• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
भीम रावलसँग संवाद गर्न एमालेले टोली गठन गर्नुको अन्तर्य
64x64
डिबी खड्का आइतबार, चैत १९, २०७९  २०:३७
1140x725

काठमाडौं- ‘अछाम र कैलालीका विभिन्न पालिका तथा सुर्खेत र कञ्चनपुरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट र छलफल गरी ३५ दिनपछि चैत १५ गते काठमाडौं आइयो। अब राष्ट्रिय राजनीति नियाल्दै र पर्गेल्दै।’

बिहीबार एमाले नेता भीम रावलले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका थिए। नेकपा एमालेले ‘मिसन ग्रासरुट’ चलाइरहँदा पूर्वउपाध्यक्ष रावललाई नमिसाइएपछि उनी आफ्नै ‘मिसन’मा गृहप्रदेश केन्द्रित भए। रावलले ‘राष्ट्रिय राजनीति नियाल्ने र पर्गेल्ने’ बताएको भोलिपल्ट नेकपा एमालेले उनीसँग संवाद गर्न टोली बनाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले टोली गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। 

‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’,  गुरुङले भनेका छन्।

मिसन ग्रासरुटमा सुदूरपश्चिमको नेतृत्व गरेका पौडेल र रावलको केही दिनअघि अप्रत्यक्ष नोकझोक भएको थियो। त्यही क्रममा एमाले उपाध्यक्ष पौडेलले आत्मालोचना गरेर रावलले गल्ती स्वीकार नगरे पार्टीले आवश्यक निर्णय लिने समेत बताएका थिए।

अछामको साँफेबगरमा रावलका विषयमा टिप्पणी गर्दा नाराबाजी झेलेका पौडेलले कैलाली पुगेर भनेका थिए, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले पार्टीको निर्णय मान्नुभएको छैन। अनुशासन उल्लंघन गर्नुभएको छ। पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्। उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्। नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसच्चिए पार्टीले उचित निर्णय लिन्छ।’

उपाध्यक्ष पौडेल काठमाडौं फर्किएलगत्तै भएको संवादको निर्णयलाई रावलले ‘सकारात्मक’ रुपमा लिएको बताए। उनले भने, ‘संवाद गर्न खोज्नु लोकतन्त्रमा एकदमै सकारात्मक कुरा हो। र, त्यही रुपमा लिँदै म कुराकानीका लागि तयार छु।’

रावलनिकट कतिपय नेताहरू भने ‘वारपार’को अस्त्रस्वरुप वार्ता टोली बनाइएको शंका गर्छन्। ‘संवाद गर्ने कुरा हेर्दा सकारात्मक छ। तर, नियत पनि सकारात्मक नै राखेर संवाद हुन्छ कि हुँदैन भन्नेमा आशंका छ। उहाँलाई पार्टीबाट बाहिर पुर्‍याउने रणनीतिका रुपमा वार्ता टोली नबनेको होस् भन्ने हाम्रो अपेक्षा हुन्छ,’ रावलनिकट एक नेता भन्छन्।

रावलनिकट मानिने अर्का एमाले केन्द्रीय सदस्यले भने पार्टीको यो कदमलाई सकारात्मक रुपमा हेरेका छन्। उनी भन्छन्, ‘मिसन ग्रासरुटका समयमा उपाध्यक्ष कमरेडले भीम रावल कमरेडको शक्ति देख्नुभएको छ। उहाँलाई पार्टीविहीन बनाउँदा हुने हानी देख्नुभएको छ। त्यसैले पार्टीमै समेट्न खोजिएको रुपमा यसलाई बुझ्न सकिन्छ।’

Ncell 2
Ncell 2

एमालेको चितवन महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि रावल पार्टीमा जिम्मेवारीविहीन छन्। सल्लाहकार सदस्यका रुपमा उनलाई राखिएको थियो। तर, रावलले सक्रिय राजनीतिमै रुचि रहेको भन्दै त्यसलाई अस्वीकार गरेका थिए।

त्यसपछि पार्टीमा भूमिकाविहीन उनले मंसिर ४ को निर्वाचनमा टिकट पाएनन्। अछाम- २ बाट उनको ठाउँमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहराले चुनाव लडे र पराजित भए। यस विषयमा अछाममा पुगेर उपाध्यक्ष पौडेलले टिकट नमागेको टिप्पणी गरेका छन्। रावलले त्यसपछि विभिन्न पत्रकार सम्मेलन र अन्तर्वार्तामा खण्डन गरेका छन्। आफूले हार्ने तय हुँदाहुँदै पनि २०४८ सालमा पार्टीका लागि निर्वाचन लड्न तयार भएको समेत स्मरण गराएका छन्।

