• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद द्वन्द्वपीडित मैना: जो चौथो प्रयासमा सांसद बनिन्
64x64
धनु विश्वकर्मा बिहीबार, पुस ७, २०७९  १८:४८
1140x725

काठमाडौं– मैना कार्की (रावल) त्यतिबेला ३० वर्षकी थिइन्। काखमा ३ सन्तान थिए। श्रीमान्‌ स्थायी शिक्षक। जीवन एउटा लयमा चलिरहेको थियो। तर, देशको ‘लय बिग्रिएको’ त्यो समयमा उनीहरूको जीवनमा चैन भने थिएन। उनीमात्र होइन, धेरै मैनाहरूको जीवन उही त्रासमा बाँचिरहेको थियो। 

२०६१ पुस १९ गते मैनाको जीवनमा यस्तो घटना घट्यो, जसको घाउले अहिले पनि उनलाई पोलिरहन्छ। बिर्सिन चाहन्नन् ती दिनहरू। समयले पात्रोका पानाहरू पल्टायो, तर मैनाको जीवनका घाउहरू त कसैगरी मेटिँदैनन्। मेटिनेछैनन्। बस् नसम्झिएजस्तो मात्रै गर्नुछ। 

बितेका १८ वर्षमा मैनाले बाँच्नुपरेको जीवन र भोग्नुपरेका सामाजिक, पारिवारिक र राजनीतिक अप्ठ्याहरू भनिसाध्य छैनन्। जीवन कहिले उपेक्षाकाे अक्करे भीरमा अड्किन पुथ्यो, कहिले निराशाको समुन्द्रमा चुर्लुम्म हुन्थ्यो। र, बाँच्नु त थियो नै। चल्नु त थियो नै। मैनाले हार खाइनन्। उनी लडिरहिन्–समयसँग। आफ्नै जीवनसँग। 

२०६१ पुस १९ मा तत्कालीन विद्रोही शक्ति माओवादीले उनका श्रीमान्‌ जयबहादुर रावललाई सुराकी गरेको भन्दै अपहरणपश्चात हत्या गर्‍यो। जयबहादुर नेपाली कांग्रेसको शिक्षक संगठनमा आवद्ध थिए। मैनालाई अहिले पनि लाग्छ– जयबहादुरले माओवादीविरुद्ध कुनै सुराकी गरेका थिएनन्। उनलाई कांग्रेस भएकै कारण माओवादीले हत्या गर्‍यो। जाजरकोट त्यतिबेला माओवादी युद्धको प्रभाव क्षेत्र थियो। 

श्रीमान्‌को हत्यापछि मैना विस्थापित भइन्। सन्तान च्यापेर काठमाडौं आइन्। एकातिर श्रीमान्‌को हत्यापछि आर्थिक संकट चुलिएको थियो भने अर्कोतिर राजनीतिक रूपमा पनि झन् असुरक्षित भएकी थिइन्, उनी। त्यसपछि सन्तान बोकर आश्रयका लागि काठमाडौं आइन्। 

काठमाडौं आइसकेपछि आफूजस्तै द्वन्द्वपीडित, विस्थापित, एकल महिला, टुहुरा, वेपत्ता पारिएकाका आफन्त धेरैलाई देखिन। उनी भन्छिन्, ‘त्यसपछि आफ्नो पीडालाई पनि अरुको पीडासँग महसुस गरेँ।’

त्यसपछि उनी राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका पक्षमा बोल्ने निर्णयमा पुगिन्। लामो समय द्वन्द्वपीडितको न्यायका लागि आवाज उठाइन्। मानव अधिकारका विभिन्न क्षेत्रमा काम गरिन्। युद्धमा यौनहिंसामा परेका महिलाहरुका बर्बरता सुनिन्। 

राजनीतिमा लागेको लामो समयपछि मैना अहिले बल्ल माननीय बन्न पाइन्। उनी पहिलो प्रयासमा माननीय भएकी होइनन्। यहाँसम्म आइपुग्दा पेल्नुपरेको राजनीतिक पापड सम्झेर उनलाई घरिघरी दिक्क पनि लाग्छ।

०००

जाजरकोटको छेडागाड नगरपालिका (हाल)–१२ कार्कीगाउँमा २०२४ सालमा जन्मिएकी मैनाको जीवनका अनेक उचाारचढाव छन्। सामाजिक विभेददेखि राजनीतिक विभेदको जाँतोका पिसिँदै आएकी उनले अझै सन्तोषको श्वास फेर्ने बेला भएको छैन। भन्छिन्, ‘गर्नुपर्ने धेरै छ, खासगरी द्वन्द्वपीडितहरूका विषयमा अझै सशक्त भएर बोल्नुपर्ने, लाग्नुपर्ने छ। अब सदनमा ती आवाजलाई संस्थागत रूपमा उठाउने मेरो प्रयत्न रहनेछ।’

उनको परिवार पञ्च्यातका पक्षधर थिए। बुवा गोपाल कार्की प्रधानपञ्च थिए। पछि अस्थायी कर्मचारीका रुपमा गाविस सचिव समेत भए। त्यसैले पनि उनी छोरीलाई पठाउनुपर्छ भन्ने मान्यतामा थिए।  

‘अहिले त छोराछोरीमा विभेद हुन्छ भने त्यो बेला कस्तो थियो होला?,’ उनी भन्छिन्, ‘बुवालाई छोरीलाई गाउँमै पहिलो पटक पढाउने ईच्छा थियो। त्यही भएर हामीलाई पढाउने वातावरण बनाउनुभयो।’ 

