• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बेलायतले किन दिँदैन आफ्नै ‘वार भेट्रान’ लाई न्याय?
64x64
धनु विश्वकर्मा शनिबार, पुस ९, २०७९  ०६:३२
1140x725
वार भेट्रान बुद्धिराज राई

काठमाडौं- दक्षिणी एट्लान्टिक सागरमा पर्ने फकल्याण्ड टापु, जसका लागि बेलायत र अर्जेन्टिनाबीच सन् १९८२ मा युद्ध भयो।

७४ दिन लामो युद्धमा ६ सय ४९ अर्जेन्टिनी तथा २ सय ५५ बेलायती सैनिकले ज्यान गुमाए। र, अन्तत:  अर्जेन्टिनाले फकल्याण्डमाथिको आधिपत्य गुमायो। 

बेलायतबाट करिब १३ हजार किलोमिटर टाढा पर्ने र १५ घण्टा लामो हवाई यात्रा भएको ‘फकल्याण्ड' युद्धले अर्जेन्टिनीहरूका लागि अहिले पनि ‘मुटुमा सियो पसे’ झैं घोच्ने गर्छ। 

यही युद्धका कारण नेपाल र अर्जेन्टिनाबीच राम्रोसँग घुलमिल हुन नपाउँदै सम्बन्ध खराब भयो। नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ मा दौत्य सम्बन्ध स्थापित भएको थियो। तर  त्यसको २० वर्षपछि यही फकल्याण्ड टापुका कारण दुई देशबीचको सम्बन्ध बिग्रियो। 

वास्तवमा फकल्याण्ड युद्धमा ब्रिटिस–गोर्खा परिचालन नभएको भए बेलायतले अर्जेन्टिनाको नजिकै रहेको यो सानो टापुमा आफ्नो आधिपत्य जमाउन मुस्किल थियो। 

२ अप्रिल, १९८२ मा अर्जेन्टिनी सेनाले फकल्याण्ड टापुमा हमला गर्दा उनीहरूले कल्पना पनि गरेका थिएनन्, पूरै अफ्रिकी महादेश छिचोलेर बेलायतले एउटा भुरे टापुका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछ। 

तर, बेलायतले युद्धकलामा निपूर्ण ब्रिटिस–गोर्खालाई मैदानमा उतार्यो। कुल ६ सय ५१ ब्रिटिस–गोर्खालाई युद्धभूमिमा उतारेको बेलायतले प्रतिकुल अवस्थामा कसरी युद्ध जित्यो? त्यो इतिहासको पानामा सुनौलो अक्षरले दर्ता भइसकेको छ। यसबारेमा धेरै कुरा गरिरहनु नपर्ला।

तर, बेलायतका लागि कठोर युद्ध लडेर फर्किएका बुद्धिराज राई अहिले पनि बेलायती सेनामा भइरहेको असमान व्यवहारबाट दुःखी छन्। उनी मात्र होइन, उनका हजुरबुबा र बुबाले पनि बेलायतका लागि कठोर युद्ध लडेका थिए। 

बेलायती राजमुकुटको गरिमाका लागि उनी लगायत ब्रिटिस गोर्खामा संलग्न लाखौं नेपालीले रगत-पसिना बगाए। कतिले ज्यानको आहुति दिए। तर त्यसको बदला बेलायत सरकारबाट अपमान मात्र खेप्नुपर्‍यो। 

ज्यानको बाजी लगाएर साउथहाम्पटनबाट फकल्याण्डतर्फ लाग्दा बुद्धिराजको उमेर २२ वर्ष मात्र थियो। केही दिनअघि ६२ वर्ष टेके। बीचका ४ दशकयता उनी लगायत गोर्खालीहरू बेलायत सरकारसँग सेनामा हुने गरेको असमान तलब-भत्ता तथा अन्य सुविधाका लागि लडिरहेका छन्। 

बेलायत सरकार पनि ‘साप पनि मरोस्, लाठी पनि नटुटोस्’ भन्ने नीति अनुरुप ब्रिटिस–गोर्खाले उठाएको समान अधिकारको मुद्दालाई ओझल पार्न यिनका बालबच्चालाई उतैको नागरिकता दिने र उनीहरूको नेपाली भएर बाँच्ने अधिकार कुण्ठित गर्ने अभियानमा सक्रिय छ। 

