काठमाडौं–वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ८.८४ अंकले घटेको हो।
बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। सूचीकृत अधिकांश समूहमा गिरावट आएको छ। २ वटा कम्पनी भने सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन्।
आइतबार ३ सय २२ कम्पनीको १ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।