• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रदेश ५ मा देखिएको बाहुबल र बहुबल
64x64
डिबी खड्का सोमबार, असोज १९, २०७७  १८:४२
1140x725

काठमाडौँ- बालुवाटार र सानेपामा कोरोना भाइरसको संक्रमण देखिएपछि संघीय राजनीति सेलाएको छ। यही बेला प्रदेश ५ को नामाकरण र राजधानी तोक्ने प्रक्रिया अघि बढेका कारण राजनीति नै अन्य विषयको छायाँमा भने परेको छैन। सम्बन्धित प्रदेशमै रहनेहरू बाहेकको नजरमा नपर्ने प्रदेशसभा सोमबार भने देशदुनियाँकै दृष्टिमा पर्‍यो। 

प्रदेश ५ को स्थायी राजधानी बनाउने विषय अन्य प्रदेशको जस्तो सरल प्रक्रियाबाट अघि बढेन। अस्थायी राजधानी रहेको स्थानकाहरुले स्थायी भइदेओस् भन्ने चाहना राख्नु स्वभाविक हो। त्यसैले जनस्तरमा यसको विरोध अपेक्षित थियो। तर, राजनीतिक तहमा समेत यसको स्वीकार्यता कमजोर देखियो। प्रतिपक्ष दलले राजधानी तोक्ने क्रममा आफ्नो सहभागिता खोज्नु स्वभाविक हो। तर, सत्तापक्षकै सांसदहरुलाई समेत एक्कासी भएको निर्णय पचाउन मुस्किल पर्‍यो। क्षेत्रीय प्रेमका कारण यसको विरोधमा उत्रिए। 

प्रदेश ५ मा राजधानी र नामाकरणलाई लिएर यो तहको चर्काचर्की देखिनुका अनेक कारण छन्। त्यसको सबैभन्दा ठूलो कारण चुनावका क्रममा नेताहरूले दिएको आश्वासन हो। आफ्नो ठाउँ राजधानी हुन्छ कि हुँदैन भनेर सन्देह रहेको समयमा रुपन्देहीबाट निर्वाचन लड्ने नेताहरुले त्यहीँ राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरे भने दाङका नेताहरुले दाङ नै। 

दुवै क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरू कमजोर छैनन्। नेकपाकै शीर्ष तहका नेताहरूको कुरा गर्ने हो भने रुपन्देहीबाट प्रतिनिधित्व गर्ने विष्णु पौडेल पार्टी महासचिव नै छन् भने दाङबाट प्रतिनिधित्व गर्ने शंकर पोखरेल मुख्यमन्त्री त भइहाले, प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थमध्येका एक पनि। यसपल्ट पोखरेलको पल्लाभारी भयो। त्यसैले नेकपाका अध्यक्षद्वयलाई नै मनाएर उनले प्रदेश राजधानी दाङ बनाउने निर्णय लिएर प्रदेश पुगे। 

रुपन्देही र त्यो आसपासबाट प्रतिनिधित्व गर्ने नेकपाकै नेताहरू बेखुश छन्। त्यो बेखुशी दुई दिन दर्शाउन पनि पाए। तर, सोमबारदेखि पार्टीको ह्विप लागेको छ। उनीहरुले ‘मुटुमाथि ढुंगा राखेर’ पक्षमा मतदान गर्नैपर्नेछ।

बहुबल भर्सेस बाहुबल
नेकपासँग बहुमत छ। यसैको बलमा आफूले चाहेको ठाउँमा राजधानी बनाउने निर्णय गर्न सक्छ। त्यसकारण केन्द्रबाट गरिएको निर्णय प्रदेशमा लगेर पारित गर्ने आँट पनि गरे मुख्यमन्त्री पोखरेलले। झन्डै–झन्डै पार्टीको भन्दा पनि क्षेत्रीय  मुद्दा बनिसकेको थियो यो। तर क्षेत्रीय मुद्दा बन्ने जोखिम तत्काललाई टरेको छ र फेरि पनि पार्टीको मुद्दा बनेको छ।

