• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
निर्वाचन कानुन व्यापक संशोधनको तयारी निर्वाचन मिति अब कानुनमै तोकिने, स्थानीय तहमा एक मात्र उम्मेदवार उठाए महिला अनिवार्य
64x64
ईश्वर बराल सोमबार, भदौ ११, २०८०  १७:१३
1140x725

काठमाडौं– निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनमा व्यापक संशोधन गर्ने भनेको छ। मौजुदा कानुनहरूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउने तयारी गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले यसअघि रहेका निर्वाचनसम्बन्धी विभिन्न ७ कानुनलाई एकीकृत गरी छुट्टै कानुन बनाउन लागिएको छ। कानुनहरू एकीकरण गर्दा मौजुदा कानुनमा गर्नुपर्ने संशोधन पनि गरिएको थपलियाले बताए। आयोगले तयारी गरेको एकीकृत मस्यौदा हाल गृह मन्त्रालयमा अध्ययन भइरहेको र छिट्टै संसद्‌मा दर्ता हुने विश्वास रहेको उनले जनाए।

आयोगले निर्वाचनर्लाइ व्यवस्थित र नियमित गर्न संविधान बमोजिम कानुनमै केही नीतिगत व्यवस्था गर्न लागेको छ। तयार  मस्यौदामा निर्वाचन हुने मितिलाई कानुनमै राख्ने देखि महिलाको सहभागीताको लागि दलहरूलाई बाध्यकारी गराउने सम्म रहेको प्रमुख आयुक्त थपलियाले उल्लेख गरेका छन्। 

आयोगले प्रस्ताव गरेको मस्यौदामा निर्वाचन हुने मिति कानुनमै राख्ने तयारी गरेको छ।

कसको निर्वाचन कहिले?
प्रतिनिधि सभा/प्रदेश सभा/स्थानीय सरकारको निर्वाचन– निर्वाचन परिणाम घोषणा भएको ४ वर्ष ११ महिना पछिको अन्तिम आइतबार।
राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन– पदावधि समाप्त हुनुभन्दा ३ दिनअघि
राष्ट्रिय सभा सदस्य– कार्यकाल समाप्त हुने एक महिना अघिको पहिलो आइतबार

मौन अवधिको समय घटाउने
आयोगले मौन अवधिको समय घटाउन प्रस्ताव गरेको छ। अहिले ४८ घण्टा अघिदेखि रहिरहेको मौन अवधि अब २४ घण्टाअघिबाट लागू गर्ने प्रस्ताव आयोगको छ। 

जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावालीमा नाम समावेश
आयोगले प्रस्ताव गरेको मस्यौदामा जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम समावेश गर्न सकिने उल्लेख छ। त्यस्तै, विदेशमा रहेका नेपालीको नामावली विदेशमै गएर विवरण संकलन गर्ने आयोगको प्रस्ताव छ। 

समानुपातिकतर्फ संसारभरिका नेपालीले मत हाल्न पाउने
आयोगले तयार गरेको मस्यौदा अनुसार समानुपतिक निर्वाचन प्रणालीतर्फ देशभित्रै आफ्नो निर्वाचन क्षेत्र भन्दा अन्यत्र रहेका नेपाली र विदेशमा रहेका नेपालीले पनि मत हाल्न दिने प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीले भने नेपाली नियोगमा गएर मत हाल्नु पर्नेछ। 

कसुरदार उम्मेदवार बन्न नपाउने
आयोगले मैस्यादा गरेको कानुनमा भ्रष्टचारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएका वा सुरु अदालतबाट भ्रष्टाचारी ठहर भएको र पुनरावेदनमा विचाराधीन रहेकाहरूले उम्मेदवार बन्न नपाउने लेखेको छ। अहिलेको निर्वाचन कानुनमा उम्मेदवार बन्न पाउने व्यवस्था छ। जसअनुसार मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ सांसद बने पनि निलम्बनमा परेका थिए।

त्यस्तै, कांग्रेसकै अर्का उम्मेदवार विजय गच्छदार पनि भ्रष्टचार कसुरमा मुद्दा चल्दै गर्दा सुनसरी ५ बाट उम्मेदवार बनेका थिए। निर्वाचनको कानुनले नरोके पनि त्यस्ता कसुरदारहरूलाई संसद्‌मा निर्वाचित भएमा संसद्को नियमावलीले मुद्दामा सफाइ नपाउन्जेल निलम्बन गर्ने प्रवधान छ। 

