• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपति निर्वाचन आज : को बन्ला अबको राष्ट्राध्यक्ष?
64x64
ईश्वर बराल बिहीबार, फागुन २५, २०७९  ०६:०१
1140x725

काठमाडौं- आज (बिहीबार) हुन गइरेको राष्ट्रपति निर्वाचनबाट मुलुकले चौथो राष्ट्रपति पाउँदैछ। नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। त्यस्तै, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

प्रतिस्पर्धामा होमिएका दुवै नेता सभामुख भएर व्यवस्थापिकाको नेतृत्व गरिसकेका नेताहरु हुन्। पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधि सभाको सभामुख भएका थिए। नेम्वाङ २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभा, अन्तरिम व्यवस्थापिकाको सभामुख भएका थिए। त्यस्तै, उनी दुवै संविधान सभाका अध्यक्ष तथा सोही सभाले काम गर्ने व्यवस्थापिकाको सभामुख पनि भएका थिए।

यसपटकको उनीहरुको प्रतिस्पर्धा भने राष्ट्राध्यक्षका लागि हो। नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा परिभाषित गरेको छ।

कसको पल्ला भारी?
राजनीतिक दलको समर्थनको हिसाबले हेर्ने हो भने पौडेलले राष्ट्रपतिमा बाजी मार्ने सम्भावना छ। उनको पक्षमा कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी छन्।

एमालेबाट उम्मेदवार रहेका नेम्वाङलाई भने एमालेको साथ छ। राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ भने रास्वपाले आज बिहीबार निर्णय गर्दैछ।

राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने र पार्टीगत ह्विप लाग्दैन। त्यसैले कुन उम्मेदवारले जित्लान् भन्नका लागि अन्तिम मत परिणाम सार्वजनिक हुनुपर्छ। निर्वाचन आयोगले बिहीबार बेलुका नै अन्तिम मत परिणाम सार्वजनिक हुने बताएको छ।

कति छन् मतदाता?
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको मण्डल हुनेछ। संघीय संसद्‌मा राष्ट्रिय सभा र प्रतिनिधि सभा छन्। राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधि सभाका २७५ सांसदसहित संघीय संसद्‌मा ३३४ सदस्य रहेका छन्। यद्यपी, संघीय संसद्का दुई सांसद (कांग्रेसका टेक बहादुर गुरुङ निलम्बनमा परेका र रास्वपाका रवि लामिछाने पदबाट मुक्त भएका) को पद रिक्त छ।

त्यस्तै, कांग्रेस सांसद् चन्द्र भण्डारी उपचारका लागि भारतमा छन्। यद्यपि उनी पनि मतदाता हुन्।

सात वटै प्रदेशका कुल ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन्। निर्वाचन आयोगले यसअघि नै मतदाताको विवरण सार्वजनिक गरिसकेको छ। 

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ।

फरक–फरक मतभार
समग्रमा ८८२ जना मतदाता रहे पनि संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक रहने व्यवस्था छ। संघीय संसद्का प्रत्येक सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने निर्वाचन सम्बन्धी ऐनमा उल्लेख छ। उल्लेखित मतभार नेपालको जनगणना २०६८ को जनसंख्याको आधारमा निर्धारण गरिएको हो।

२०७८ मा गरिएको जनसंख्याको अन्तिम नतिजा आइनसकेकोले २०६८ कै जनगणनालाई आधार मानिएको निर्वाचन आयोगले बताएको छ। संघ र प्रदेशका सांसदको कुल मतभार ५२ हजार ६२८ हुन आउँछ। 

नेपालको संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपतिमा विजयी हुन कुनै पनि उम्मेदवारले उल्लेखित मतभारको बहुमत ल्याउनुपर्छ। जसका लागि २६ हजार ३१५ मत ल्याउनुपर्ने हुन्छ। तर, राष्ट्रपति निर्वाचनको पहिलो र दोस्रो चरणमा ५० प्रतिशत पनि नकटाएर निर्वाचन तेस्रो चरणमा प्रवेश गर्‍यो भने कुल सदर मतको धेरै मत ल्याउनेलाई राष्ट्रपतिमा निर्वाचित गरिन्छ। 

दलहरुको कति छ मतभार  
वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सहित संघीय सासद्‌मा ९८ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७४ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कुल मतभार १६ हजार १४२ हुन्छ।

त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार ३१२ रहेको छ। 

माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। 

यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५०१ रहेको छ। 

त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ। 

प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २१ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ११४ मतभार रहेको छ। यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार २ हजार ६४५ रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०६:०१
  • #राष्ट्रपति निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्