मैनाको बाल्यकाल कार्कीगाउँमै बित्यो। सात कक्षा उत्तीर्ण गरेपछि उनी सदरमुकाममा रहेको त्रिभुवन माविमा पढ्न गइन्। त्यहाँबाट एसएसली उत्तीर्ण गरेकी उनले प्रविणता प्रमाणपत्र तह भने पद्मकन्या क्याम्पसबाट उत्तीर्ण गरिन्। 

जाजरकोट सदरमुकाममै रहेको भेरी ज्ञानोदय क्याम्पसबाट स्नातक सकेकी उनले त्रिभुवन विश्वविद्यालबाट स्नातकोत्तर गरेकी छन्। 

श्रीमान्‌को हत्यापछि राजनीतिमा सक्रिय
मैनाका श्रीमान्‌ जयबहादुर पहिला अस्थायी शिक्षकका रुपमा भानुभक्त मावि लहँमा अध्यायपन गराउँथे। पछि स्थायी शिक्षकमा नाम निकाले। उनी कांग्रेसन निकट भएकाले माओवादीको शंकाको घेरामा थिए। 

एकदिन उनलाई स्कुलबाटै माओवादीले अपहरण गरेर लगे। मैनालाई  गाउँमा बस्न झन् असुरक्षा भयो। उनी रातारात छोराछोरी लिएर सदरमुकाम खलंगा आइन्। जयबहादुर पनि माओवादीको ‘पञ्जाबाट’ भागेर सदरमुकाम आए। त्यहाँ पनि माओवादीको निगरानीमा पर्ने डर भयो। त्यहाँबाट भागेर काठमाडौं आए। केही समय काठमाडौं बसे।  

स्थायी शिक्षकका रुपमा काम गरेको दुई वर्ष पुग्नै लागेको थियो। मैना छोराछोरी पढाउन भनेर बजार झरेकी थिइन्। जयबहादुर तपोभूमि माविमा पठाउँथे। उनलाई फेरि माओवादीले विद्यालयबाटै अपहरण गरेर लगे। यता मैनाको निद हरायो। द्वन्द्व चर्किँदो अवस्थामा थियो। उनी हरेकपल आफ्ना श्रीमान्‌ सकुशल फर्किउन् भन्ने कामना गर्थिन्। अघिल्लोपटकजस्तो भागेर आइहाल्छन् कि भनेर पर्खिरहन्थिन्। तर, उनी जे नहोस् भन्ने चाहन्थिन्, उनका मनामा जे कुराको डर थियो, त्यही भयो। २०६१ साल पुस १९ गते जयबहादुरलाई माओवादीले हत्या गरेको खबर आयो। त्यसअघि नै माओवादीले उनको घरजग्गा र पसल कब्जा गरिसकेका थिए।

त्यसको केही समयपछि मैना विस्थापित भएर काठमाडौं आइन्। अनि, कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने निर्णयमा पुगिन्।

चौथो प्रयासमा सांसद 
मैना नेपाली कांग्रेसको महिला संगठनको जिल्ला अध्यक्ष र महासमिति सदस्य हुन्। पहिलो संविधान सभाको निर्वाचन २०६४ मा मैनाको नाम जिल्लाले समानुपातिक सांसदका लागि सिफारिस गर्‍यो। तर, केन्द्रबाट हटाइयो। 

२०७० भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनको नाम समानुपातिकको बन्दसूचीमा थियो। तर, माननीय बन्न पाइनन्। तेस्रोपटक २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उनको नाम समानुपातिकको बन्दसूचीमा थियो। तर, सांसद बन्ने क्रमसंख्यामा उनीको नाम परेन।

द्वन्द्वपीडित, त्यसैमा एकल महिला भएका कारण आफ्नो नाम नपरेको उनको बुझाई थियो। तर, उनी अविचलित रूपमा कांग्रेसमा लागिरहिन्। पार्टीभित्र संघर्ष गरिरहिन्। अन्ततः यसपटकको निर्वाचनमा उनी प्रतिनिधि सभाको सांसद बन्न पुगिन्।

राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका पक्षमा वकालत
श्रीमान्‌को हत्या हुँदा उनी ३० वर्षकी थिइन्। कलिलो उमेर साथमा साना छोराछोरी थिए। तीन छोराछोरीलाई कसरी पढाउने अर्को चिन्ता थपियो। गाउँमा गएर बस्ने वातावरण भएन।

शान्ति सम्झौतापछि धेरै द्वन्द्वपीडितसँग नजिक हुन पुगिन्। धेरैका कुरा सुनिन। सबैका कथा, व्यथा उस्तैउस्तै थिए। त्यो बेला द्वन्द्वपीडित एकजुट भएका थिएनन्। परैवी गर्ने कुनै माध्यम थिएन। संयुक्त आवाज उठाउने ठाउँ थिएन। मैनाले राजनीतिसँगै द्वन्द्वपीडितको न्यायका लागि लड्ने प्रण गरिन्।

माओवादी पीडित संघ भन्ने संगठन खोलेर त्यसमा लागिन्। टुहुरा समाज स्थापना गरिन्। त्यो बेला सरोज अधिकारी अध्यक्ष र मैना उपाध्यक्ष भएर काम गरे। द्वन्द्वमा आमाबुवा वा परिवार नभएका बालबालिकाहरुको न्यायका लागि उक्त संस्था गठन गरिएको मैना बताउँछिन्। त्यसपछि उनी द्वन्द्वपीडित साझा चौतारीको केन्द्रीय अध्यक्ष भइन्। तर, समानुपातिकको बन्दसूचीमा नाम परेपछि राजीनामा दिइन्।

मैनाको अगुवाइमा द्वन्द्वपीडित महिला सञ्जाल पनि गठन भएको छ। जसले उनीजस्तै द्वन्द्वपीडितहरूको न्यायका लागि पैरवी गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्