• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मिटरब्याजी राजेन्द्रप्रसाद तेलीको कपाली तमसुकले उजाडिएको राजीवको घरबास
64x64
कल्पना घिमिरे मंगलबार, चैत २१, २०७९  ०७:५५
1140x725

काठमाडौं– राजीवकुमार यादव बुबासँगै खेतीपाती गर्थे। सप्तरीको बोदेबर्साइन नगरपालिका–१०, खडकपुरमा बुबा रामकुमार यादवले जोडेको ३५ कठ्ठा जमिन थियो। उक्त जमिनमा धान प्रशस्त फल्थ्यो। खान-लाउन पुगेकै थियो। एसएलसीसम्मको शिक्षा लिएका राजीवको खेतीपातीभन्दा आम्दानीको अरु बाटो भने थिएन। 

‘धेरै पढ्न सकिएन। नपढेपछि राम्रो काम पाउने अवस्था थिएन। अर्काको ज्यालामजदुरी गरेर कति कमाउन सकिन्छ र? बरु खेतीपातीसँगै केही व्यवसाय गर्ने सोचेँ,’ उनी सुनाउँछन्।

व्यवसाय गरेर आम्दानी गर्ने सपना देख्न थाले राजीव। तर के व्यवसाय गर्ने भनेर सोच्दासोच्दै साथीहरूले गाईपालन गरेर मनग्य आम्दानी गर्न सकिने सुनाए। 

घरमा एउटा गाई त पालेकै थियो। तर व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने मनसायले गाई फार्म खोलेर धेरै वटा गाई पाल्ने सोच बनाएका थिए। उनले अरूले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेको देखेका पनि थिए। त्यसपछि गाईपालन गरेर राम्रो आम्दानी हुने कुरा आफ्ना आमा-बुबालाई सुनाए।

338181833_764704634984681_8576794152025334065_n1680516066.jpg

‘व्यावसायिक रूपमा गाईपालन गर्न निकै लगानी चाहिन्थ्यो। फर्म दर्ता गराउन खर्च लाग्ने, उता गाई नै किन्नु पर्‍यो। बुबाले हुन्छ त भन्नुभएको थियो। तर पैसा कहाँबाट जुटाउने भन्ने समस्या थियो,’ उनले भने।

साथीहरूबाट गाउँका महाजन राजेन्द्रप्रसाद तेलीले जग्गा धितो राखेपछि जति पनि ऋण दिन्छन् भन्ने उनले सुनेका थिए।

‘त्यसपछि मैले बुबासँग महाजन तेलीले जग्गा धितो राखेपछि ऋण दिन्छन् रे, उनीसँग ऋण मागिदिनुस् भनें। मैले व्यवसाय गर्ने भनेपछि बुबाले नाईं भन्नु भएन। ती महाजनसँग ऋण माग्न जान तयार हुनुभयो,’ राजीवले सुनाए।

२०७३ माघ १८ गते तेलीको घरमा राजीव र उनका बुबा ऋण माग्न पुगे। बुबाले तेलीसँग नयाँ व्यवसायका लागि ऋण माग्न आएको कुरा सुनाए। कुरा सुनेपछि तेली २२ कठ्ठा जमिन आफ्नो नाममा पास गराएर (धितो राखेर) ११ लाख रूपैयाँ सयकडा १० प्रतिशत ब्याजदरले दिन राजी भए।

बुबाको सहमतिमा राजीवले २२ कठ्ठा जमिन धितो राखी ११ लाख रूपैयाँ निकाल्ने र महाजनले भनेकै ब्याजदरमा सावाँ-ब्याज २०७४ साउन मसान्तसम्म बुझाएपछि महाजन तेलीले जग्गा फिर्ता गर्ने सर्त राखी रीतपूर्वक कपाली तमसुक बनाएर सहीछाप गरे। 

338071454_571887491388203_923057040507564922_n1680516067.jpg

तेलीले ऋण दिएर उनीहरूको २२ कठ्ठा जग्गा आफ्नो नाममा पारे। ऋण पाएपछि उनको नयाँ व्यवसाय गर्ने बाटो खुल्यो। बाबुछोरा खुसी हुँदै फर्किए।

‘व्यवसाय गरेर कमाएपछि तिर्छु भन्ने उद्देश्यले जग्गा धितो राखेर ऋण लिएको हो। तर पनि मेरो खुसीको सीमा नै थिएन। ऋण नै भए पनि व्यवसाय सुरु गर्न पाउँदा निकै खुसी थिएँ,’ उनी सुनाउँछन्।