हाल शान्तिनगरस्थित आलोक नगरमा बस्दै आइरहेका बुद्धिराज भन्छन्, ‘गोर्खा रेजिमेन्टका कारण बेलायतले युद्ध जितेको हो। अफगानिस्तान होस् कि जहाँसुकै, जहाँ–जहाँ अप्ठयारो पर्छ, बेलायतले त्यहाँ गोर्खाली सेना प्रयोग गरिहाल्छ। आफ्नो देशको सुरक्षा र मानका लागि गोर्खालीलाई प्रयोग गर्ने बेलायतले सेवा-सुविधामा विभेद गर्दै, मानवअधिकारको घोर उल्लंघन गरेको छ।’ 

बुद्धिराजका हजुरबुबा नवावसिंह राईले बेलायती–गोर्खामा भर्ति भएर पहिलो विश्वयुद्ध लडेका थिए। उनको बुबा अगमबहादुर राईले पनि दोस्रो विश्वयुद्ध लडे। उनी फकल्याण्ड युद्धमा समावेश भए। 

‘म जस्तै तीन पुस्ता नै बेलायती राजमुकुटका लागि लड्ने धेरै छन्। तर हामीले के पायौं? उल्टै हली जस्तो व्यवहार गर्छन् उनीहरू’, बुद्धिराजको गुनासो छ। 

ब्रिटिस–गोर्खामा भर्ति हुँदा उनको मासिक तलब ५० पाउण्ड मात्र थियो। त्यतिबेला उनी सरहका बेलायती सेनाले ४०० पाउण्ड तलब थाप्थे। फकल्याण्ड युद्धको जितपछि गोर्खाली सेनाको मासिक तलबमा ५ पाउण्ड वृद्धि हुने भनियो। तर लागू भएन। 

युद्ध मैदानमा अग्रमोर्चामा लड्ने सेना भनेकै नेपाली हुन्। तर खाने बेला नेपालीको गाँस काट्ने काम भएको उनको आरोप छ। नेपाल सरकारले पनि आफ्नो नागरिकको विषयमा दह्रोसँग कुरा नराखेको उनको भनाइ छ। ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, आन्दोलन जारी रहन्छ। भूपूगोर्खा सैनिकको सेवा-सुविधा, सम्मान र सुरक्षा बेलायती सेना सरह नै हुनुपर्छ,’ उनी भन्छन्। 

लाहुरे परिवार 
बुद्धिराजको जन्म २०१६ सालमा खोटाङको कात्तिकेमा भएको हो। अहिले यो ठाउँ खोटेहाङ गाउँपालिका–७ मा पर्छ। पहिले यो सदरमुकाम खोटाङ बजारमै पर्दथ्यो। पछि सदरमुकाम दिक्तेल सारियो। त्यो बेला उनको परिवार सम्पन्न मानिन्थ्यो। बजारमा बस्ने भएर होला, उनले सहजै शिक्षा आर्जन गरेका थिए। 

उनको हजुरबुबा नवावसिंह र बुबा अगमबहादुर ब्रिटिस-भारतकालमै सेनामा भर्ति भएका थिए। हजुरबुबाले सन् १९१४ को पहिलो विश्वयुद्ध ब्रिटिस-गोर्खामा बसेर लडे। उनका बुबाले सन् १९३९ देखि १९४५ सम्म जारी दोस्रो विश्वयुद्धमा ब्रिटिस-गोर्खाकै रेजिमेन्टमा बसेर भाग लिएका थिए। 

घरको दुई पुस्ता सेनामा भएर होला, उनलाई सानैदेखि लाहुरे शब्दले मोहित तुल्याएको थियो। २०३६ सालमा उनले खोटाङ हाइस्कुलको पहिलो ब्याचको रूपमा एसएलसी पास गरेका थिए। उनको अगाडि देशमै बसेर लेख-पढ गर्नेलगायत असीमित ढोका खुला थियो। तर लाहुरे शब्दले सानैदेखि मोहित बुद्धिराज आफ्नै पुर्खाको पदचिह्नमा दौडिए।  

धरानबाट भर्तिमा जाने केटाहरू छनोट गर्न गोराहरू खोटाङस्थित गाउँ पुगेको बेला उनी छानिएका थिए। काठमाडौंबाट सैन्य तालिमका लागि हङकङ उड्दा उनको उमेर २० वर्ष मात्र थियो। उनी ‘सेभेन्थ जिआर’ मा भर्ति भएका थिए। त्यतिबेला उनको पल्टन हङकङको ग्यालीपोलीमा थियो। 