किन बनाइयो टोली?
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संवाद टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र उनलाई त्यसपछि आवश्यक जिम्मेवारी दिने निर्णय गर्ने बताएका छन्। लामो समय रावललाई ‘इग्नोर’ गर्‍यो एमालेले। ‘भोकल्ड’ रावलले एमालेले लिएका विभिन्न निर्णयमा चुनौती दिइरहे। सुदूरपश्चिममा आफ्नो गुटलाई यथावत राखिरहे।

रावललाई यथास्थितिमै छाड्दा सुदूरपश्चिममा एमालेका नेताहरूलाई संगठन विस्‍तार र सुदृढीकरणमा समस्या परिरहेको छ। त्यसैमाथि सुदूरपश्चिमबाट नेतृत्व गर्ने एमालेका शीर्ष तहका नेताहरूमा एकता समेत छैन। माओवादी केन्द्रबाट एमालेमा आएका सचिव लेखराज भट्ट इञ्चार्ज छन्। उनले पहिलेदेखि नै एमाले रहेकाहरूलाई राम्रोसँग बुझ्न सकेका छैनन्।

भट्टकै कारण रावललाई किनाराकृत गरिएको भन्दै रावलनिकट नेता कार्यकर्ताले उनलाई स्वीकार्न सकिरहेका छैनन्। त्यसैमाथि एमालेको पुनःस्थापनापछि सुदूरपश्चिम इञ्चार्जको विवाद बढ्यो। अन्य प्रदेशमा पुरानै इञ्चार्जहरूलाई पुनर्बहाली गरिए पनि सुदूरपश्चिममा रावलको सट्टामा बनाइएका भट्टलाई अध्यक्ष ओलीले निरन्तरता दिए। उक्त कार्यमा एमालेका तत्कालीन सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाको जोडदार साथ समर्थन रह्यो।

केही समय भट्ट र थापा एक देखिए। तर, पछिल्लो समयमा उनीहरू दुईबीच पनि सम्बन्ध सुमधुर छैन। यसले सुदूरपश्चिममा एमाले तीन गुटमा विभाजित जस्तो देखिएको छ। सुदूरपश्चिममा पार्टीलाई लयमा ल्याउनका लागि सुरुआत रावलबाट गरिएको हो। रावलको पुनरागमन वा बहिर्गमनले मात्रै त्यहाँ एमालेको संगठन बलियो हुने मिसन ग्रासरुटका क्रममा केन्द्रीय नेताले बुझेका छन्।

अर्को, एमाले पूर्वउपाध्यक्ष रावलले एमालेमा अपहेलित भएर बस्नुभन्दा नयाँ ‘मुभमेन्ट’तर्फ लाग्नु श्रेयष्कर हुने भन्दै आफ्ना अतिनिकटस्थ नेताहरूसँग छलफल गरेका छन्। रावलनिकट मात्रै होइन, रावलइतर गुटमा रहेका तर अहिले प्रताडित सुदूरपश्चिमका केही नेता-कार्यकर्ताले उनलाई नयाँ बाटोमा हिँड्दा आफू सहयात्री बनिदिने वचन दिएका छन्। त्यस्ता नेता-कार्यकर्तालाई रावलले बितेको ३५ दिनमा उनीहरूकै गृहपालिका र जिल्लामा भेटेका छन्। जुन सूचना रावलनिकट एक नेताले एमाले उपाध्यक्ष पौडेललाई चुहाएका छन्।

‘एमालेको मिसन ग्रासरुट मन माझामाझ गर्नकै लागि हो। भीम कमरेडसँग पनि मन माझामाझ गरेकै राम्रो हुन्छ,’ पौडेल सुदूरपश्चिम पुगेको समयमा रावलनिकट ती नेताले भनेका थिए।