त्यसपछि राजीव भोलिपल्ट गाई फार्म दर्ता गर्न जिल्ला पशु फार्म सप्तरी पुगे। बुबा रामकुमार यादवको नाममा फार्म दर्ता गराए। नाम राखे महादेव गाई पालन फर्म।

केही दिनपछि राजीवले गाउँकै फर्मबाट प्रतिगोटा १ लाख रुपैयाँका दरले पाँच वटा कोरली गाई किनेर ल्याए। 

‘गाई ल्याएर पाल्न थालेपछि दिनचर्या त्यसैमा बित्दै थियो। गाईको दूध बेचेर पैसा कमाउँला भन्ने ठूलो आसा थियो। काम पनि जाँगर चलाएर गर्थेँ,’ उनी सुनाउँछन्।

केही समयपछि तेलीले तीन जनाको नाममा २६ लाखको कपाली तमसुक गराए। आफ्नो नाममा ८ लाख, सानिमाको छोरा शिवनारायण साहको नाममा ७ लाख अनि बैजुकुमार साह (सालो) को नाममा ११ लाख रूपैयाँको कपाली तमसुक बनाए। राजीवका बाबु छोरालाई सहीछाप गराए। 

‘त्यसको एक वर्षपछि महाजन तेलीले सारा कागज अदालतमा पेस गरेर मुद्दा हाले। बाँकी भएको १३ कठ्ठा जग्गा रोक्का गरिदिए। त्यसपछि महाजनले १७ लाख रूपैयाँ माग गरे। उक्त रकम मैले दिएपछि १३ कठ्ठा जग्गा फुकुवा गरिदिए,’ उनी सुनाउँछन्।

337769745_960630021790247_5070854011291875768_n1680516066.jpg

त्यतिबेला उनले पालेका गाई ब्याएर दूध दिन थालेका थिए। दिनमा ३० देखि ४० लिटर दूध बिक्री गर्थे। तर दूध बिक्री गरेर कमाएको पैसा महाजनलाई तिर्नै पुगेको थिएन।   

फेरि दुई वर्षपछि जग्गा फिर्ता गर्ने सर्तमा महाजनले ७ लाख रूपैयाँ माग गरे। जग्गा फिर्ता गरिदेलान् भनेर उनले तिरे। त्यो रकम तिर्दा शिवनारायण साहुको रुपमा भर्पाइ गरेर लगे। दुई वर्षपछि फेरि शिवनारायण र राजेन्द्रप्रसाद तेलीको ७ लाख र ८ लाख भर्पाइ स्वरुप लिइएको कागज गरियो। 

त्यसपछि तेलीले २५ लाख रुपैयाँ माग गरे। राजीवले गाई नै बिक्री गरेर तेलीलाई पैसा बुझाए। त्यतिबेला २४ लाख रूपैयाँ बुझाइसकेका थिए, तर तेलीले अझै १ लाख माग गरे। उनले १ लाख तिरेनन् तेलीले पनि जमिन फिर्ता गरेनन्। 

‘एक लाख रुपैयाँ प्रतिगोटा किनेका गाई ५० हजार रूपैयाँमा बिक्री गरेँ। बाच्छासमेत बेचेर महाजनको रकम तिरेँ। ११ लाख रूपैयाँ लिएकोमा २४ लाख बुझाएँ। त्यसमाथि अदालतको फी पनि २२ हजार ३० रूपैयाँ मैले तिरें। त्यत्रो रकम तिरियो। मेरो अझै २२ कठ्ठा जग्गा वापस गरेको छैन,’ उनले भने।

अहिले उनी राजेन्द्रप्रसाद तेलीको नाममा रहेको खेतमा खेती गरिरहेका छन्। गत भदौ ३० गते तेलीले बाँकी भएको १ लाखको २ लाख ३८ हजार १७७ हजार रूपैयाँ हिसाब लेखेर राखे। उक्त रकम बुझाए जमिन फिर्ता गर्ने सर्त राखे।

‘त्यो पनि म तिर्न तयार छु। तर महाजनले त्यो जग्गा वापस गर्ने वाला छैन,’ उनी भन्छन्।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०७:५५
  • #मिटरब्याज पीडित

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर सोमबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसि... मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार- ६ का डिलबहादुर... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्