• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा : गुट च्यापेर गुटकै चिन्ता
64x64
किशोर दहाल बुधबार, पुस २, २०७६  १०:३१
1140x725

काठमाडौं- 'पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन्। पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ', नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ।

नेताहरुले नरम भाषामा विचार समूह भन्ने गरेको गुट संस्कृति सबै पार्टीभित्र देखिन्छ। पार्टीभित्र विचार समूहहरु हुने, त्यसबीचमा हुने टकरावले वैचारिक मन्थन हुने र अगाडिको बाटो पहिल्याउन सहज हुने हुँदा विचार समूहहरुलाई कम्युनिस्ट पार्टीका नेताले सकारात्मक नै मान्छन्। बेलाबखत त्यसले राम्रै परिणाम पनि दिएको हुन्छ। जस्तो कि, तत्कालीन नेकपा माओवादीमा प्रचण्ड र बाबुराम भट्टराई बीचमा अगाडिको कार्यदिशा कस्तो हुने सन्दर्भमा भएको कठोर मन्थनले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्यायो र लोकतान्त्रिक गणतन्त्र स्थापनामा सहयोग पुग्यो।

कम्युनिस्ट पार्टीको इतिहासमा यस्ता कैयौं उदाहरणहरु छन्, जसले गर्दा बढी व्यवहारिक र समायानुकूल बाटो तय गर्न सहयोग पुर्‍याएका छन्। त्यस्ता आन्तरिक संघर्ष र मन्थनको केन्द्रमा विचार हुनेगर्थ्यो। निश्चित कार्यदिशा हुनेगर्थ्यो।

तर, स्थायी कमिटीमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा वैचारिक संघर्षको कुनै झल्को छ त? छैन। उनको चिन्ताको अन्तर्य पार्टी कस्तो बनाउने, कुन बाटो हिँड्ने र के प्राप्त गर्ने कुरामा होइन, गुटका कारण घात, प्रतिघात र अराजकता बढ्यो भन्ने छ।

प्रतिवेदनमा चित्रण गरिएजस्तो परिस्थिति सिर्जना हुनुमा अध्यक्षद्वय स्वयं पनि जिम्मेवार छन्। नेकपाभित्र आफ्नो स्वार्थ पूरा गर्न, आफ्नो आगामी दिन सुरक्षित बनाउन, आफू निकटका नेताहरुलाई अवसर दिलाउन दुवै नेताले प्रशस्त बल लगाएका छन्।

यद्यपि, प्रतिवेदनमै उल्लेख भएर आएको हुनाले गुटमाथिको आन्तरिक चिन्ता र बहसलाई वैधानिकता प्राप्त भएको छ। यसले सहज निकासको खोजी गर्ने अपेक्षा गर्न सकिन्छ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल अध्यक्षद्वयको प्रतिवेदनमा उल्लेखित गुट चिन्तालाई भने सकारात्मक ठान्छन्। 'उहाँहरु त्यही ठाउँमा आउनुभयो, जुन कुरा विगतमा अरुले उठाइरहेका थिए। पार्टीभित्र गुटबन्दी छ, एकता छैन, विधान उल्लंघन गर्‍यौं, समयमा बैठक बसाउन सकेनौं भन्ने स्वीकारोक्तिमा अहिले उहाँहरु आउनुभएको छ', उनी भन्छन्, 'त्यसले कम्तिमा पार्टीभित्रको समस्यालाई पहिचान गरेको छ।'

गुटको असर
गत कात्तिक १८ गते बसेको सचिवालय बैठकले रिक्त सातै प्रदेशको प्रमुखको नाम चयन गर्‍यो। सचिवालयबाट नामलाई अनुमोदन गर्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डले त्यसमा सहमति जुटाएका थिए। बैठकमा नेता नेपालले आफ्नो तर्फबाट पनि केही नाम सिफारिस गरेका थिए। तर, पहिल्यै सहमतिमा पुगिसकेका अध्यक्षद्वयले नेता नेपाललाई सुनेनन्। आफू अनुकूल अघि बढे।

सचिवालयबाट गरिएका यस्ता धेरै निर्णयहरु छन्, जसमा एक पक्षलाई पेल्ने रणनीतिक अख्तियार गरिएको छ। जसका प्रति सचिवायकै नेताहरुले असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