प्रमुख प्रतिपक्ष दलमासमेत देखिसकेको क्षेत्रीयता फेरि पार्टीगत अन्तरविरोधमै पुगेको छ। दाङ राजधानी बनाउने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको स्पष्ट विरोध छ। राजधानी रुपन्देही भन्ने शब्दको स्पष्ट उच्चारण गर्न कांग्रेसलाई पनि मुस्किल छ। किनकि यसले राजनीतिक रुपमा हानी गर्नेछ। त्यसैले असन्तुष्ट आवाजसँग आवाज मिलाउँदै प्रक्रिया गलत भएकाले विरोधमा उत्रिएको बताइरहेको छ। 

यो पनि पढ्नुहोस्

यी हुन् प्रदेशसभा तोडफोडमा उत्रिएका कांग्रेसका ३ सांसदसोमबार, असोज १९, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाले प्रदेशसभामै ठाउँको भन्दा पनि प्रक्रियामा आफ्नो विरोध रहेको बताए। प्रस्ताव ल्याउँदा राजनीतिक सहमति खोज्नुपर्ने कांग्रेसको बुझाइ थियो। यसो गर्दा दाङ र त्यो आसपासका क्षेत्रमा कुनै पार्टीले हामीले राजधानी ल्याएको भनेर भोट माग्न पाउँदैनथे भन्ने बुझाइ होला कांग्रेसको। स्थायी राजधानी जस्तो दूरगामी असर राख्ने विषयमा छलफल हुनुपर्ने थियो भन्ने सकारात्मक चाहना पनि हुन सक्छ। कनौडिया भन्छन्, ‘प्रदेशको राजधानी र नामको टुंगो लाग्ने दिन खुशीको दिन हुनुपर्ने। यस्तो ऐतिहासिक निर्णयको दिन बाहिर निषेधाज्ञा छ। तानाशाही शैलीमा पास गराउन खोजिएको छ। के यो लोकतान्त्रिक मूल्य मान्यता हो?’

नेकपाले एकलौटी रूपमा प्रस्ताव ल्याएको विषयमा लोकतान्त्रिक मूल्य मान्यता खोज्ने कांग्रेस आफैंले सभामा लोकतान्त्रिक चरित्र देखाउन सकेन। नेकपाले ‘बहुबल’का आधारमा अघि बढ्दा उसले ‘बाहुबल’ प्रयोग गर्‍यो। संसदीय इतिहासमा एउटा नमेटिने कलंक धारण गर्‍यो। संसदीय अवस्थामा उठेर मौन रहनुको पनि ठूलो अर्थ हुन्छ। टेबल ठटाउनुमा पनि बहुअर्थ भेटिन्छ। तर, कांग्रेसले टेबल ठटाउने होइन, टेबल फुटाउने नीति अख्तियार गरेर संसदीय सभ्यतामाथि प्रहार गर्‍यो। 

यो पनि पढ्नुहोस्

सभामुखले प्रक्रिया अघि बढाउँदा कांग्रेसले 'रणमैदान' बनायो प्रदेशसभासोमबार, असोज १९, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको थियो। त्यो नै प्रशस्त थियो। वर्तमान अवस्थामा त्यसको अर्थ नभएपनि इतिहासमा त्यसको ठूलो अर्थ हुन्छ। तर, कांग्रेसका सांसदहरूले कुर्सी र टेबुल तोडफोड गरेर अनर्थ बनाए। 

हँसमुख पूर्ण, कुल रहेनन् कुलप्रसाद
प्रदेशसभाका दुई पात्र लामो समय सम्झनामा रहनेछन् तर दुवै विपरीत स्वभावका कारण। सभाको सुरुवातबाटै प्रतिपक्ष दलका सांसदहरू आक्रोशित थिए। नाराबाजी र तोडफोडमा उत्रिएका थिए। सभामुख पूर्ण घर्तीलाई सभा सञ्चालन गर्न मुस्किल परिरहेको थियो। तर, उनमा त्यो तनावपूर्ण वातावरणको कुनै असर देखिएन। उनलाई स्वभाविक रुपमा लिइरहेका छन्। त्यस्तो परिस्थितिमा पनि मुस्कुराउँदै ठट्टा गर्दै सभा सञ्चालन गरिरहे। जसको धेरै तर्फबाट तारिफ भइरहेको छ। ओहोदामा पुगेपछि दर्शाउनुपर्ने सभ्यता र हुनुपर्ने स्वभावका रुपमा उनको त्यो शैलीलाई लिइएको छ।

