• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
कर्माछिरिङ शेर्पा : जसले उचाले, उसैले पछारे
64x64
दीप सुवेदी मंगलबार, असार ७, २०७९  ०८:२९
1140x725

काठमाडौं– कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ एकताका ‘चेन्ज एन्फा’ अभियानका सहयात्री थिए। तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाविरुद्धको उक्त अभियान सफलताउन्मुख हुँदै गर्दा नेम्वाङले शेर्पालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए। 

चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ ६१ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए। पछि कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दियो। 

तर, पछिल्लो चार वर्षमा वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ र शेर्पाबीच सम्बन्ध सुमुधुर हुन सकेन। सुशासन, भ्रष्ट्राचारमा शून्य सहनशीलता, आर्थिक पारदर्शिता र सामूहिक नेतृत्व नभएको भन्दै नेम्वाङले शेर्पाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाइरहे। 

तर, आफूले गरेका प्रश्नप्रति नै वेवास्ता गरेको भन्दै नेम्वाङले जसलाई हटाउन शेर्पासँग मिलेर ‘चेन्ज एन्फा’ अभियान चलाएका थिए, पुन: उनै थापासँग मिलेर गुट जन्माए। त्यतिमात्रै होइन, उनले थापासँग सहकार्य गर्दै ‘चेन्ज कर्मा’को अभियान चलाउँदै अध्यक्षसमेत हत्याए। 

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका छन्। नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शेर्पाले ३९ मत मात्रै पाए। कूल ८४ मत खस्दा स्वतन्त्र उम्मेदवार राजीवराज पौड्यालले भने एक मत पनि प्राप्त गरेनन्। 

विशेषगरी सामूहिक नेतृत्व, पारदर्शिता, अधिकार तथा बजेटको विकेन्द्रीकरण, नेपाली फुटबलको विकास तथा खेलाडी, प्रशिक्षक, रेफ्री, जिल्ला क्लबहरूको हकहितको नारा लिएर चुनावी मैदानमा उत्रिएका नेम्वाङ शेर्पा प्यानलमाथि नै हावी भयो। नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष २, उपाध्यक्ष ३, महिला सदस्य १ र खुला सदस्यमा ७ जना निर्वाचित भए। यता, शेर्पा प्यानलबाट उपाध्यक्षमा १, महिला सदस्यमा १ र खुला सदस्यमा ३ जना निर्वाचित भए। 

खेलाडी विवादले नेम्वाङलाई फाइदा
पछिल्लो पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादले पनि नेम्वाङलाई चुनाव जित्न थप सहज भयो। नेम्वाङ आफू नै एकपटक अल्मुताइरीसँगको विवादमा फसेका थिए। 

नेम्वाङ समूह कुवेतका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ल्याउन नहुने पक्षमा थिए भन्ने हल्ला एन्फामा चल्न थालेको अहिलेदेखि होइन। लगत्तै गत साउनमा विवादमा मुछिए नेम्वाङ । उनकै कारण अल्मुताइरीले राजीनामा दिन ‘एन्फा जाँदैछु’ भनेर सामाजिक सञ्जालमा लेखेपछि ठूलो तरङ्ग मच्चियो।

त्यसअघि उनले एक मिडियामा ‘खेलाडी मात्र होइन, सबैको सोंच परिवर्तन गर्नुपर्छ’ भनेर धेरै अन्तर्वार्तामा दिएको एक सञ्चारकर्मीसँग विवाद गरेको भन्दै नेम्वाङ उजुरी गर्न शेर्पासँग पुगे। तर, शेर्पाले उनको कुरालाई वास्त गरेनन्। जसोतसो यो विवाद सुल्झियो। तर, अल्मुताइरीले गत असोजमा साफ प्रतियोगिता हुँदा सेमिफाइनलमा बंगलादेशसँगको खेलअघि राजीनामा दिएको घोषणा गरे र भारतसँग फाइनलमा हार बेहोरेपछि कतार फर्किए।

एक हिसाबमा नतिजा ठीकठाक देखियो। साफ सुरु भएको २८ वर्षपछि नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको थियो। त्यसमाथि अन्तर्राष्ट्रिय खेलमा गोल नै गर्न नसकेको आरोप खेपिरहेका खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले केही राहत दिलाएका थिए।

त्यसैले पनि नेपाली खेलाडीहरु अल्मुताइरीलाई ‘गड अफ नेपाली फुटबल’को उपनाम दिएका थिए। सामाजिक सञ्जाल होस् या मिडियाबाट शेर्पालाई अल्मुताइरीलाई फर्काउन खेलाडी र समर्थकबाट बलियो दबाब थियो। त्यसैले उनीपनि माल्दिभसबाट कतार हानिए। जसोतसो शेर्पाले अल्मुताइरीलाई फर्काएर नेपाल ल्याउनु र थप चार वर्षे सम्झौता गर्नु नेम्वाङलाई चित्त बुझेन। त्यसअघि नै नेम्वाङ समूहका एन्फा प्रवक्ताले अल्मुताइरीलाई फिर्ता नगरेको भन्दै राजीनामा समेत दिए।

पछिल्लो समय पनि यो पक्ष प्रशिक्षक अल्मुताइरीसँग रुष्ट थिए।  नेम्वाङ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रवीन्द्र चन्दका भाइ तथा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रोहित चन्दलाई अल्मुताइरीले टोलीबाट हटाए। त्यसको विरोधमा नियमित गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीले विद्रोह गरे। 

आफूविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राखेर अल्मुताइरीले एसियन कप छनोट खेलाए। तर, अधिकांश नयाँ खेलाडी मैदान उतारेका अल्मुताइरीले ३ खेलमा १३ गोल खुवाए र एक गोल फर्काए।