तर, यो प्रवृत्ति नेकपा गठन भएपछि मात्रै सुरु भएको भने होइन। पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा पनि थियो।

प्रदेश ३ का लागि मुख्यमन्त्रीको नाममाथि चर्चा हुँदैगर्दा धेरैले अष्टलक्ष्मी शाक्यलाई सम्झेका थिए। उनको सम्भावना पनि उच्च नै थियो। तत्कालीन एमालेकी उपाध्यक्ष समेत रहेकी उनी वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्दै गरेका अन्य ५ प्रदेशका सबैभन्दा उच्च तहकी नेता थिइन्। अर्कोतिर, वाम गठबन्धनले सरकार बनाउँदै गर्दा ६ प्रदेशमध्ये कुनै प्रदेशमा त महिला नेतालाई पनि स्थान दिइएला भन्ने ठानिएको थियो। तर, भएन। रातारात डोरमणि पौडेल उभ्याइए। चुनावमार्फत उनी नै संसदीय दलका नेता बने। मुख्यमन्त्री बने।

'गुटकै कारण कतिपयको योगदान, त्याग र निष्ठालाई पार्टीले कदर गर्न सकेन। पुरानो नेताहरुले अपमानित महसुस गरिरहेका छन्। तर आफ्नो गुट भएपछि क्षमता होस् वा नहोस्, त्याग होस् वा नहोस्, टपक्क टिप्ने काम भएको छ। ठाउँमा लग्ने काम भएको छ', शाक्य भन्छिन्, 'यो खालको स्थितिले कम्युनिस्ट पार्टी बलियो हुनसक्दैन।' (शाक्यसँगको अन्तर्वार्ताको पूरा अंशका लागि प्रतीक्षा गर्नुहोस्।)

नेकपा गठन भएपछि भने पार्टीभित्र जिम्मेवारी दिने कुरामा धेरै नयाँ अवसरहरु सिर्जना भए। गुटलाई संरक्षण गर्ने र अवसर दिने ठाउँहरु पनि सिर्जना भए।

यसअघिको स्थायी कमिटी बैठकमा योगेश भट्टराईले त अध्यक्षले नै गुटबन्दी गरेको बताएका थिए। उनले पार्टी एकताका नाममा फरक मत राख्नेहरुलाई लखेटिएको आरोप लगाएका थिए। ‘एकताका नाममा फरक विचार समूहका नेतालाई लखेट्ने र सिध्याउने काम भइरहेको छ। मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न', विशेषगरी ओलीलाई लक्षित गर्दै उनले भनेका थिए।

उनले तत्कालीन एमालेको महाधिवशेनबाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र नेकपामा पनि आफू स्थायी कमिटीमा भएको तर एमालेको नेताहरूबाट छनौट हुने व्यवस्था भएको भए आफू सो कमिटीमा हुँदैनथें भन्दै आक्रोश पोखेका थिए।

अर्का नेता घनश्याम भुसालले पार्टीभित्र थुक, रगत, खकार, वीर्य परीक्षण गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने काम भइरहेको बताएका थिए।

आक्रोश पोख्ने दुवै नेताहरु अहिले मन्त्री भइसकेका छन्। र स्थायी कमिटी बैठकमा पनि तुलनात्मकरुपमा नरम धारणा राखिरहेका छन्। तर, नेकपाको गुट राजनीति र चिन्ता कम भएको छैन। अन्य नेताहरुले त्यसलाई उठाइरहेका छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतकाले गुटको असरबारे जोड दिएर बोलेका छन्।

गुटको विरासत 
नेकपामा पूर्व एमाले र पूर्व माओवादी केन्द्र गरी ठूलो आकारका दुई गुट हुने नै भए। फरकफरक राजनीतिक स्कुलिङबाट आएका र विगतमा एक अर्कालाई निषेध गरेर अघि बढेका शक्ति भएकाले त्यो कति लामो समय रहन्छ, त्यसको निश्चित समय हुँदैन। तर, नेकपामा छाएको गुट चिन्ताको कारण त्यतिमात्र भने होइन। नेकपाभित्र मुख्य नेतैपिच्छेका आफ्ना आफ्ना गुट छन्। त्यही गुट देखाएर अवसर लिने प्रवृत्ति छ।

