• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ज्येष्ठ सदस्यलाई राज्यमन्त्री उपहार: कोशीको सत्ता संकट टार्न मुख्यमन्त्री थापाको ‘चलाखीपूर्ण मूभ’
64x64
ईश्वर बराल बुधबार, साउन ३१, २०८०  १५:५७
1140x725

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफ्नो सरकारलाई आइपर्ने सम्भावित संकटबाट जोगिन चलाखीपूर्ण मूभ गरेका छन्। थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग राज्यमन्त्री बनाउँदै सम्भावित सत्ता संकटलाई टार्न खोजेका छन्। ८० वर्षीय मण्डल कांग्रेसको तर्फबाट मोरङ ५ (१) बाट निर्वाचित सांसद हुन्। 

उपसभामुखले सभा सञ्चालन नगर्ने संकेत बुझेपछि थापा एक कदम अघि
गठबन्धनका सबै (४७) सांसदको हस्ताक्षरले सरकारको नेतृत्व पाएका थापा सो संख्यालाई कुनै पनि बहानामा कम गर्न नहुने दबाबमा छन्। अर्कोतर्फ उनले बजेट पारित गर्नेदेखि आफूलाई विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ। यस्तो अवस्थामा उनलाई संसद् आफ्नो पक्षमा हुनुपर्ने हुन्छ। 

सभामुखले राजीनामा बुझाएर रिक्त रहेपछि सदनको नेतृत्व उपसभामुखले गर्नुपर्ने हुन्छ। तर विपक्षी दल एमालेबाट उपसभामुख भएकी सिर्जना दनुवारले सभाको आसन्न बैठक बहिस्कार गर्ने वा राजीनामा बुझाउने संकेत पाएका थापाले मण्डललाई मन्त्री बनाएका हुन्। सभामुख-उपसभामुख नभएको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सो संवैधानिक व्यवस्थालाई चिर्न थापाले मण्डललाई बुधबार मन्त्री नियुक्त गरेका हुन्। 

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ। त्यो बैठकमा उपसभामुख अनुपस्थित भए वा त्यसअघि नै राजीनामा दिए बैठकको अध्यक्षता मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्थ्यो। यस्तो अवस्थामा सत्ताको बुहमत गुम्थ्यो। दुवैतर्फ समान ४६ सांसद हुन जान्थे। अब मण्डल नै मन्त्री भएपछि पनि उपसभामुख नभएमा सभाको सञ्चालन अर्को ज्येष्ठ सदस्यले गर्नुपर्ने हुन्छ। 

थापा भने मन्त्रिपरिषद्लाई समावेशी बनाउन र सबैको प्रतिनिधित्व होस् भनेर मण्डललाई मन्त्री बनाएको दाबी गर्छन्। 

‘हाम्रो मन्त्रिपरिषद् समावेशी बनाउन चाहान्थ्यौँ। हाम्रो भूगोल हिमालदेखि मधेससम्म छ। सबैतिरबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने कुराहरु आयो,’ थापा भन्छन्,‘मन्त्री बन्नु भएका माननीय हाम्रो अभिभावक उमेरको पनि हुनुहुन्छ। त्यसै कारण मन्त्री बनाएको हो।’

थापा यसलाई व्यवस्थापिकासँग जोडेर नहेर्ने बताउँछन्। थापाले जे भने पनि संसद्को सम्भावित परिदृश्यलाई छल्न मण्डललाई मन्त्री बनाएको भन्ने छिपेको छैन। स्वयं सत्ता-गठबन्धनकै नेताहरु उक्त कुरालाई स्वीकार्छन्। 

‘एमालेले उपसभामुखलाई राजीनामा दिन लगाउने बुझेपछि नै मण्डललाई मन्त्री बनाइएको हो,’ गठबन्धनकै नेताहरु भन्छन्। 

