• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
शक्ति बाँडफाँटमा सत्ता गठबन्धन निष्कर्षनजिक, उपेन्द्रलाई सांसद बनाउन जसपालाई उपराष्ट्रपति
64x64
डिबी खड्का बुधबार, पुस २०, २०७९  १९:२८
1140x725

काठमाडौं– सत्ता गठबन्धनले शक्ति बाँडफाँट लगभग टुंग्याएको छ। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। त्यसपछि प्रदेश मुख्यमन्त्री समेत छनोट गर्नुपर्ने भएकाले प्याकेजमै सहमति खोज्नेगरी मुख्य पदको बाँडफाँटमा लगभग सहमति जुटेको हो।

माओवादी केन्द्रले प्रधानमन्त्री पाइसकेको छ भने एमालेले राष्ट्रपति पाउने निधो यसअघि नै भइसकेको छ। उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने भएका छन्। जसपाका महासचिव एवं संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने गरी उक्त पार्टीले उपराष्ट्रपति दाबी गरेको थियो। त्यसका लागि मुख्य दल एमाले र माओवादी केन्द्र तयार भएका छन्।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग वा समुदायको हुनुपर्ने उल्लेख छ। एमालेबाट पुरुष नै राष्ट्रपति बन्दा समेत फरक समुदायका कारण जसपाबाट पुरुषलाई उपराष्ट्रपति बन्न बाधा नपर्ने भएकाले जसपालाई उक्त पद दिने सहमति भएको हो।

महासचिव यादव उपराष्ट्रपति बन्दा उनी प्रत्यक्ष निर्वाचित बारा- २ खाली हुनेछ। सप्तरी- २ बाट पराजित अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रबाट उपनिर्वाचन लडेर संसद्‌मा आउने तयारीमा रहेको उक्त पार्टीका एक नेताले बताए।

सत्ता साझेदार दलका अन्य नेताहरुले पनि सबै पार्टीका अध्यक्ष संसद्‌मा रहेकाले यादवलाई समेत ल्याउने बाटो खोज्नुपर्ने मत राखेको एक एमाले नेताले बताए। विशेषगरी प्रधानमन्त्री प्रचण्डले त्यसका लागि वातावरण बनाउनुपर्ने सल्लाह एमाले अध्यक्ष ‌ओलीसँग गरेका थिए। त्यसमा ओली समेत राजी भएका हुन्।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने तय छ। तर, उक्त पार्टीले उपसभामुखभन्दा मन्त्रीमै बढी रुचि देखाएको बताइएको छ। ‘काम गर्न पाउने पद’ भन्दै उपसभामुखको सट्टा मन्त्रालयकै संख्या बढाएर लिन खोजेको एक एमाले नेता बताउँछन्।

त्यस्तो अवस्थामा भने माओवादी केन्द्रले उपसभामुख पाउनेछ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकालभरी एमालेले सभामुख पाउनेछ। एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई सभामुखका रुपमा पहिलो प्राथमिकतामा राखिएको छ। उनीपछि छविलाल विश्वकर्मा  र विद्या भट्टराईको पनि दाबी छ। विश्वकर्मा एमाले सचिव हुन् भने भट्टराईलाई एमालेले गत कार्यकालमा उपसभामुखको उम्मेदवार बनाएको थियो। उनी कांग्रेसकी पुष्पा भुसालसँग पराजित भएकी थिइन्।

२ प्रदेशमा एमाले,  बाँकी ५ मा आधा-आधा
प्रदेश मुख्यमन्त्रीमा समेत लगभग भागबन्डा मिलेको छ। प्रदेश १ र  गण्डकी एमालेले एकलौटी पाउनेछ। प्रदेश १ मा हिक्मतबहादुर कार्की र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने तय छ। कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा भने आधा-आधा कार्यकालको मोडालिटीमा छलफल भइरहेको एक एमाले नेताले बताए।

Ncell 2
Ncell 2

सुदूरपश्चिम प्रदेश फेरि माओवादी केन्द्रकै भागमा पर्नेछ, तर नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरिरहेकाले त्यहाँ माओवादी केन्द्र र उक्त पार्टीबीच आधा-आधा कार्यकालको समेत सम्भावना रहेको ती एमाले नेता बताउँछन्।

माओवादी केन्द्रले तत्कालका लागि राष्ट्रिय सभामा उपाध्यक्ष लिनेछ। एक वर्षपछि खाली हुने राष्ट्रिय सभा अध्यक्षका विषयमा भने अहिले नै निर्णय गरिएको छैन। सभामुखमा एमाले निरन्तर हुने अवस्थामा माओवादी केन्द्रले नै उक्त पद पाउन सक्ने बताइएको छ।

एमालेबाट मन्त्रीमा सबै नयाँ
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अहिलेसम्म ४ जनालाई मन्त्रिपरषद्‌मा पठाइसकेको छ। अब तीनदेखि पाँच मन्त्रालय थप पाउने देखिएको छ। जसपा र राप्रपाको सरकारमा सहभागी हुने वा नहुने निर्णयले संख्यामा थपघट हुन सक्नेछ। एमालेले थप ३ मन्त्रालय पाउँदा तीनैजना यसअघि मन्त्री नभएकाहरुलाई अवसर दिने भएको छ।

सम्भावित मन्त्रीका रुपमा सांसदहरु छविलाल विश्वकर्मा, विद्या भट्टराई, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायतको चर्चा भइरहेको छ। गुरुङले सभामुखमा रुचि नदेखाएको अवस्थामा विश्वकर्मा र भट्टराईमध्ये एकलाई सम्भावित सभामुखका रुपमा समेत हेरिएको छ।

संख्यात्‍मक रुपमा योभन्दा बढी मन्त्रालय पाउँदा भने पदाधिकारीबाट समेत केही नेता समेटिनेछन्। सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र टोपबहादुर रायमाझीमध्ये १ वा २ जनाले अवसर पाउने बुझिएको छ।

राष्ट्रपतिमा मौन ओली
एमालेले राष्ट्रपति पाउने भए पनि कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ‌ओलीले अझै मुख खोलेका छैनन्। जसले गर्दा आकांक्षीहरुमा अझै अन्योल देखिन्छ।

राष्ट्रपतिका रुपमा बलियो सम्भावनाका रुपमा एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई हेरिएको छ। तर, ओलीले उनलाई पनि ‘ग्रीन सिग्नल’ दिसकेका छैनन्।

पार्टीका अन्य नेताहरुले यस विषयमा ‌ओलीको राय बुझ्न खोज्दा ‘हतार नभएको’ भन्दै टारिदिने गरेको एक नेताले बताए। सम्भावित अनुहारमा नेम्वाङसँगै अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेल पनि छन्।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्