नेकपा सचिवालयमा पूर्व एमालेका तर्फबाट ६ जना नेताहरु छन्। माओवादी केन्द्रका तर्फबाट ३ जना छन्। ती सबैका साना ठूला समूहहरु छन्। मुख्यगरी केपी ओली, माधव नेपाल, वामदेव गौतम, प्रचण्ड, बादल तथा नारायणकाजी श्रेष्ठका प्रभावशाली समूह छन्। झलनाथ खनालको पक्षमा ठूलो समुह नदेखिएता पनि पूर्व प्रधानमन्त्री हुनुको नाताले उनी आफैं पनि एउटा समूह हुन्।

पार्टीभित्रको संरचनामा ओली र नेपालको शक्ति झन्डै उस्तै हो। उनीहरु एमालेको पछिल्लो महाधिवेशनमा समूह बनाएरै चुनाव लडेका थिए। त्यो शक्ति संरचनामा खासै फेरबदल आएको छैन। कुनै चर्चित नेताले गुट फेरेको पनि छैन। माधव नेपालले लामो समयसम्म पार्टीको नेतृत्व गर्दा उनी नजिकका साथीहरु धेरैजसो अहिले पनि उनीसँगै छन्। त्यतिबेला पेलानमा परेका ओली र उनले संरक्षण गरेको समूह पनि यथावत् नै छ। त्यसैले पूर्व एमालेको मुख्य दुई धारको विरासत लामो समयदेखिकै हो।

पूर्व एमालेमा नेता गौतमको समूह पनि यथावत् नै छ। पूर्व एमालेमा उनले जता साथ दियो, सोही शक्ति बलियो हुने स्थिति थियो। अहिले पनि उनको समर्थन र विरोधले अर्थ राख्ने गर्छ। अर्थ राख्ने भएरै उनलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन खोजिएको हो।

शाक्य पार्टीमा लामो समयदेखि गुट उपगुट रहेको र त्यसलाई पार्टीलाई नोक्सान पुर्‍याएको बताउँछिन्। 'गुट अन्त्य गर्न पार्टी पंक्तिलाई विचारबाट प्रशिक्षित गर्नुपर्छ। विधि र विचारबाट पार्टी चलाउनुपर्‍यो', उनको सुझाव छ।
पूर्व माओवादीमा पनि यस्ता प्रवृत्ति थियो। तर, अन्य सहयात्रीले छाड्दै गएका कारण त्यहाँ प्रचण्डको एकल निर्णय चल्ने गर्थ्यो। र अन्य गुट पनि धेरै शक्तिशाली नभएकाले धेरै असन्तुष्टि भने बाहिर आउँदैनथ्यो। तर पनि, माओवादी प्रत्येक पटक सरकारमा जाँदा नारायणकाजी श्रेष्ठका तर्फबाट गिरिराजमणि पोखरेलले अवसर पाउने गरेका छन्। पछि माओवादीमै मिसिन आइपुगेका बादलको समूहको गुट पनि त्यहाँ यथावत् नै छ। प्रचण्डले सरसल्लाह लिने र अवसर दिने समूह पनि निश्चित छ। उनी नेकपाजस्तो ठूलो पार्टीको कार्यकारी अध्यक्ष भइसक्दा पनि आफू निकटका नेताहरुलाई निवासमा बोलाएर छलफल गरिरहन्छन्।

पूर्व पार्टीमा रहेको गुट र तिनैलाई अवसर दिइरहने प्रवृत्तिले नेकपामा गुटहरु भत्काउन कुनै पहल नभइरहेको जस्तो देखिन्छ। शीर्ष नेताहरु नै अरुको गुटतिर औंला देखाएर गरेर आफ्नो गुटलाई मलजल गरिरहेका छन्। परिणामतः नेकपा गुटहरुको पुञ्जजस्तो देखिन थालेको छ। तर, गुटको केन्द्रमा कुनै वैचारिक संघर्ष र फरक मत छैन। स्वार्थ केन्द्रित निर्णय र अवसरको सुनिश्चितता छन्।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका... आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने आइतबार, असार २२, २०८२
एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा आइतबार, असार २२, २०८२
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्