• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मनोनयन दर्ताको दृश्य: गगनको दलबल, देउवाको समूह!
64x64
डिबी खड्का मंगलबार, पुस ५, २०७९  १६:३५
1140x725

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका लागि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। छैटौंपटक प्रधानमन्त्री बन्ने लक्ष्यसहित देउवाले संसदीय दलको नेतामा दाबी गरेका छन्। थापाले ‘रुपान्तरण र पुस्तान्तरण’का लागि उम्मेदवार बनेको बताएका छन्।

उम्मेदवारी दर्ता गराउन सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पहिल्यै पुगेका थिए देउवा। अर्का प्रत्यासी महामन्त्री थापा आइपुग्नुअघि संसदीय दलको कार्यालयमा रहेको कार्यकक्षमा ‘डकुमेन्ट’ मिलाउन सक्रिय रहे। बसेरा होटेलबाट केही ढिलोगरी पुगेका थापा भने सिधै उम्मेदवारी दर्ता गर्ने ठाउँतिर सोझिएपछि देउवा पनि सँगसँगै त्यहीँ आइपुगे।

देउवा र थापाले एकसाथ उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरे। नयाँ सरकार बनाउने बाटोमा हिँडिरहेका देउवाले आफ्नो पुरानै स्वभावलाई निरन्तरता दिए। काम सकिएपछि फटाफट निस्किन खोजे। फोटो पत्रकारले आग्रह गरे,  ‘दुवैजना एकसाथ हात हल्लाइदिनुहोस्।’ देउवाले सुने तर वास्ता गरेनन्। बरु हतारिँदै बाहिर निस्किए। 

निस्किनै थाल्दा पत्रकारहरूले ठूलो स्वरमा प्रश्न गरे,  ‘संसदीय दलमा तपाईंको फेरि उम्मेदवारी किन?’ देउवाले प्रश्नको ‘रेस्पोन्स’ त परै जाओस्,  प्रश्नकर्तातिर हेर्न समेत उचित ठानेनन्। उनी र उनको ‘समूह’ बाहिर निस्कियो।

सामान्यतया पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री भित्रिदा र निस्किँदा दलबल हुन्थ्यो। तर, मंगलबारको दृष्य फरक देखियो। देउवासँग ‘समूह‘ मात्रै थियो।  दलबल भने महामन्त्री थापाको थियो। उम्मेदवारी दर्ता गराएर फर्किदै गर्दा थोरै भएपनि नारा थापाकै पक्षमा लाग्यो। हुटिङ खाने पनि थापा नै देखिए। तर, उक्त पक्षले नारा लगाउन रोक्यो।

उम्मेदवारी दर्ता गराउँदै गर्दा देउवासँग रामचन्द्र पौडेल मात्रै उभिए। समर्थक पूर्णबहादुर खड्का थापा पक्षका नेताहरूको हुलमा कहीँ छेउतिर परे। बरु देउवाको दायाँ-बायाँ र पछाडि जम्मै थापाको पक्षका नेताहरू उभिएका थिए। देउवाको बायाँ गगन थापाका एक समर्थक विश्वप्रकाश थिए। दायाँतिर थापाका साथमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत थिए। 

कांग्रेसका भविष्य परिवर्तनका पक्षमा
देउवा कांग्रेसको पहिलो पुस्तासँगै राजनीति गरेका नेता हुन्। बहुदलपछि निरन्तर शक्तिको केन्द्रमा रहेका उनीसँग तेस्रो पुस्ताका नेता गगन थापा प्रतिष्पर्धामा उत्रिएका छन्। यो सवाल पुस्तान्तरणको मात्रै देखिएको छैन,  गठबन्धनको टेको नभइ उभिनै नसक्ने अवस्थामा पुगेको कांग्रेसलाई तंग्र्याउन चाहने र यथास्थितिमै रमाउनेबीचको प्रतिस्पर्धा जस्तो देखिएको छ।

Gagan-thapa-after-nomination1671533329.jpg
उम्मेदवारी मनोनयपछि गगन थापा। 

उम्मेदवारी दर्तापछि थापाले प्रष्ट रुपमा त्यो सन्देश प्रवाह गरेका छन्। उनले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उनले भने,  ‘असिम श्रद्धाका साथ मेरो उहाँलाई आग्रह छ यो बेलामा शान्त मनले, शान्त चित्तले मनन् गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ। यसले कांग्रेसभित्र उत्साहको सन्देश सञ्चार गर्छ। उहाँलाई मनन् गर्न आग्रह गर्छु।’

Ncell 2
Ncell 2

देउवाका पक्षमा उभिएका ‘यथास्थिति’का पक्षधरहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाका परिवर्तन आकांक्षी नेताहरू गगनका पक्षमा उभिएका छन्। मौन बसिरहेका प्रकाशमान सिंहको खेमाको समेत समर्थन लिएर महामन्त्री जितेका विश्वप्रकाश शर्माले सुरुदेखि नै गगनका पक्षमा चट्टानी अडान लिए।

देउवाका प्रस्तावक रहेका रामचन्द्र पौडेलनिकट मानिएका प्राय: सबै नेताहरू थापाका पक्षमा खुलेका छन्।  देउवालाई सघाइरहेका विमलेन्द्र निधिसँग निकट रहेका रामकृष्ण यादव, तेजुलाल चौधरी, मुक्ता यादवलगायतका सांसदहरू गगनकै पक्षमा खुलेका छन्। यस्तै, नेता शशांक कोइरालानिकट मानिसका सांसद दीपक गिरी पनि गगनको पक्षमा खुलेका छन्।

अनुहारकै हिसाबले हेर्दा पदाधिकारीहरूमा प्रभावशाली देखिएका र पदाधिकारीका लागि प्रतिस्पर्धा गरेकाहरू धेरै गगन पक्षमा उभिएका छन्। महामन्त्रीका दुई विजेता मात्रै होइन, दुई पराजित उम्मेदवार समेत थापाका पक्षमा लागेका छन्। 

थापाले पौडेल र सिंहलाई कांग्रेसमा परिर्वतनको सन्देशलाई मनन् गर्न गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्। सिंहले २०७४ मा परिवर्तनका लागि भनेर उम्मेदवारी दिइरहँदा आफू त्यसका पक्षमा दृढतापूर्वक उभिएको स्मरण गराएका छन्।

नेपाली कांग्रेसको भविष्यका भनिएका प्राय: सबै नेताहरू यसपल्ट थापाका साथमा उभिएका छन्। यसले माहोलमा बदलाव आउने शेखर-गगन पक्षको विश्वास छ। 

‘आज साँझ सांसद साथीहरूले शान्त चित्तले आफ्नो मनलाई सोध्नु हुन्छ। जनमतलाई एकपटक सम्झिनुहुन्छ र भोलि बिहान आउँदै गर्दा सबै आग्रहबाट मुक्त भएर, सबै बन्धनबाट मुक्त कांग्रेसको भविष्यको निम्ति मत हाल्नु हुन्छ भन्ने विश्वास गर्छु। अनुरोध गर्न चाहान्छु’, थापाले भने।

चुनावअघि टिकट पाउन र समानुपातिकमा पर्न देउवासँग पक्षधरता देखाएका केही सांसदहरू परिवर्तनका पक्षमा उभिने विश्वास गगन पक्षका नेताहरूको छ। 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्