• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
यसरी तानिए पूर्वगृहमन्त्री खाणदेखि आरजु राणासम्म
64x64
नारायण अधिकारी सोमबार, वैशाख २५, २०८०  १४:२३
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणदेखि उनकी पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य एवम् सांसद् आरजु राणा देउवा पनि तानिएका छन्। 

मञ्जु र आरजुले समेत रकम बुझेको भन्ने अडियो सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम गरिरहेको छ। अडियोमाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताएका छन्। 

‘दलाल र पीडितबीचको भनिएको अडियो वार्ता हामीकहाँ पनि आइपुगेको छ। अडियोमा उल्लेख गरिएका विषयहरुलाई तथ्यले पुष्टि हुने ठाउँ छन्/छैनन् भनेर अनुसन्धान गरिरहेका छौं,’ एसएसपी कार्कीले भने। 

सार्वजनिक भएको अडिओमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ। खाण र आरजु पक्षबाट उक्त अडियो सत्य नभएको दाबी भइरहेको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा समेत आरजुले आफूमाथि झुटा आरोप लगाइएको दाबी गरिन्।

यता बालकृष्ण खाणको सचिवालयले पनि अडियोमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ। तर तत्कालीन गृहमन्त्री खाण यो प्रकरणमा जोडिनुमा अडिओ मात्रै प्रमाण नरहेको रहस्यहरु खुल्दै आएका छन्। 

१ वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी ठगी प्रकरणमा १ जनालाई पक्राउ गरेको थियो। त्यतिबेला गृहमन्त्री बालकृष्ण खाण थिए भने हाल शरणार्थी प्रकरणमै पक्राउ परेर हिरासतमा रहेका टेकनारायण पाण्डे गृहसचिव थिए। 

तत्कालीन गृहमन्त्री खाण र गृहसचिव पाण्डेकै दबाबमा पक्राउ परेकाहरुलाई प्रहरीले आधा घण्टा पनि हिरासतमा नराखी छाडेको थियो। काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालयका तत्कालीन प्रहरी कर्मचारीका अनुसार त्यतिबेला गृहमन्त्री खाणसँगै गृहसचिव पाण्डेले पक्राउ परेकाहरुलाई छाड्न भनेर तारान्तर दबाब दिएका थिए। 

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण जोडिने अर्को दस्तावेज समेत भेटिएको छ।  २०७८ असारमा गृहमन्त्री भएका खाणकै जोडबलमा गृह प्रशासनबारे ज्ञान नै नभएका टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।

Ncell 2
Ncell 2

एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा (बादल)का पालामा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधान गर्ने भन्दै गृह मन्त्रालयकै तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल  गठन गरिएको थियो। कार्यदलले समेत नक्कली भुटानी शरणार्थीको नाम राखेको भन्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आएको थिएन। 

खाण गृहमन्त्री र टेकनारायण गृहसचिव भएपछि उनीहरुको अग्रसरतामा पुनः अर्को समिति गठन गरिएको थियो। उक्त समितिका संयोजक थिए  जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन सहायक सीडीओ। उक्त समितिलाई २०७९ भदौ मसान्तसम्म भुटानी शरणार्थीका बारेमा थप कार्यसम्पादन गरी पेस गर्न भनिएको थियो। 

आवश्यक परे उक्त समितिले उपसमिति गठन गर्न सक्ने र पन्थी नेतृत्वको समितिले पेस गरेका प्रतिवेदन समेत अध्ययन गरी छुट भुटानी शरणार्थीको नाम समावेश गर्न समेत भनिएको थियो। तर जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृतहरुले भुटानी शरणार्थी प्रकरण विवादमा परिसकेकाले आफूहरु थप विवादमा नफस्ने भन्ने अडान लिएपछि काम अगाडि बढेन। 

झापा प्रशासनबाट काम अगाडि नबढेपछि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना असफल हुन थालेको थियो। अमेरिका जान भनेर रकम बुझाएकाहरुले ‘हाम्रो काम कहिले बन्छ?’ भन्दै पैसा लिने बिचौलियालाई दबाब दिन थाले। बिचौलियाहरु फोन अफ गरेर सम्पर्कविहीन भएपछि पैसा बुझाएकाहरु प्रहरीकहाँ पुगेका थिए। 

खाणले आफ्नै पालामा पुन: अर्को समिति गठन गरेर छुट शरणार्थीहरुको नाम समावेश गर्न लगाउनु पनि रहस्यमय रहेको भन्दै अहिले अनुसन्धान अघि बढाइएको छ। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियाहरुले पनि तत्कालीन गृहमन्त्री खाणसहितका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईहरुको नाम लिएका थिए। बिचौलियाहरुको बयानअनुसार उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो भने केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ पूर्जी जारी भएका एमाले सचिव रायमाझी, तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापा लगायत भने अहिले पनि फरार छन्। 

पक्राउ परेकाहरुको बयान र उनीहरुबाट बरामद भएका केही प्रमाणका आधारमा थप केही जनामाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। ‘पर्याप्त प्रमाण’ जुटाएर थप व्यक्तिविरुद्ध पनि पक्राउ पूर्जी जारी हुने प्रहरी स्रोतको भनाइ छ। 

खाणभन्दा अघि गृहमन्त्री भएका एमाले नेता बादल भने यो प्रकरणमा अहिलेसम्म ‘सिन’मा नदेखिएको प्रहरी स्रोतको भनाइ छ। पक्राउ परेका परेका सचिव पाण्डेको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएकाले त्यसबाट केही तथ्यहरु खुल्न सक्ने प्रहरीको भनाइ छ। 

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पतञ्जली जग्गा हिनामिना प्रकरण: माधव नेपालसहित यी हुन् अख्तियारले प्रतिवादी बनाएका ९३ जना (नामसहित) उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपाल सांस... बिहीबार, जेठ २२, २०८२
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शा... बिहीबार, जेठ २२, २०८२
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्द... आइतबार, जेठ १८, २०८२
ताजा समाचारसबै
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी बिहीबार, जेठ २२, २०८२
अख्तियारको मुद्दा पार्टी विरूद्ध भएको षड्यन्त्रको घटना– एकीकृत समाजवादी बिहीबार, जेठ २२, २०८२
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब बिहीबार, जेठ २२, २०८२
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य जरुरी छ: सचिव दुवाडी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्