९ महिना लामो कडा तालिमपछि उनी केही महिना हङकङमा कार्यरत रहे। यतिबेला चीनबाट भागेर आउने चिनियाँ शरणार्थीलाई प्रशासनको जिम्मा लगाउने काम हुन्थ्यो। 

हङकङमा करिब डेढ वर्ष बिताएपछि उनको पोस्टिङ बेलायतको क्रुर्कहाङ फिलिट भन्ने ठाउँमा भएको थियो। 

रुस विरूद्ध युद्धको तयारी
बेलायतमा कार्यरत रहँदा बुद्धिराजले कडा तालिम गर्नुपरेको थियो। यही बेला बेलायती र अमेरिकी सेनासँग बसेर ज्वाइन्ट तालिम लिएका थिए। यतिबेला उनलाई युद्धको तयारी गराइएको थियो।

‘रुसी सेनासँग कसरी लडाईं गर्ने भनेर तालिम दिइएको थियो,’ उनले भने, ‘रुसमा कस्तो तालिम हुन्छ? कस्ता हातहतियार प्रयोग हुन्छन्? कस्तो गन प्रयोग गर्नुपर्छ भनेर सिकाइन्थ्यो। युद्धको विभिन्न भिडियो पनि देखाइन्थ्यो।’ 

यतिबेला ब्रुनाईलाई गोर्खाली सेनाले विद्रोहीहरूको मुखबाट कसरी बचाए भनेर भिडियोमा देखाइएको उनलाई अझै याद छ। ‘बकाइदा, दुश्मनको डमी बनाएर तालिम दिइन्थ्यो,’ उनी भन्छन्। 

युद्धका लागि बेलिज 
बेलायतको उपनिवेश रहेको मध्यअमेरिकी देश बेलिज पनि हो। पहिलो युद्धका लागि बुद्धिराज बेलिज पुगेका थिए। उनी पहिलेदेखि बसिरहेको डेल्टा कम्पनीलाई ‘रिलिफ’ दिन बि कम्पनीमार्फत त्यहाँ पुगेका थिए। 

बेलिजको दक्षिणमा ग्वाटेमाला पर्छ। छिमेकी देश भएका कारण ग्वाटेमाला कुनै पनि बेला बेलिजलाई आफूमा मिसाउने दाउमा थियो। यसको सूचना पाएपछि बेलायतले आफूभन्दा निकै टाढा रहेको बेलिजमा गोर्खाली सेना पठाएको थियो। 

तर, ग्वाटेमालाको आन्तरिक विवादले गर्दा त्यो सफल भएन। त्यतिबेला बेलिजमा गोराहरूको पल्टन पनि थियो। तर सीमा क्षेत्रमा गोर्खालीहरू तैनाथ थिए। यतिबेला १५/१५ दिन जंगलभित्र हिँडेको अनुभव छ, बुद्धिराजसँग। 

‘युद्ध भएको भए जे पनि हुनसक्थ्यो,’ उनी भन्छन्। तर युद्ध भएन। सन् १९८१ मा बेलिज बेलायतको उपनिवेशबाट पनि स्वतन्त्र भयो। 

बेलायत फर्किएको ३ दिनमा फकल्याण्ड युद्धमा तैनाथ
बेलिजमा कार्यरत रहँदै फकल्याण्ड युद्धको सम्भावनालाई लिएर तयारी अवस्थामा रहन आफूहरूलाई सूचना आएको बुद्धिराजले बताए। 

यतिबेला उनले स्पेनिस भाषा अलिअलि सिकिसकेका थिए। करिब ६ महिना बेलिजमा बसेपछि पल्टनसहित पनि बेलायत फर्किएका थिए। 

बेलायत फर्किएको ३ दिनपछि नै उनलाई फकल्याण्ड युद्धका लागि तयार पारिएको थियो। यतिबेला फकल्याण्डको वस्तुस्थिति, भूगोलको विषयमा जानकारी गराइएको थियो। ठूलो पानी जहाजमार्फत ब्रिटिस–गोर्खाको टोली फकल्याण्ड टापुतर्फ लागेको थियो। 

‘फकल्याण्डका लागि क्विन एलिजावेथ-२ पानी जहाजमा बिदाइ हुँदा, विश्वभरिका पत्रकार उपस्थित थिए,’ उनले घटना सुनाए, ‘फकल्याण्ड इज आवर, किक द अर्जे इज आउट, गड वेल्स यु, गुड बाई टास्क फोर्स’ भन्ने पम्प्लेट टाँगिएको थियो। 

