• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
यसकारण कांग्रेसको ‘ढोक्सा’मा पर्‍यो राष्ट्रपति
64x64
डिबी खड्का शुक्रबार, फागुन १२, २०७९  २०:४३
1140x725

काठमाडौं- ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको छ। यदि यो समर्थनभित्र सदासहायता बोहक, अरु कुरा छैन भने। यदि, यो समर्थन कुनै जालझेल होइन भने। यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत छ। ढोक्सा हो भने म भन्न चाहन्छु। जाल हो भने म भन्न चाहन्छु। माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल।’

पुस २६ गते नेपाली कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए। 

एमालेसहित पाँच दलीय गठबन्धनले प्रधानमन्त्री बनाएका प्रचण्ड फेरि पुरानै गठबन्धनमा फर्किएका छन्। कुनै राजनीतिक दुर्घटना भएन भने अब कांग्रेसले राष्ट्रपतिका लागि थापेको‘ढोक्सा’मा माछा परेको छ। यति मात्रै होइन, खोलीको बीचमा बसेर माछा मारिरहेको एमालेलाई  नै किनार लगाइदिएको छ। 

शुक्रबार राति सकिएको ८ दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसले सिफारिस गर्ने उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय लिएका छन्। कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति बन्ने लगभग तय छ। शनिबार बिहान बस्ने कांग्रेस कार्य सम्पादन समितिको बैठकले नाम अनुमोदन गर्ने उक्त पार्टीका एक नेताले जानकारी दिएका छन्। 

गत पुस १० गते नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नखोजेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए। 

नेकपाकालीन असहमतिलाई नजरअन्दाज गरेर तात्कालिक लाभ हेरेर मिलेका एमाले र माओवादी केन्द्रको सहयात्रा लामो हुन सकेन। विशेष गरी पुरानो घाउ फेरि बल्झिन थालेपछि उनीहरु टाढिएका हुन्। 

कांग्रेसलगायतका दलसँग गठबन्धन गरेर ३२ सिट जितेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्नका लागि मात्रै बालकोटको बार्दलीबाट मुस्कान छाडेका थिए। उनीहरुले आफ्नो पूर्वतिक्तता बिर्सेर नयाँ अध्याय सुरु गरेको बनावटी भंगी देखाएको दुई महिनामै सिद्ध भएको छ। 

पुस १० गते प्रधानमन्त्री बन्दै गर्दा साढे २ वर्षपछि ओलीलाई नै उक्त कुर्सी हस्तान्तरण गर्नुका साथै सभामुख र राष्ट्रपति दिने वाचा प्रचण्डले गरेका थिए। त्यही सम्झाउन पछिल्ला दिनहरुमा ओलीले निरन्तर प्रचण्डसँग भेटघाट गरे। 

Ncell 2
Ncell 2

तर, बितेका दुई महिनामा परिस्थिति फेरिएको माओवादी केन्द्रको जवाफ रह्यो।  प्रधानमन्त्री प्रचण्ड सचिवालयका अनुसार ओलीसँगको भेटघाटमा प्रचण्डले अवस्था पुस १० कै नरहेको स्मरण गराए। ‘पुस २६ गतेपछि परिस्थिति फरक बनेको छ। कांग्रेसले विश्वासको मत दिएका कारण अविश्वास गरेर राष्ट्रपतिको निर्वाचनमा बाहिर पार्न सकिँदैन। राष्ट्रिय सहमतिबाट राष्ट्रपति छान्ने प्रयास गरौं,’ओलीसँग प्रचण्डको भनाइ रह्यो।

एमालेसँग सत्ता साझेदारी गरेको केही दिनमै प्रचण्डले संकेत समेत गरेका थिए। एमाले, राप्रपा र रास्वपा एकतिर जस्तो देखेपछि प्रचण्डले सर्वदलीय बैठकमै आफू फेरि पुरानै गठबन्धनतर्फ जाने संकेत गरेको एक एमाले नेता बताउँछन्। उनले केही दिनअघि नेपाल लाइभकर्मीसँगको अनौपचारिक संवादमा भनेका थिए,  ‘म साढे १२ बजेसम्म कांग्रेसको र साढे २ बजे एमालेको मान्छे भएको हुँ। जता फर्किदा पनि मलाई अप्ठ्यारो छैन।’