मण्डलपछिका ज्येष्ठ सदस्य एमाले र राप्रपाबाट
कार्यकारी पदमा गएपछि मण्डलले अब व्यवस्थापिकाको नेतृत्व गर्न नहुने संवैधानिक कानुनका ज्ञाताहरु जनाउँछन्। यस्तो अवस्थामा उपसभामुख नभएमा ज्येष्ठ सदस्यको हैसियतमा एमालेकै रोहितबहादुर कार्कीले सभाको अध्यक्षता गर्नुपर्ने हुन्छ। ७१ वर्षीय कार्की मण्डलपछिका ज्येष्ठ सदस्य हुन्। 

यदि कार्की पनि अनुपस्थित भएमा सभाको अध्यक्षता अर्का ज्येष्ठ सदस्य प्रतिपक्षी दल राप्रपाका अम्बरबहादुर विष्टले गर्नुपर्नेछ। त्यसपछिका अरु ७ ज्येष्ठ सांसद पनि एमाले र राप्रपाबाट छन्। ती सबै ज्येष्ठ सांसद अनुपस्थित भएमा फेरि सभाको अध्यक्षता कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ। 

उपसभामुखले सभाको अध्यक्षता गर्नुहुन्छः एमाले
एमाले संसदीय दलका नेता हिक्मत कार्की भने सभाको अध्यक्षता उपसभामुखले नै गर्ने बताउँछन्। ‘यो नितान्त उहाँको निर्णयमा भरपर्ने कुरा हो। एमालेले उहाँलाई राजीनामा दिन लगाउँदैन। १ गतेको सभाको बैठकको अध्यक्षता उपसभामुखले नै गर्नुहुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै कार्कीले भने। 

एमाले जसरी भए पनि थापा नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने प्रयत्नमा छ। यसका लागि उसले सम्पूर्ण शक्ति संसद्‌मा देखाउनेछ। 

‘थापा नेतृत्वको सरकार नै असंवैधानिक बाटोबाट बनेको छ। यसलाई जतिसक्दो छिटो बिदा गर्नैपर्छ। त्यसका लागि हामी अन्य दलहरुसँग पनि संवाद गर्दैछौँ,’ एमालेका एक प्रदेश सांसद भन्छन्। 

मण्डललाई मन्त्री बनाएर थापाले सत्ता टिकाइराख्न जे पनि गर्ने गरेको भन्ने थप उदाहरण देखिएको एमाले सांसद तिलकुमार मेन्याङ्बो बताउँछन्। 

‘मन्त्री बनाउने/नबनाउने उहाँको कुरा हो। तर सत्ताका लागि कहिले सभामुखलाई राजीनामा गराउने, कहिले प्रदेशको नामकै विषयमा सम्झौता गर्ने,’ मेन्याङ्बो भन्छन्,‘घटनाहरुलाई हेर्ने हो भने उहाँ चलाखी गर्दै हुनुहुन्छ तर त्यो कोशीका जनतालाई मान्य छैन।’ 

थापाले गत हप्ता मात्र एक मात्र सांसद रहेको जसपालाई सरकारमा ल्याउन प्रदेशको नाममा पुनर्विचार गर्ने र त्यसका लागि पहल गर्ने सम्झौता गरेका थिए। कोशी नामकरणमा जसपाले असन्तुष्टि जनाउँदै नाम परिवर्तन नभएमा थापालाई समर्थन नगर्ने माग राखेको थियो। उसलाई मनाउन थापाले अरु दलहरुसँग संवाद गर्ने र विश्वासमा लिएर नाम परिवर्तन गर्ने जनाएका थिए। 

जसपा र एकीकृत समाजवादीले प्रदेशको नाम पहिचानको नाममा रहनुपर्ने भन्दै आएका छन्। कोशीको नामकरणका विषयमा कांग्रेस-एमाले-माओवादी केन्द्र र राप्रपा एक मत थिए।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा

‘टार्गेट नम्बर ४७’ जुटाएर कोशीको सत्तामा फर्केका थापालाई सहज छैन विश्वासको मत पाउन

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्