• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपतिको दौडमा डोरमणि पौडेलको ‘इन्ट्री’
64x64
डिबी खड्का बिहीबार, पुस २१, २०७९  १७:१६
1140x725

काठमाडौं- नेकपा एमालेले राष्ट्रपति पाउने निश्चित छ। तर, एमालेबाट कसले राष्ट्रपति बन्ने अवसर पाउँछ भन्नेचाहिँ निश्चित छैन। विभिन्न नामहरुको चर्चा जारी रहँदा बुधबारबाट भने एमालेमा नयाँ पात्रको प्रवेश भएको छ- डोरमणि पौडेल।

एमालेमा यसअघि राष्ट्रपतिका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतको चर्चा भइरहेको थियो। उनीहरुमध्ये विभिन्न हिसाबले नेम्वाङको पल्लाभारी रहेको आकलन पनि हुँदै आएको थियो। तर, पार्टीभित्रको एउटा पक्षले नेम्वाङलाई राष्ट्रपति बन्न नदिने प्रयास पनि गरिरहेको थियो।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने निश्चित जस्तै छ। त्यसमा थप एक व्यक्तिको प्रभावले पनि काम गर्ने एमाले नेताहरु बताउँछन्। उनी हुन्, राष्ट्रपति विद्यादेवी भण्डारी। पौडेललाई राष्ट्रपति बनाउन भइरहेको प्रयासबारे जानकार एमालेका एक जना शीर्षस्थ नेता भन्छन्- राष्ट्रपतिको चाहनाले नै पौडेलको नाममाथि छलफल सुरु भएको हो।

पौडेललाई भण्डारीनिकट मानिन्छ। २०७४ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री भएका थिए। संसदीय दलको निर्वाचनअघि उनीले स्वयं आफूलाई मुख्यमन्त्रीको दौडमा सामेल गराएका थिएनन्। तर, आकांक्षी र ‘स्वाभाविक हकदार’ अष्टलक्ष्मी शाक्यलाई रोक्ने भण्डारीको चाहनाले रातारात पौडेललाई मैदानमा मात्रै उतारिएन, विजयी नै बनाइयो र मुख्यमन्त्रीको कुर्सीमा बसालियो।

एमालेमा राष्ट्रपति निकट मानिने शंकर पोखरेलले पनि नेम्वाङलाई रोकेर पौडेललाई अघि बढाउन भूमिका खेलेको ती नेता बताउँछन्। यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि साथ दिएको उनको भनाइ छ। ईश्वर पोखरेल आफैं राष्ट्रपति हुन चाहन्छन्। तर, उनका नाममा सहमति जुट्ने सम्भावना नरहनेको एमालेकै नेताहरुको भनाइ छ। खासगरी, नेपाली सेना र दक्षिणी छिमेकीसम्मले उनलाई नरुचाउने भएकाले उनको सम्भावना नरहेको बताइन्छ। आफू पनि हुन नसक्ने भएपछि आफूसरहको अर्को व्यक्ति (नेम्वाङ)लाई रोक्ने रणनीति उनीहरुले अख्तियार गरिरहेको ती नेता बताउँछन्।

Ncell 2
Ncell 2

एमालेको दशौं महाधिवेशनको समूहले पनि यसमा भूमिका खेलिरहेको छ। त्यतिबेला ईश्वर पोखरेल- शंकर पोखरेल एकातिर र सुवास नेम्वाङ-विष्णु पौडेल एकातिर भएको स्थिति थियो। नेम्वाङ आफैं वरिष्ठ उपाध्यक्ष बन्न चाहन्थे। त्यही कारण उनले घनश्याम भुसाललाई पनि उपाध्यक्षमा उम्मेदवारी दिन सहमत गराएका थिए। तर, ओलीले ईश्वर पोखरेललाई रोजेपछि उनले सो अवसर पाएनन्। ओलीले शंकर पोखरेललाई महासचिवमा रोज्दा पौडेलले पनि सो पद पाएनन्। त्यतिबेला जुन समूहको संघर्ष थियो, राष्ट्रपतिका लागि पनि त्यसकै पुनरावृत्ति भएको नेताहरु बताउँछन्।

‘पार्टीका उच्च तहमा बसिरहनुभएका कतिपय नेताहरुले आफू राष्ट्रपति हुने र अरुलाई हुन नदिने रणनीति अख्तियार गरिरहनुभएको छ। तर, नसोचेको पात्रका रुपमा पौडेलले राष्ट्रपति पद पाएमा अनौठो नमाने हुन्छ’, ती नेता भन्छन्।

ओलीले पनि नेम्वाङप्रति खासै रुचि नदेखाएको एमालेका नेताहरु बताउँछन्। त्यसका दुई कारण रहेको उनीहरुको तर्क छ। पहिलो, राष्ट्रपतिमा ‘एसम्यान’ ल्याउने उनको चाहना छ। खासगरी २०७४ यता ओलीले कैयौँ राजनीतिक सवालहरुमा राष्ट्रपति भण्डारीमार्फत पनि राजनीति गरेका थिए। त्यसैले पौडेल जस्ता पात्र (जसले ओलीप्रति अनुग्रहित भएर भनेको मान्छन्) लाई ल्याउन सकियो भने भोलिका दिनमा सहज हुने उनको बुझाइ छ। किनकि, अहिले प्रचण्डसँग गरेको सम्झौता कुनै दुर्घटनामा नपरे उनी पुनः प्रधानमन्त्री बन्ने निश्चित छ। त्यतिबेलालाई ख्याल गरेर पौडेल जस्ता व्यक्तिको चाहना उनलाई पनि छ।

दोस्रो, नेम्वाङबाट उनले देखेको अप्ठ्यारो। ओलीलाई निरन्तर साथ दिँदै आएको भएपनि उनी ‘एसम्यान’ भने होइनन् भन्ने ओलीको बुझाइ छ। किनकि, नेम्वाङ आफैं संविधान र कानुनका जानकार हुन्। संविधान सभाको अध्यक्ष भएकाले उनले आफ्नो व्यक्तित्वप्रति न्याय गर्नुपर्ने सधैँको बाध्यता हुने गर्छ, नत्र विवादमा पर्ने गर्छन्। अर्कोतिर, २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्रीका रुपमा ओलीले गरेको प्रतिनिधि सभा विघटनप्रति नेम्वाङले सुरुआतमा सार्वजनिक रुपमै विरोध गरेनन्, ओलीप्रति विश्वास रहेको बताए। तर, अनौपचारिक रुपमा भने आफू विघटनको पक्षमा नरहेको बताउन थालेका थिए। उनले विघटन गर्न नहुने सुझाव पनि दिएको बताउने गरेका थिए। त्यसैले नेम्वाङलाई राष्ट्रपति बनाउँदा आफूलाई ‘आँखा चिम्लेर’ साथ नदिने तर पौडेलबाट त्यो सुनिश्चित हुने यो दौडधुपबारे जानकार ती एमाले नेता बताउँछन्।

पौडेलप्रति ओलीमा रहेको सकारात्मक भावनाकै कारण राष्ट्रपति पदका सन्दर्भमा ओलीले पौडेलसँग संवाद पनि गरिसकेको उनको दाबी छ।

पौडेलले भने यो विषयमा खुलेर प्रतिक्रिया दिएनन्। नेपाल लाइभले उनको सम्भावना र रुचिबारे जिज्ञासा राख्दा उनको प्रतिक्रिया थियो- ‘पार्टीमा मभन्दा वरिष्ठ नेताहरु थुप्रै हुनुहुन्छ।’

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्