• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
नेपाल र चीनपछि भारतको भुटानसँग पनि सीमा विवाद
64x64
नेपाल लाइभ बुधबार, असार १७, २०७७  १७:०५
1140x725

नयाँ दिल्ली- पछिल्लो समय भारत एकपछि अर्को छिमेकी देशसँग विवादमा उल्झिरहेको छ। चीनसँगको सीमा विवादमा २० जनाको ज्यान गुमाएको भारत फेरि अर्को छिमेकी भुटानसँग पनि सीमा विवादमा फसेको छ। नेपाल र बङ्गलादेशसँग लगातार सीमा विवाद चलि नै रहेको छ।

हालै भुटानको सीमामा पर्ने असमको बाक्सा जिल्लामा सयौं किसानले भुटानविरुद्ध जलुस गरेका थिए। यसरी आन्दोलनमा उत्रेका निरास किसानले भुटानले सीमा पारी रहेको काला नदिबाट सिंचाईंका लागि प्राप्त हुने पानीको प्रवाह रोकिदिएको आरोप लगाएका थिए। यो खबर भारतीय सञ्चार माध्यममा आउन थालेपछि भुटानको विदेश मन्त्रालयले आफैं प्रतिरक्षामा बोलेको थियो।

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

भुटानको दक्षिण–पूर्वी क्षेत्रमा रहेको समड्रोप जोंगखार शहरमा भारतको समलसँग सीमा जोडिएको छ। भुटानले यो सीमाको सट्टा असमसँगै रहेको दरंगा, बोगाजुली, ब्रहमपाडाजस्ता कुल २६ गाउँ पाएको थियो। जहाँको सबै जनसंख्या कृषिमा आधारित रहेको छ। डाउनस्ट्रिमको रुपमा रहेको यो गाउँ अन्य इलाकाभन्दा विकासमा पछाडि रहेको छ। यहाँका मानिसहरु सालौँदेखि भुटानको तर्फबाट आउने काला नदीको पानीले खेती गर्दै आएका थिए।

तर यो वर्ष जब खेतीको सिजन सुरु भयो पानी समयमा प्राप्त भएन। यही कारण यहाँका किसान भुटानविरुद्ध सडकमा उत्रिए। भुटानले यो गाउँतिर आउने नहरमा पानी बन्द गरेको उनीहरुको आरोप थियो। गाउँका मानिसहरुले १९५१ देखि काला नदीको पानीले खेती गर्दै आएको र यत्रो वर्षसम्म कुनै असुविधा नभएको बताउँदै आएका छन्।

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

पानी नपाएपछि वर्षौंअघि बनाएको कालीपुर बोगाजुली काला नदी आञ्चलिक बाँध कमिटीले आफ्नो माग लिएर २२ जुनमा धर्ना दिएका थिए। किसानहरुले धर्नाअघि स्थानीय प्रशासनसँग आग्रह गरेको तर सुनुवाई नभएपछि धर्नामा बस्न बाध्य भएको बताउँदै आएका छन्। किसानहरुले भुटानका विरुद्धमा कुनै नाराबाजी नगरेको र कुनै अपशब्द प्रयोग नभएको दावी गर्दै आएका छन्।

किसानहरुले यो समस्याको हल भारत र असम सरकारले निकाल्नुपर्ने माग गरेका थिए। भुटानले भने यो वर्ष पर्याप्त पानी नहुँदा आफ्नै किसानहरुलाई पुर्‍याउन समस्या भइरहेको तर्क गरेको छ। कोभिड- १९ का कारण आफ्नो सीमा बन्द गर्नुपरेको भुटानको तर्क छ।

त्यस विषयमा भारतीय सञ्चार माध्यममा विभिन्न समाचारहरू आउन थालेपछि उक्त क्षेत्रका किसानहरुले नै ती समाचार गलत सूचनामा आधारित भएको बताएका छन्। असम सरकारले भारतीय सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्न बाध्य भएको छ।

सञ्चार माध्यमले गलत समाचार प्रकाशन गरेको भन्दै असम सरकारमा मुख्य सचिव कुमार सञ्जय कृष्णाले भारतीय सञ्चार माध्यममा आएको कुरा गलत भएको र भुटानका तर्फबाट पानी नरोकिएको बताए। उनले सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै भारतीय पक्षले भुटानतर्फ निर्माण गरेको नहरमा प्राकृतिक रुपमा अवरोध भएको र त्यसको मर्मत नहुँदा समस्या भएको बताए।

भारत-चीन विवाद के बीच भूटान क्यों आया चर्चा में?

भारत भुटान सीमावर्ती गाउँमा २० वर्षदेखि काम गर्दै आएका राजु नार्जरीले दुई देशका बीचमा कुनै समस्या नभएको बताए। उनले यो विषय स्थानीयस्तरको समस्या भएको भन्दै यसलाई राष्ट्रिय मुद्दा बनाउन जरुरी नभएको बताए। यो सीमा पहिला खुल्ला रहेको थियो र २००३ मा विद्रोही समूह देखा परेपछि अप्रेसनका लागि गेट निर्माण गरेर बन्द गरिएको थियो। दुवैतर्फ सुरक्षाकर्मी उपस्थित रहेका छन् र भित्र जानका लागि परिचयपत्र वा पास चाहिने व्यवस्था लागू गरियो। अहिले कोभिड- १९ को महामारीपछि दुवै देशको सीमा बन्द अवस्थामा छन्।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
गाजाका लागि राहत लिएर गइरहेको स्वयंसेवकको टोली इजरायली सेनाको कब्जामा एपीको समाचारअनुसार गाजामा भइरहेको इजरायली आक्रमण र मानवीय सहायता रोकिएको विरोधमा थनबर्गसहितका अभियन्ता राहत सामग्री पुर्‍याउन डुङ्गा... सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध भइरहेको छ अनि यही विषयमा लस एन्जलसमा हिंसा भड्किएको समयमा यो प्रतिबन्ध लागू भएको छ। सोमबार, जेठ २६, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताए... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका मंगलबार, जेठ २७, २०८२
नेपालले आज नेदरल्यान्ड् संग खेल्दै मंगलबार, जेठ २७, २०८२
एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै मंगलबार, जेठ २७, २०८२
आजको मौसमः पहाडी भागमा आंशिक बदली, मुख्यतया मौसम सफा रहने मंगलबार, जेठ २७, २०८२
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्