काठमाडौं–आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको हो।
नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले। मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो।
नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए। दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए। बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।