सरकारलाई नियन्त्रण गर्नेगरी एमालेअ अध्यक्ष ओलीको नेतृत्वमा उच्च स्तरीय संयन्त्र बनेकोप्रति उनले त्यो समय असन्तुष्टि पोखेका थिए। 

त्यसपछि रास्वपाका अध्यक्ष रवि लामिछानेलाई गृह मन्त्रालय दिन ओलीले कसेको अड्डीबाट प्रचण्डलाई थप टढ्याएको हो। माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राप्रपा, रास्वपा र एमाले तीनै शक्ति हाम्रा लागि न अनुकुल रहे,  न उनीहरुसँग मुद्दाका हिसाबले निकटता भयो।’

गत पुस १० गते  अकस्मात् सात दलीय गठबन्धन बनेका कारण पुरानो विषयमा त्यति छलफल हुन पाएन।  विशेषगरी दुईपटक गरिएको संसद् विघठनको विषयमा माओवादी केन्द्रले एमालेबाट आत्मालोचनाको अपेक्षा गरेको थियो।

ओली भने उल्टो त्यसको बचाउमा उत्रिन थाले।  नयाँ संसद् सुरु हुँदै गर्दाको सम्बोधनमा दुईपटक आफूले गरेको संसद् विघटनको प्रयासको बचाउ गर्दै ओलीले भनेका थिए, ‘मैले त शेरबहादुरजीले के गर्नुभएको थियो भनेर पो हेरेको। झन् गुरु मान्दा हमला! नेपाली कांग्रेसले आफैं संसद् विघटन गरेर माघ १९ मा पुर्‍याएको सम्झिएर संसद् विघटन भनेपछि प्रतिगमन ठान्नुहुन्छ। सधैं त्यस्तो हुँदैन।’

यसपल्ट सरकारलाई समर्थन गरिरहेका अन्य दुई शक्ति राप्रपा र रास्वपा  संघीयता विरोधी रहेकाले एमालेबाट जुनसुकै बेला संसद् धरापमा पर्ने आशंका प्रचण्डले गरेका हुन्। 

‘अहिलेको आर्थिक संकटमा संसद् जोगाउन नसक्दा चुनावसमेत गर्न मुस्किल पर्ने अवस्थामा देश पुग्नेछ। त्यसैले संसद्को पूर्ण कार्यकालका लागिसमेत शक्ति सन्तुलन जरुरी छ,’ प्रचण्डले  पदाधिकारी बैठकमा बोलेका कुरा उल्लेख गर्दै एक नेताले भने।

पुस १० गते समर्थन गरेका सातमध्ये दुई दल सुरुदेखि नै सरकारमा सहभागी हुन चाहेनन्। सहभागी भएकोमध्ये रास्वपा बाहिरिसकेको थियो भने जनमत पार्टी सरकारमा रहेर पनि सरकारको अपनत्व लिइरहेको थिएन। 

भएका बाँकी दुई दल राप्रपा र एमालेका मन्त्रीहरु समेत प्रधानमन्त्री प्रचण्डको पकडमा थिएनन्। मन्त्रिपरिषद्‌मा रहेकाहरु कहिले संविधान विरोधी अभिव्यक्ति दिने र कहिले मन्त्रिपरिषद्को बैठकमै उपस्थित नहुने गरिरहेका थिए। सात दलमध्ये कुनै दलसँग पनि हार्दिक सम्बन्ध बन्न नसकिरहेका बेला यता कांग्रेसले ‘ढोक्सा थापिरहेको थियो। 

शुक्रबार साँझदेखि प्रचण्ड फेरि चुनावकै गठबन्धनमा फर्किएका छन्। एक हिसाबले सुरक्षित अवतरण त भएको छ तर अस्थिर नेताको छवि भने थप प्रगाढ भएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्