त्यही सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि धेरैले चिन्ने मौका पाए। तर, उनी नामअनुसार 'कुल' रहन सकेनन्। उनी अस्वभाविक रूपमा आक्रोशित देखिए र उनको पदअनुसार अपेक्षा गर्न नसकिने स्वभावमा प्रकट भए। प्रतिपक्षको विरोध स्वभाविक थियो। उनीहरुलाई मर्यादामा राख्न मर्यादापालक सक्रिय छँदै थिए। रोस्ट्रममा पुगेका मन्त्री केसीको मुखबाट अकास्मात् निस्कियो, ‘हलो, हलो यिनीहरुलाई घिचारेर बाहिर निकाल्नुहोस् न।’

यो पनि पढ्नुहोस्

प्रदेश-५ : प्रमुख प्रतिपक्ष कांग्रेसलाई केसीले भने- इतिहासको भद्दा मजाक नगर्नुस् [भिडियोसहित]सोमबार, असोज १९, २०७७

मुख्यमन्त्री पोखरेलमाथि कटाक्ष
नेकपाका प्रभावशाली नेता शंकर पोखरेल उक्त प्रदेशको मुख्यमन्त्री छन्। तर, उनको प्रभाव राष्ट्रिय राजनीतिमा छ। उनले बौद्धिक र समन्वयकारी नेताको छवि समेत बनाएका छन्। आफ्नो पार्टीका शीर्ष नेताहरुमा आएको विग्रहलाई जोड्न उनको समेत भूमिका छ। तर, प्रदेशको नाम र राजधानी राख्ने सवालमा उनले आफ्नो यो छवि कायम राख्न सकेनन्। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाको कटाक्ष बेहोरे उनले। कनौडियाले पोखरेललाई प्रदेशको नाम र राजधानीका विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुइँ चढेको आरोप लगाए। प्रदेशकै नेताहरुको स्वविवेक र स्वामित्वमा पूरा हुने काममा एक पार्टीका अध्यक्षद्वयको बुइँ र बैसाखी टेकेर निर्णय गरिएको भन्दै उनको क्षमतामाथि प्रश्न उठाए।

प्रमुख प्रतिपक्ष दलका नेता कनौडियाले सभामा बोल्दै प्रदेश र प्रदेशका मुख्यमन्त्री पोखरेल आफैंले समाधान गर्नुपर्ने विषयमा राष्ट्रिय नेताहरुको आडमा एकलौटी निर्णय भएको बताए। उनले भने, ‘मुख्यमन्त्री पोखरेल आफैं राष्ट्रिय रुपमा नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। समस्या आए समाधान खोज्न सक्ने व्यक्तित्व हुनुहुन्छ। तर, उहाँले नेकपा अध्यक्षद्व केपी शर्मा ओली र प्रचण्डको बुइँ चढेर यस्तो निर्णय गर्नुभयो।’ 

यो पनि पढ्नुहोस्

प्रदेश ५ का मुख्यमन्त्रीमाथि कांग्रेसको आरोप : केपी–प्रचण्डको बुई चढेर गैरसंवैधानिक तवरबाट प्रस्ताव ल्याइयोसोमबार, असोज १९, २०७७

प्रदेश ५ को सभामा पनि तनाव छ, सडकमा पनि तनाव नै छ। त्यो तनाव शान्त पारेर मात्रै प्रदेश राजधानी र नाम पारित गर्ने मुडमा नेकपा देखिदैन। सोमबारको सभामा भएका प्रस्तुतिले पनि बहुमत भएको नेकपा त्यसैका बलमा पेलेरै अघि बढ्न खोजेको देखिन्छ। नेकपा आफैंसँग दुई तिहाइ सांसद भएकाले अन्य दलसँग सहमति खोजिरहनुपर्ने अवस्था पनि छैन। यसैमाथि राजधानीको विषयमा जनता समाजवादी पार्टीले पनि समर्थन जनाइसकेको छ। 

लोकतन्त्रमा बहुबलको अर्थ हुन्छ, त्यसैले राजधानी दाङ र नाम लुम्बिनी नै हुने निश्चित छ। बाहुबलचाहिँ लोकतन्त्रको शत्रु हो, कांग्रेसले विरोधको रचनात्मक शैली अख्तियार गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका... आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित आइतबार, असार २२, २०८२
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद आइतबार, असार २२, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्