एजेन्सी–अमेरिकाका एक न्यायाधीशले ट्रम्प प्रशासन कोलम्बिया विश्वविद्यालयका छात्र महमुद खलीलाई निर्वासित गर्न सक्ने निर्णय सुनाएका छन्।
इमिग्रेशन अदालतको फैसलाअनुसार अब महमुदलाई तत्काल देशबाट निकालिनेछ। न्यायाधीशले खलीलका वकिललाई यो आदेशविरुद्ध अपील गर्नका लागि २३ अप्रिलसम्मको समय दिएका छन्।
महमुद खलीललाई गत महिना प्यालेस्टाइनको समर्थनमा गरिएको प्रदर्शनमा मुख्य भूमिका निभाएको आरोपमा हिरासतमा लिइएको थियो।
उनलाई ८ मार्चदेखि लुइसियाना हिरासतको केन्द्रमा राखिएको छ। एक पत्रमा खलीलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीको अधिकारका लागि आवाज उठाउनुको नतिजा रहेको बताएका छन्।
खलील कानुनी हिसाबमा अमेरिकाका स्थायी बासिन्दा हुन्। उनीविरुद्ध अन्य कुनै अपराधको आरोप भने छैन।
यद्दपि अमेरिकी सरकारले शित युद्ध युगको एक आव्रजन कानुनको हवाला दिँदै महमुद खलीलको उपस्थिति अमेरिकी विदेश नीतिको हित प्रतिकूल बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।