रावलले एकीकृत समाजवादी लगायतका पार्टीसँग छलफल गरिरहेको सूचना एमालेका नेताहरूले यसअघि नै पाएका छन्। एकीकृत समाजवादीले रावल र वर्तमान महासचिव घनश्याम भुसालसँग एकैपटक संवाद थालेको थियो। जुनकुरा गत पुस १४ गते माधव नेपालले पार्टीको जुम मिटिङमा भनेका थिए। नेपालले भनेका थिए, ‘साथीहरू पार्टीमा जोडिनेबारे कुराहरू चलिरहेको छ। घनश्यामजी आउन तयार हुनुहुन्छ। रावलजीले त भोलि नै बसौँ भनेर भन्नुभएको छ।’

रावलले नेपालसँग आफ्नो तीन मिनेटमात्रै कुरा भएको भन्दै बसेर छलफल गर्ने कुरा नगरेको भन्दै खण्डन गरेका थिए। एकीकृत समाजवादीका एक नेताका अनुसार रावलसँग छलफल भने भइनै रहेको थियो। एकीकृत समाजवादीले पार्टीमा जोडिन गरेको आग्रहमा रावलले १७ बुँदे प्रस्ताव पठाएका थिए। जहाँ पार्टीको नाम नेकपा बनाउने लगायतका प्रस्ताव रहेको एकीकृत समाजवादीका ती नेताको भनाइ छ।

उक्त प्रस्तावलाई अध्ययन गरेर थप छलफल हुने क्रम बाँकी नै रहेको छ। एकीकृत समाजवादीका तर्फबाट पनि जोडिने चाहनेका लागि संवाद गर्ने टोली तय पहिल्यै भइसकेको छ। रावलसँग छलफल गर्ने कुरा यथावत नै रहेको बताइएको छ। जुन एमाले नेताहरूलाई समेत जानकारी छ।

किनाराकृत गरेकै अवस्थामा रावल एमालेबाट बाहिरिँदा सुदूरपश्चिममा प्रभाव पर्न सक्ने एमालेको केन्द्रीय नेतृत्वले मिसन ग्रासरुटका क्रममा बुझेको छ। त्यसैले सकेसम्म रोक्ने तर, नरोकिँदा पनि प्रयास गरिएको जवाफका लागि उक्त संवाद टोली गठन गरिएको देखिन्छ।

संवाद टोलीमा रावलका ‘झगडिया’
रावलनिकट नेताहरू संवाद टोलीमा रहेका नामहरू देखेर भने सशंकित भएका छन्। रावलनिकट एक नेता भन्छन्, ‘संवाद टोलीमा भएका नेताहरूसँग रावल कमरेडको कुनै न कुनै मोडमा विवाद भएकै छ। किन यसरी टोली बनाइयो भनेर शंका गर्ने ठाउँ छ।’

उपाध्यक्ष पौडेलसँग केही दिनअघि लगातारजसो नोकझोक भयो। सचिव भट्टसँग एमाले पुनःस्थापनापछि दुरीको सम्बन्ध रहेको छ। स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र रावलको सम्बन्ध पूर्व-पश्चिम भएको वर्षौं भयो। रावलले सेती अञ्चल इञ्चार्ज भएको समयमा जिल्ला कमिटी सचिवबाट कारबाहीमा परेका थापाले केही समयअघि रावलका लागि एमालेको ढोका बन्द भइसकेको घोषणा समेत गरेका थिए।

२०७७ फागुनमा एमालेबाट सुदूरपश्चिमको संयोजक रावल कि भट्ट भन्ने विवादमा दुई पक्षबीच झडपसमेत भएको थियो। सोही क्रममा थापाले भनेका थिए, ‘यहाँ पार्टीमा बबन्डर गर्नेको आवश्यकता छैन। पार्टीका नीति नियम मान्नेको मात्रै आवश्यकता छ। पार्टीमा बबन्डर गर्नेहरूका लागि नेकपा एमालेको ढोका सधैँका लागि बन्द भइसकेको छ।’ 

रावलसँग यसपटक उनीहरूले निर्णायक संवाद गर्नेछन्। सुदूरपश्चिमबाट एमालेको केन्द्रमा रहेका एक नेता भन्छन्, ‘कि रावल कमरेडसँग खुलस्त मन माझामाझ गर्ने अवसर पाएर भट्ट र थापा कमरेडले नेतृत्व स्वीकार गर्दै सुदूरपश्चिममा एमाले बनाउँछन्। कि रावल कमरेडलाई पार्टीबाट धकेल्छन्। त्यस्तो भयो भने सुदूरपश्चिममा एमालेले अर्को चरण क्षति बेहोर्नुपर्छ।’

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्