• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
उपनिर्वाचनको नतिजाबाट कांग्रेसले के सिक्ला पाठ?
64x64
नवीन झा मंगलबार, वैशाख १२, २०८०  १९:४०
1140x725

काठमाडौं– १० वैशाखमा भएको तीन वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा दुईवटाको नतिजा आइसकेको छ। एउटा क्षेत्रको नतिजा पनि मंगलबार अबेर रातिसम्म आउने देखिएको छ। 

तनहुँ–१ र चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पोल्टामा पारिसकेको छ। यता बारा–२ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवले नतिजा आफ्नो पक्षमा पार्ने देखिएको छ। गत मंसिर ४ मा भएको निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति चयनका कारण तनहुँ–१ र बारा–२ खाली रहेका थिए भने चितवनबाट निर्वाचित रास्वपा सभापतिको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

रोचक के छ भने उपनिर्वाचनमा तीनमध्ये दुई वटामा रास्वपाले शानदार जित निकाल्दा एउटामा जसपा जित्दैछ। सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले तनहुँ र चितवनमा उम्मेदवारी दिएकाे थियाे। तनहुँमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठलाई माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाको समर्थन थियो।

तर, चुनावी मैदानमा एक्लै उत्रिएको रास्वपाले पांच दलको ब्याकअप रहेका कांग्रेसका उम्मेदवारहरुलाई चितवन र तनहुँमा नराम्ररी पराजित गर्‍यो। चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने पहिलाभन्दा बढी मत ल्याउँदै फेरि निर्वाचित भएका छन् भने तनहुँमा स्वर्णिम वाग्ले पनि फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। 

यो उपनिर्वाचनमा सबैभन्दा बढी क्षति कांग्रेसलाई देखिएको छ। मंसिरमा जितेको एक सिटसमेत कांग्रेसले गुमाएको छ भने रास्वपाले एक सिट थपेको छ। जसपा भने मंसिरको एक सिट जोगाउन सफल हुने देखिन्छ। 

उपनिर्वाचनको नतिजा आउन सुरु हुनासाथ सामाजिक सञ्जालदेखि ‍औपचारिक बैठकहरुमासमेत कांग्रेसहित पुराना भनिएका एमाले, माओवादीलगायतका दलहरुमाथि प्रश्न उठेको छ। अब पनि नसच्चिए अर्को चुनावसम्म परिस्थिति भिन्न हुने स्वयम् ती  दलका तल्लो तहका नेता कार्यकर्ताले सचेत गराइरहेका छन्।

सोमबार र मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै उपनिर्वाचनको नतिजाले चिन्तित बनाएको भन्दै गम्भीर समीक्षाको खाँचो औंल्याए। सोमबार पार्टीका सांसदहरुको बैठकमा देउवाले मतदातामा पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै यो चिन्ताको विषय भएको बताए। 

मंलगबार पुन: आफ्ना सांसदहरुसँगको बैठकमा बसेका देउवाले नयाँ दलहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आक्रामक रुपमा कांग्रेसप्रति नकारात्मक भाष्य निर्माण गरेको आरोप लगाएका थिए। देउवाले उपनिर्वाचनको क्रममा सामाजिक सञ्जालमार्फत् पुराना दलहरुलाई मतदान नै नगर्ने भनेर भाष्य निर्माण गरिएको पनि बताए। देउवाले यसरी सांसदहरुसँग उपनिर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा पार्टीको आन्तरिक सवालप्रति पनि गहिरो गरी समीक्षा गर्नुपर्ने बताए।

पुराना पत्रकार तथा विश्लेषक हरिहर विरही उपनिर्वाचनको नतिजाले कांग्रेसले शिक्षा लिनुपर्ने बताउँछन्। ‘यो सामान्य कुरा होइन’ विरही भन्छन् ‘कुनै समय कांग्रेसले लट्ठी मात्र उठाए पनि जित्छ भनिन्थ्यो, तर आज किन यस्तो अवस्था आयो?’ उनले किन यस्तो भयो भनेर शिक्षा लिएमा सुधार गर्न सकिने पनि बताए।

राजनीतिक विश्लेषक गेजाशर्मा वाग्ले उपनिर्वाचनको नतिजाले जनतामा पुराना भनिएका कांग्रेस, एमाले र माओवादीप्रति ठूलो वितृष्णा देखिएको बताए। कांग्रेस, एमाले, माओवादीमा हावी भएको वृद्धतन्त्र र पटकपटक अवसर पाए पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति जनतामा ठूलो वितृष्णा देखिएको वाग्लेको भनाइ छ। उनले नयाँ दलप्रतिको आकर्षणको प्रमुख कारण पनि त्यही नै रहेको बताए। 

वाग्लेले वृद्धतन्त्रबाट मुक्ति दिएर पुराना पार्टीमा सुधार र रूपान्तरण प्रक्रिया सुरु गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको बताए। सत्तारुढ प्रमुख पाँच दलको समर्थन रहँदा पनि कांग्रेसले तनहुँ र चितवनको उपनिर्वाचनमा पराजय भएर प्रतिनिधिसभामा एक सिट घटुवा भएको र मधेशको बारामा जसपालाई समर्थन गर्दा त्यहाँ जितेपनि  त्यसको असरबारे समीक्षा गर्नुपर्ने कांग्रेस कार्यकर्ताले नै माग गर्न थालेका छन्।

उपनिर्वाचनको प्रक्रिया सुरु हुँदैगर्दा कांग्रेस तनहुँ–१ को सिट जसरी पनि जोगाउनुपर्ने रणनीतिमा कांग्रेस थियो। किनकी गएको ४ मंसिरमा त्यहांबाट राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तनहुँ–१ बाट निर्वाचित सांसद पौडेललाई राष्ट्रपति बनाए पनि कांग्रेसले उक्त सिट गुमाएपछि कांग्रेस भित्र एक प्रकारको तरङ नै उत्पन्न भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्