• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
यी ४ कारण, जसले गर्दा गृहमन्त्री खाणले पराजय भोग्नुपर्‍यो!
64x64
प्रतिक पौडेल शनिबार, मंसिर १०, २०७९  १६:५३
1140x725

रुपन्देही– गत मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना अन्तिम चरणमा पुग्दै गएको छ। यसैबीच, ठूला नाम भएका तथा शक्तिशाली पदमा रहेका नेताहरूसमेत पराजित भएका छन्। यसरी पराजित हुनेमा वहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि पर्छन्। सत्ता गठबन्धनको साथ पाएर रुपन्देही– ३ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरासँग पराजित भएका छन्।

के छन् कारण?

गृहमन्त्री २०७८ असार ३० मा रुपन्देहीले आफ्नै क्षेत्रका खाणलाई गृहमन्त्रीको रुपमा पायो। तर, त्यही पदकै कारण उनले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको स्थानीयहरू बताउँछन्।

‘गृहमन्त्री हुनुपूर्वका खाणका काम पनि आलोचित थिए। गृहमन्त्री भएपछि त उनले गरेका काम झनै विवादित बने। यसैले उनलाई हारसम्म पुर्याएको हो’, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय भन्छन्।

गृहमन्त्री हुनुपूर्व खाण रुपन्देहीमा एकदमै लोकप्रिय नेतामध्ये एक थिए। उनले रुपन्देहीमा कहिले पनि चुनावनै हारेका थिएनन्। तर भएपछि उनको कार्यकालमा भएका केही प्रमुख घटनाक्रमले उनलाई यसरी आलोचित बनायो कि उनले चुनाव नै हार्न पुगेको स्थानीयहरूको दाबी छ। गृहमन्त्री खाणले चुनाव हार्नुमा प्रमुख यी ४ कारण मानिएको छः  

१. मोतीपुर घटना 

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको नदी उकास क्षेत्रको ८१३ बिघामा औद्योगिक क्षेत्र बनाउने गरी जग्गाको भोगाधिकार र स्वामित्व औद्योगिक क्षेत्रको नाममा बनेको छ। त्यसमध्ये करिब २ सय बिघा जमिन आफूहरूले भोगाधिकार गर्दै आएको स्थानीय बताउँछन्। उनीहरूले आफूहरूलाई वैकल्पिक व्यबस्थापन गरेर मात्रै औद्योगिक क्षेत्रको काम अगाडि बढाउनु पर्ने बताउँदै आएका छन्।

तर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सिलान्याससँगै त्यसमा विवाद सिर्जना भएको छ। ०७७ पुस ५ गते प्रतिनिधि सभा (संसद्) विघटन गरेका प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले पूर्वतयारीविनै थुप्रै आयोजना हतारमा सिलान्यास गरेका थिए। त्यसमध्ये मोतीपुर औद्योगिक क्षेत्र पनि हो। गत फागुन २१ मा हतारमा सिलान्यास कार्यक्रम गर्न पुगेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्ट स्थानीयको विरोधका कारण कार्यक्रम नै छाडेर भाग्नु परेको थियो। 

Ncell 2
Ncell 2

त्यसपछि बिवादले उत्कर्ष लिएको थियो। आन्दोलन चर्किएको थियो। स्थानीयको मागलाई समयमै सम्बोधन नगरेका कारण समस्या झन्–झन् बढ्दै गयो। ०७८ असोज २४ गते आइतवारका दिन प्रहरी र स्थानीयको दोहोरो झडप भयो। प्रहरीले उक्त घटनामा गोली चलाएको थियो। झडपमा परेर ४ जनाको ज्यान समेत गयो।

सोही घटना अहिले गृहमन्त्री खाण रुपन्देही– ३ मा प्रतिनिधि सभामा हार्नुको प्रमुख कारण बनेको छ। र विपक्षीले पनि सोही घटनालाई प्रमुख रुपमा उठाएको त्यस क्षेत्रका स्थानीयहरूले बताउने गर्छन्।

२. तिलोत्तमा नगरसभास्थलमा भएको घटना

गत असार मसान्तमा तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको थिएन। विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो। स्विमिङ पुलमा धकेलेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।

गृहमन्त्रीका भाइसमेत रहेका नगरप्रमुख रामकृष्ण खाणले प्रहरीको प्रयोग गरी विवादका बीच वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने घटनाले गृहमन्त्रीको ब्यापक आलोचना भएको थियो। यस घटनाको कारण पनि गृहमन्त्री खाणप्रति क्षेत्रमा अलोकप्रियता बढेको स्थानीयहरू बताउँछन्। 

३. जिल्ला आउँदा गृहमन्त्रीको रजगज 

देशको राजधानी काठमाडौंमा धेरै समय पहिलेदेखि एउटा बिषय ब्यापक रुपमा उठ्ने गरेको छ। त्यो हो भीआइपीको सवारी । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म राजधानीका सडकमा गुड्ने क्रममा सवारी साधन आवतजावत नै रोकिने प्रवृत्ति बढेके छ। यसप्रति पछिल्लो समय ब्यापक आलोचना हुने गर्छ। 

गृहमन्त्री खाणले पनि रुपन्देहीमा सोही प्रवृत्ति भित्र्याएको स्थानीयहरू बताउने गर्छन्। उनी गृहमन्त्री भएपछि जिल्लामा धेरै पटक आए। हरेक पटक आउँदा उनको सवारीको समयमा हुने रजगजले स्थानीयहरू आजित भइसकेका थिए। सोही विषय गृहमन्त्री खाणका पराजित हुन अर्को प्रमुख कारण बनेको स्थानीयहरूको दाबी छ। 

४. पार्टीको अधिवेशन 

गत मंसिरमा कांग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र– ३ (क)मा मतगणना क्रममा विवाद हुँदा झडप भएको थियो। सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँचजना घाइते भएका थिए।

प्रदेश सभा– कको मतगणना भइरहेको अवस्थामा भैरहवामा राति २ बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा सैलेश पन्त घाइते भएका थिए। उनको नाकको हड्डी फ्याक्चर भएको थियो। पछिल्लो पटक स्थानीय निर्वाचनमा सोही बिषयलाई प्रमुख कारण बनाउँदै पार्टीमा गुटबन्दी बन्यो। सोही गुटबन्दीले गर्दा पार्टीमा बस्न नसकिएको भन्दै रुपेन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका थिए।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको त्यो बेला यादवले आरोप लगाएका थिए।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार थिए। मतगणनामा त्यसरी आक्रमण गर्न गृहमन्त्रीकै मानिसहरू हात भएको कांग्रेसका स्थानीय नेताहरूकै आरोप थियो। ‘यसरी गृहमन्त्री खाणले आफ्नो ‘रजगज’ बाहिरमात्र नभएर पार्टीभित्रै गरेपछि यो चौथो प्रमुख कारण बन्यो उनि चुनाव हार्नुको’, एक स्थानीय नेता भन्छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:५३
  • #चुनाव_२०७९
  • #बालकृष्ण खाण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्