यस्तै, आयोगले प्रस्ताव गरेको कानुनमा संघीय संसद्, प्रदेश संसद् वा स्थानीय सरकारमा पराजित भएका उम्मेदवारहरू सोही क्षेत्रमा उपनिर्वाचन भएमा मात्र पुन: उम्मेवदार हुन नपाउने उल्लेख छ। सो कार्यकाल पुरा नहुन्जेल एक पटक पराजित भएमा पुन: उम्मेदवार हुन नपाउने प्रस्ताव गरेको हो। 

अर्को दलबाट उम्मेदवार बन्न पुरानो दलबाट प्राप्त पद त्याग्नुपर्ने
निर्वाचन आयोगले प्रस्ताव गरेको मस्यौदा अनुसारै कानुन बनेमा अब एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति सो दलको पद त्याग नगरी अर्को दलको तर्फबाट उम्मेदवार हुन नपाउने भएका छन्। अहिलेको संसद्‌मा परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेबाट सांसद बनेका छन् भने नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव माअ‍ोवादी केन्द्रबाट सांसद बनेका छन्। त्यस्तै, निर्वाचनताका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए। 

त्यस्तै, आयोगले तयार गरेको मस्यौदा कानुनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने, स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एक पदमा मात्र उम्मेदवार दिन परे अनिवार्य महिला हुनुपर्ने, वडामा दलित महिला सदस्य नभए अल्पसंख्यक महिला भए पनि ल्याउनु पर्ने, दलहरूले एक भन्दा बढी उम्मेदवारहरूलाई उम्मेदवारी दर्ता गर्न लगाए सबै बदर हुने, समानुपातिक तर्फ आयोगलाई एक पटक बुझाएको सूची नै अन्तिम हुने, मतगणना मतदान स्थलमै गर्ने प्रबन्ध गर्ने, समानुपातिक मत मात्र हाल्न पाउनेले अग्रिम मतदान गर्न पाउने र निर्वाचनको दिन सार्वजनिक यातायात चल्न दिने जस्ता प्रवाधानहरू थप्न लागिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन्। 

‘नो भोट’को व्यवस्था
अब हुने निर्वाचनमा मतपत्रमै ‘नो भोट’ (कसैलाई मत दिन्न) भन्ने व्यवस्था पनि लागू हुने भएको छ। 

कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने (नोटा) गरी मतदातालाई तोकिए बमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न लागिएको आयोगले प्रस्तावित मस्यौदामा उल्लेख छ। यस्तै, यदि सबै उम्मेदवारलाई अस्वीकार गर्छु भन्ने मत सदर मतको ५१ प्रतिशत बढी भएमा निर्वाचन नै रद्द हुने प्रवाधान राख्न आयोगले प्रस्ताव गरेको मस्यौदामा राखिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। 

शासकीय सुधारका लागि प्रणाली सुधार आवश्यकः प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त थपलियाले शासकीय सुधारका लागि निर्वाचन प्राणलीमा सुधार ल्याउन कानुन संशोधन र थप गर्न लागिएको बताए। आफूहरूले नागरिकको आवाज र अदालतको मार्गदर्शन अनुसार नयाँ कानुनको मस्यौदा गरेको र संसद्हरूले पनि सकारत्मक सुझावका साथ अनुमोदन गर्ने विश्वास गरेको थपलियाले जनाएका छन्। 

सो कानुनको मस्यौदाको बारेमा सोमबार संचारकर्मीसँग छलफल गर्दै आयुक्त थपलियाले उक्त कुरा बताएका हुन्। 

‘शासकीय व्यवस्था सुधार गर्ने हो भने विद्यमान निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ,’ त्यसको औचित्यबारे प्रष्ट पार्दै थपलियाले भने, ‘धेरै कानुन र कतिपय अस्पष्ट प्रवाधानहरूलाई हामीले एकीकृत गर्नुका साथै प्रष्ट पार्ने मस्यौदा गरेका छौं। संसद्‌बाट छिट्टै पारित भएर कानुन बन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्