• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
थापाथलीको सुकुम्बासी बस्तीमा पाइन्छ कोठा भाडामा!
64x64
कल्पना घिमिरे मंगलबार, मंसिर १३, २०७९  २१:५८
1140x725

काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्ती मंगलबार पनि  उस्तै तनावग्रस्त बनेको रह्यो। घरभित्रका सामान बाहिर थुपारेर बसेकका उनीहरुले सोमबारको रात बाहिरै काटे। मंगलबार त्यहाँ पुग्दा कोही सुतिरहेकै थिए। 

बस्ती वरपर साना केटाकेटीहरु खेलिरहेका थिए। घर भत्किने पिरलो अभिभावकलाई थियो तर ती बच्चाहरु विद्यालय जान नपर्दा निकै खुसी थिए। उनीहरुमध्ये एकले भने, ‘आज हाम्रो इच्छा दिवस हो, त्यही भएर आज विद्यालय नगएको।’

यूएस प्रजा नामका बालकले भने आफूलाई ल्याउने र पुर्याउने मान्छै नहुँदा स्कुल नगएको बताए। उनीसँग खेलिरहेका कक्षा ४ पढ्ने आयुष मगर पनि बस्तीक तनाबले स्कुल नगइ बसे। विद्यालय जान नपर्दा खुशी भएका उनले त्यहाँ भत्काएर ठूलो घरमा सार्ने सुनेका रहेछन्। भन्दै थिए, ‘ठूलो घरमा गएर बस्न पाइन्छ यो भत्काए त राम्रो हुन्थ्यो। बरु कतिबेला भत्काउँछ होला?’ 

उनीसँगै खेलिरहेका अर्का अर्का बच्चाले थपे, ‘यसको त बाबाको ठूलो रेस्टुरेन्ट पनि छ। अनि घर पनि छ।’

४ कक्षामा अध्ययनरत रञ्जिता लामाले साथीहरु नगएकाले आफू पनि विद्यालय नगएको बताइन्। उनी भने घर भत्काउने कुरामा डर नभएको बताइन्। उनी खुसी थिइन्। ‘हाम्रो अर्को घर छँदैछ नि त्यहाँ जाने हो,’ उनले भनिन्। घर कुन ठाउँमा छ भन्ने चाहिँ आफूलाईं थाहा नभएको बताइन्।

त्यस्तै रोसन मगर पनि घर भत्किने डरले विद्यालय नगई बसेका रहेछन्। उनलाई पीर थियो, ‘विद्यालय गएको बेलामा घर खलाँस भा’को रछ र मेरो बाबाममी नै भएनन् भने के गर्ने नि!’

खुला आकाशमुनि रोहन परिवार नामका बालक ओछ्यानमा बसेर एक्लै खेलिरहेका थिए। आफूलाई डर लागेको भएर अन्त नगई ओछ्यानमा खेलेको उनले बताए। ‘ममीहरु बाहिर जुलुसमा जानु भा’छ। मलाई त लास्टै डर लागेको छ। त्यही भएर यहीँ खेलेर बसेको’, उनले भने। 

उमेरले ९ वर्षका उनी गुहेश्वरी माविमा २ कक्षामा अध्यनरत रहेछन्। आज विद्यालयले नै नआउ भनेपछि उनी घर बसेर खेलिरहेका थिए। 

गुहेश्वरी माविमै ९ कक्षामा अध्ययनरत दीक्षा वागदास पनि आज विद्यालय नगई बसेकी रहिछन्। कुनबैला घर भत्काउने हो। घर भत्कियो भने कहाँ गएर बस्ने भन्ने चिन्ता लागेर विद्यालय नगएको उनले बताइन्। ‘यसरी बस्ती भत्काउन आउनेभन्दा हामीलाई कतै व्यवस्थित गरेको भए हुन्थ्यो। हाम्रो आज क्लास छुट्यो। अब कतिदिन छुट्ने हो। पढाइ बिग्रिन्छ यसरी छुटेपछि’, उनले भनिन्।

कक्षा ७ मा अध्ययनरत सोनी लामा भने घरको सामान सबै निकालेर छरपस्ट भएकाले विद्यालय जान नपाएको बताइन्। ‘ड्रेस कहाँ छ, यत्रो सामानमा कहाँ परोपरो भेट्टिएन। अब घर भत्किने डर पनि छ। कुन बेला भत्काउने हो, भत्कायो भने कहाँ गएर बस्ने तनाब छ। त्यही भएर नगएको’, उनले भनिन्।

