एजेन्सी – रुसद्वारा युक्रेनको राजधानी किभमा भएको ड्रोन र मिसाइल आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।
उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदान भइरहेको बेला भएको अधिकारीहरूले जनाएका छन् । किभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति पुर्याएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रूसी सेनाले युक्रेनले मङ्गलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।
यसैबीच, रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिने रूसी विदेश मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।