बाजागाजाका साथ गोर्खाली सेनालाई बिदाइ गर्दा सबैले ‘गुड लक’ भनेका थिए। साउथहाम्पटन बन्दरगाहबाट युद्धपोत छुट्दा गोराहरूलाई छोड्न उनीहरूको परिवारका सबै सदस्य पुगेका थिए। तर गोर्खाली सेनाका कोही परिवार थिएनन्। 

‘हामीले एकअर्काको अनुहार हेरेर चित्त बुझायौं। बिदाइ कार्यक्रम नै ३ घण्टा लामो थियो,’ उनले सम्झिए। 

फकल्याण्ड युद्धमा जाँदा एक जना गोर्खाली सैनिकले गोली गट्ठा, कपडा, हातहतियार र खानेकुरा गरी करिब ८५ देखि १०५ केजीसम्मको भारी बोक्नु पर्थ्यो। ३५ सय क्षमताको क्विन एलिजावेथ-२ पानी जहाजमा ६५१ ब्रिटिस गोर्खा र केही बेलायती सैनिक उपस्थित थिए। 

‘अर्जेन्टिनी सेनालाई डर देखाउन हल्ला गरिएको रहेछ, ६ हजार गोर्खाली सेना मैदानमा उत्रिँदैछन्। हाम्रोबारेमा भनिएको रहेछ, गोर्खाली सेनाहरू मान्छेको रगत खान्छन्,’ बुद्धिराज हाँस्दै भन्छन्, ‘यो सबै वार साइकोलोजीभित्र पर्छ। गोर्खालीहरूले सय मिटरको ब्यासमा खुकुरी चलाएपछि कोही बाँकी रहँदैन पनि भनेका रहेछन्। एक जना घाइते भयो भने ५/६ जना दुश्मन नमारी मर्दैनन् पनि भनिएको रहेछ।’

२२ दिन लामो यात्रापछि गोर्खाली सेना फकल्याण्ड पुगेको थियो। नभन्दै अर्जेन्टिनी सेना गोर्खालीहरू युद्ध मैदानमा उत्रिए भनेपछि अत्तालिएका थिए। उनीहरूसँग बेलायतभन्दा राम्रो हतियार थियो। फेरि यहाँको भूगोलसँग साक्षात्कार भएका कारण उनीहरू राम्रो पोजिसनमा थिए। तर पनि गोर्खालीहरूको मनोविज्ञानले उनीहरू पराजित भए। 

‘हामी कमसे कम फकल्याण्डको माटो छोएर मर्न पाउँ भन्दै पुगेका थियौं। किनभने, चारैतिर उनीहरूले घेरिएको क्षेत्र। बाँच्ने स्थिति कम थियो। तर पनि हामीले फकल्याण्ड जितेर बेलायतलाई उपहार दियौँ,’ उनी भन्छन्। 

युद्धका क्रममा अर्जेन्टिनाका ११ हजार ३ सय १३ सेना पक्राउ परेका थिए। उनीहरूलाई बुद्धिराजहरू सोध्ने गर्थे- हामी को हौं, चिन्छौ?’

त्यतिबेला उनीहरूले भनेको कुरा नेपाल लाइभलाई सुनाउँदै बुद्धिराजले भने, ‘राम्रोसँग चिन्छौं। तपाईंहरू गोर्खाली सेना हो। ६ हजारको हाराहारीमा आउनुभएको छ।’

पक्राउ परेका अर्जेन्टिनी सेनाले गोराहरू मात्र युद्ध लड्न आएको भए पराजित गरेर पठाइदिने बताएका थिए। तर गोर्खालीका कारण हार्नुपरेको दुःखेसो थियो, उनीहरूको। 

फकल्याण्ड युद्ध नेपालीहरूका कारण हार्नुपरेकोमा अर्जेन्टिनीको ठूलो चित्तदुखाइ थियो। अहिले पनि छ। तर हामी अर्जेन्टिनी सेनाको मुखबाट फकल्याण्ड छिनेर बेलायतलाई उपहारस्वरुप किस्तीमा राखिदिँदा पनि खुसी छैनौं। किनभने, बेलायतले अझै पनि आफ्नो देशको लागि लड्ने ‘वार भेट्रान’ लाई न्याय दिनसकेको छैन।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्