नेम्वाङ चुनावी रणभूमिमा उत्रिँदै गर्दा ११ खेलाडीमाथि अन्याय भएको भन्दै शेर्पाले न्याय दिन नसकेको आरोप लगाइरहेका थिए। यता, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा आफ्ना एक खेलाडी पनि नपरेको भन्दै अल्मुताइरीविरुद्ध खनिँदै आएका थिए। 

यो पनि पढ्नुहोस्

एन्फाका नवनिर्वाचित अध्यक्ष नेम्वाङ भन्छन्–खेलाडी र कोचको विवादबारे पहिलो बैठकबाटै निर्णय गर्छौं

नेपाल आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका गोलरक्षक विकेश कुथुले पनि साफको बेला आफूलाई अल्मुताइरीले टोलीमा नसमेटेको भन्दै एसिया कप खेल्न अस्वीकार गरेका थिए। यता, सशस्त्र प्रहरी बलका प्रशिक्षक कुमार थापा अल्मुताइरीलाई हटाउन नसक्नु एन्फाको कमजोरी हो भन्दै मिडियावाजीमा लागेको अवस्था थियो।

तर, शेर्पा उपाध्यक्षमा विज्ञानराज शर्मालाई उठाउँदै यी तीन विभागीय टोलीको मत हत्याएर ४४ मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित हुन चाहन्थे। तर, पछिल्लो समय खेलाडीसँगको विवादमा शेर्पाले खुलेर स्पष्टीकरण दिन नसक्नुले तीन विभागीय टोली मात्रै होइन, थप ३ मतदातासमेत चिढिए। जसले गर्दा उनी ६ मतले पराजित भए।

'फुटबल सञ्चालन गर्न गाह्रो छ'
शेर्पाले नतिजा स्वीकार गर्दै नेपाली फुटबल सञ्चालन गर्न एकदमै गाह्रो रहेको बताए। नेपाली फुटबलको संरचना पूर्णरुपमा नबनिसकेको भन्दै उनले नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई काम गर्न चुनौती रहेको बताए। 

‘नेपाली फुटबल सञ्चालन गर्न सोचे जस्तो सजिलो छैन। नेपाली फुटबलको फाउन्डेसन पनि पूर्ण बनेको छैन। त्यसलाई पूर्ण बनाउनु पर्छ। खेलाडीहरूले १२ महिना खेल्न सक्ने वातावरण बनाउन सक्नुपर्छ । रेफ्रीहरूलाई त्यही रूपमा तयार गर्नुपर्छ। नेपाली फुटबल जब पूर्ण व्यावसायिक बनाउन सक्दैन तबसम्म रियाक्सन मात्र गरेर हुँदैन,’ शेर्पाले भने।

शेर्पाले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै फुटबलबाट टाढा नरहने बताए। क्लबको ग्रास रुट विकास र एकेडेमी स्थापनामा ध्यान दिने बताए। ‘काम गर्न जिम्मेवारी पाउनु भएको छ, त्यो सफलतापूर्वक निर्वाह गर्न सफल हुनुहोस्। मेरो तर्फबाट कुनै अवरोध हुँदैन। राम्रो गर्नका निम्ति मेरो सधै सहयोग हुनेछ। ए डिभिजन लिगको अध्यक्ष भएका कारण नेपाली फुटबलबाट टाढा हुन्नँ। तर, फोहोरी राजनीतिबाट टाढा हुन्छु,’ उनले भने।

यी भए निर्वाचित
एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बीरबहादुर खड्का निर्वाचित भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका लागि निर्वाचित भए।

खड्काले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ४० मत पाए । यस्तै, उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भए।

दावाले सर्वाधिक ४८ मत ल्याए। शाही र खतिवडाले समान ४७ मत ल्याए । केसीले नेम्वाङ प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए। 

महिला सदस्यमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भइन्। सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन्। शेर्पा प्यानलबाट उम्मेदवार रहेकी विना श्रेठले ४० तथा नेम्वाङ प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन्। दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए।

साधरणसभाबाट पंकजविक्रम नेम्वाङबाट ७ र कर्माछिरिङ शेर्पा प्यानलबाट ४ गरी ११ जना खुला सदस्य निर्वाचित भए।

१३ सदस्य चुनिने व्यवस्था भएपनि ४ जना उम्मेदवारको समान ३९ मत आएको थियो। त्यसपछि पुन: निर्वाचन गराउन नसकिने भन्दै विशेष साधरण सभाबाट ४ जनाबीच निर्वाचन गराई २ सदस्य छानिने एन्फाले जनाएको छ।

दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन्। यीमध्ये दीपक, रुपेश र लोकेन्द्र शेर्पा प्यानलका उमेदवार हुन्। एन्फाको विधान, फिफा र एएफसीको नियमहरु सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिहरुको राय र सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने र निर्वाचन समितिले ११ जना सदस्यलाई निर्वाचित घोषणा गरेका छन्।

मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ थापा ४० मत पाएर निर्वाचित भएका छन्।

निर्वाचित हुनेमध्ये मनिष, रमेश, मणि, टिका र भरत शेर्पा प्यानलका हुन्। भरत अन्तिम समयमा नेम्वाङ प्यानलमा उभिएका थिए। उनलाई दुवैतर्फबाट मत खसेको थियो। अनिल, रविन्द्र, विकास, भोजराज, महेन्द्र र पुरुषोत्तम नेम्वाङ प्यानलका हुन्।

१३ सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको थियो। २१ सदस्यीय कमिटीका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कूल ५० जनाको उमेदवारी परेको थियो। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। 

निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो।

एन्फाको नवनिर्वाचित कमिटी
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। सोमबार, असार २३, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्