बस्तीभित्र कोठा भाडामा 

महोत्तरी गौशालाका रामदिनेश यादव सुकुम्बासी बस्तीमा भेटिए। उमेरले ५४ वर्षका यादव १६ वर्षको उमेरमा काठमाडौं आएका थिए। पहिला टेकुमा डेरा गरेर बस्थे। केही वर्षदेखि उनी सुकुम्बासी बस्तीमा डेरा गरेर बस्छन्। ज्यामी काम गरेर आर्थिक उपार्जन गर्दै आएका छन्। 

‘यहाँ अरु ठाउँमा एउटा कोठाको सात हजार भन्छन्। ज्यामी काम गर्ने मान्छेले तेत्रो भाडा काहाँबाट तिर्न सक्छ? यहाँ सस्तो छ। तीन हजार तिरेर बसेको छु’, उनले भने।  

केही वर्षअघि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारमा उनले २ वर्ष काम गरे कमाइ राम्रो नभएपछि नेपाल फर्केए। उनी अहिले काठमाडौंमा ज्यामी काम गर्छन्। उनी काम गरेबापत दैनिक १ हजार रुपैयाँ कमाउँछन्। त्यो कमाइ घरमा पठाउँछन्।

’माओवादीले ल्याइदियो यहाँ’

७७ वर्षीया सीता लामा पनि बस्तीमा भेट्टिइन्। उनी ९ वर्षको उमेरमा काठमाडौं आएकी थिइन्। पहिले उनी भोटेबहालमा डेरा गरेर बस्थिन्। बागमती नदीबाट बालुवा बोक्ने काम गर्थिन्।

२० वर्ष अघिदेखि भने उनले थापाथली चोकमा मकै पोलेर गुजारा गर्न थालिन्। उनले पाँच मोहरमा मकै किनेर पोलेपछि प्रति घोगा पाँच रुपैयाँले बेचेको उनी सम्झिन्छिन्।

उनका एक छोरा र एक छोरी छन्। छोरा छोरीको विवाह भइसकेको छ। छोरा भने कुलतमा फसेर छुट्टै बस्ने गरेको उनले बताइन्। बुहारी र नाती भने सँगै बस्छन्। विवाहित छोरी रोजगारीको लागि साइप्रस गएकी छिन्। कहिलेकाहीँ बुहारी पनि उनलाई सहयोग गर्न मकै पोल्न थापाथली पुग्छिन्।

आफ्नो बस्ती भत्काउन लागेकाले उनी निकै चिन्तित थिइन्। ‘हाम्रो छाप्रो नभत्काए हुन्थ्यो नि, हामी गरिब–दुःखी कहाँ जाने? कस्तो दुःख गरेर बनाको छ यो। यी रोडमा मकै पोलेर यसरी हात पोलेको छ’, हात देखाउँदै उनले भनिन्।

१७ वर्षअघि घर जग्गाविहीनलाई ठाउँ दिएपछि थापाथलीको बागमती किनारमा आएर बसेको उनले बताइन्। ‘माओवादीले जग्गा नहुनेलाई यहाँ बस्न ठाउँ दिएको रहेछ। घरबेटीले मलाई सुनाइन्। अनि म पनि घरबारविहीन थिएँ। आएर बसें,’ उनले भनिन्।

अर्की सर्लाहीकी गीता लामा पनि बस्तीमा चिन्तित थिइन्। उनी २०५० सालमा तराईमा बाढी पसेर घरबारविहीन बनेपछि काठमाडौं आएकी हुन्। काठमाडौं आएपछि उनी ठिमीमा बसिन्। त्यहाँ बस्दा उनले गलैँचा बुन्ने काम गर्थिन्। १७ वर्षअघि काठमाडौंमा घरबारविहीन सकुम्बासीलाई माओवादीले थापाथलीको बागमती किनारमा बस्न पठायो। त्यतिबेला उनी पनि त्यहाँ आएर बस्न थालेको उनले बताइन्।

’पहिला हामीलाई यो ठाउँमा बस्न नदिएको भए हामी यहाँ हुँदैन थियौँ।  कहाँ के गथ्र्यौंं होला। पहिले हामीलाई यही ठाउँमा बस्न दिएर अहिले हटाउन खोज्दा नराम्रो लागेको छ’, उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:५८
  • #सुकुम्बासी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्