदर भण्डारी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरसँग पछि परेका छन्। झिनो मतान्तरले पछि भएका कारण उनी समेत जित्न सक्छन्। एमाले बढीमा दुई र एक सुनिश्चित अवस्थामा देखिएको छ। 

एमालेले स्थानीय तहमा ९ मध्ये ६ पालिका जितेको बाजुरामा अहिले विवाद भइरहेको छ। कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसँग एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रतिस्पर्धामा छन्। उक्त क्षेत्र पनि एमालेका लागि सुरक्षित भने होइन।

निर्वाचनको पूर्वसन्ध्यामा प्रतिस्पर्धीलाई खुइल्याउनु स्वभाविक ठानिन्छ। अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रबाट एमालेमा आएका लेखराज भट्ट भने रावलका बारेमा टिप्पणी गरिरहेका थिए।

कांग्रेसमा शेरबहादुर देउवा सदाबहार शक्तिमा हुँदा समेत सुदूरपश्चिममा एमालेलाई प्रभावशाली बनाउन रावलले ठूलो भूमिका निर्वाह गरेका छन्। गुटगत राजनीतिमा यताउता भए पनि एमालेका लागि रावलको योगदानलाई कार्यकर्ताले प्रशंसा नै गर्छन्। तर कार्यकर्ताबाट नगरिकन भुल एमालेको नेतृत्वपंक्तिले यसबीचमा गर्योू। रावललाई टिकटबाट बञ्चित गरेर माओवादी केन्द्रबाट एमालेमा पुगेका व्यवसायी झपट बोहरालाई अछाम- २ मा उम्मेदवार बनायो।

स्थानीय कमिटीबाट एकल सिफारिस रावलमाथि गरिएको अन्यायको 'उपहार' सुदूरपश्चिमका सबैजसो जिल्लाबाट एमालेलाई प्राप्त भइरहेको छ। राष्ट्रिय रुपमा त्यति धेरै क्षति नबेहोरेको एमालेले सुदूरपश्चिममा भने असफल भएको छ। २०७४ सालको निर्वाचनमा १६ मध्ये ११ सिट जितेको एमाले यसपल्ट कम्तिमा एक र बढीमा दुई सिटमा सिमित हुने तय छ।

Ncell 2
Ncell 2

प्रतिस्पर्धीसँग होइन, आफ्नैसँग दोहोरी
रावललाई पाखा लगाएर सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मा दिइएका एमाले सचिव लेखराज भट्टले आफैंले कैलाली- ४ मा हार बेहोर्नुपरेको छ। भट्टले चुनावअघि दिएको एक अन्तरवार्तामा रावलबारे केही टिप्पणी गरेका थिए। त्यसबारे रावलले १० बुँदामा त्यसको लामो खण्डन गरे। 

त्यतिले नपुगेर उनले थप प्रश्न गरेका थिए,  'लेखराजजीको अन्तरवार्ताबारे थप प्रश्नः सर्वसम्मत एकल सिफारिस उम्मेदवार मबाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन? एमाले विरोधी राप्रपाका समूह, जसपा, होली वाइन र हृदयेशलाई २४ स्थान दिनु के एमालेको घोषित सिद्धान्त र कम्युनिस्ट दर्शन अनुरूप हो? यिनले एमालेका लागि के योगदान गरेका छन्?'

चुनावअघि अध्यक्ष ओलीले सुदूरपश्चिमका केही जिल्लामा सभा गरे। सभामा उपस्थितहरुबाट 'भीम रावल खोई' भनेर माग नै भयो। तर,  ओलीले रावलको प्रभावलाई नजरअन्दाज गरे। ओली उल्टै प्रतिवादमा उत्रिए– 'भीम रावलको तपाईंलाई किन चिन्ता पर्योभ? २०४८ सालदेखि एकछिन मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

रावलले त्यहीबेला ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका थिए। उनले लेखेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?'

एमालेमा समकक्षीलाई पाखा लगाएर 'सर्वमान्य' भएका ओलीलाई आन्तरिक लोकतन्त्रका लागि चुनौती दिने आँट भीम रावल र घनश्याम भूसालले गरेका थिए। दुवैलाई ओलीले टिकट दिन अस्वीकार गरे। भूसालले पार्टी छाडेर प्रतिस्पर्धा गरिरहेका छन्। रावल पार्टीमा बसे तर यसपल्ट उनी र उनका पक्षधरहरु खुलेर मैदानमा देखिएनन्। जसको परिणाम एमालेले बेहोरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्