• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जनावरमाथि ज्यादती
64x64
ईश्वर बराल शुक्रबार, असार १७, २०७९  १३:२३
1140x725
तस्बिर सौजन्य : भरत बराल

काठमाडौं– असारको पहिलो साता सञ्चारमाध्यम र सामाजिक संजालमा हात्तीको छावा लछारपछार पारिरहेको भिडियोले निकै चर्चा पायो। भिडले मेची नदी तर्दै गरेको छावाको पुच्छर समातेर तान्यो। कोही शरीरमा चढ्न खोजे, कसैले बाटो छेके त कसैले लछारपछार गरेर कुटिरहेको भिडियोमा देखिन्थ्यो।

भारतबाट मेची तरेर आएका हात्ती उतै फर्किँदा उक्त छावा हुलबाट छुटेको थियो। यसरी छुटेको छावालाई मानिसले स्पर्श गर्दा त्यसको माउले फेरि आफूसँग नराख्ने संरक्षणकर्मी शंकर लुइँटेल बताउँछन्। उनी भन्छन्, ‘एकचोटी मानिसहरूले छोए छावाको माउले लिँदैन। त्यस्तो बेला छावाको ज्यानै जोखिममा हुन्छ।’

मानिसहरूले ज्यादती गरेरै भए पनि त्यो छावालाई मेची नदी कटाइदिएका थिए। तर, हात्तीको बथानमा पुगेर पनि छावा माउसँगै जान पाएन। लुइँटेलका अनुसार अहिले उक्त छावालाई भारत पश्चिम बंगालको गोरुमारा राष्ट्रिय निकुञ्जमा राखिएको छ। लुँइटेल भन्छन्, ‘अघिल्लो रात हात्तीको हुलले गरेको वितण्डाको मूल्य त्यो छावाले व्यहोर्नु पर्‍यो। मान्छेले छावासँग बदला लिए। त्यो फेरि बथानमा फर्कन सकेन।’

त्यही ठाउँमा पाँच वर्षअघि वयस्क हात्तीमाथि पनि ज्यादती भएको थियो। उक्त हात्तीलाई मान्छेहरूले घेरा हालेर मारेका थिए। यसपटक छावाको ज्यान भने जोगाउन सकिएको लुइँटेलले बताए।

खेतमा पसेको गैँडा धपाउँदै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र बचौली गाउँका स्थानीय। (तस्बिर: पिटर गिल)

झापाको घटना उदाहरण मात्रै हो। पछिल्लो समय वन्यजन्तु र मानिसबीचको द्वन्द्व बढेसँगै वन्यजन्तुमाथि हुने ज्यादतीका घटना पनि बढेका छन्। यसैको उदाहरण हो, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बाँदरमाथि भएको ज्यादती।

उक्त गाउँपालिकाको बेसीमा पर्ने थाङ्पाल क्षेत्रका किसान बाँदरबाट हैरान थिए। बाँदरले बाली भित्र्याउनै नदिने अवस्था भएपछि करिब चार वर्षअघि स्थानीयले पासोमा पारेर बाँदर समात्न थाले। पासो बनाइएको खोरमा बाँदरका बच्चा धेरै परे। केही वयस्क बाँदर पनि समातिए। खोरमा परेका बाँदरलाई स्थानीयले समातेर विभिन्न प्रकारका रङ दलेर छोडे। केही बच्चा बाँधेर स्थानीयले घरैमा राखे।

यो पनि पढ्नुहोस्

मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्युशुक्रबार, असार १७, २०७९

यसरी रङ दलेर छोडिएका बाँदरहरूलाई उनीहरुको समूहले लखेटर छेउ पर्न नदिएको स्थानीय कृषक सीता गजुरेल बताउँछिन्। यस्ता बाँदर लामो समय एक्लिएपछि गाउँबाट हराएका थिए। मान्छेकै कारण ती बाँदरको अस्वाभाविक मृत्यु भएको अनुमान संरक्षणविद्हरूको छ।

समातेर घरमा राखिएका बच्चाका कारण पनि बाँदरले सास्ती पाए। त्यस्ता बच्चाको छेउछाउ आएर बाँदरको हुलै रुने र कराउने गरेको गजुरेल बताउँछिन्। ‘जंगलमा खानेकुरा केही नभएर गाउँ पसेका जनावरमाथि यस्तो उपद्रव गर्नु हुँदो रहेनछ। अहिले अलिअलि पछुतो पनि लागेको छ,’ उनले भनिन्।

सो क्षेत्रमा अहिले पनि बाँदरकै कारण किसानले धानबाहेकका बाली लगाउन छाडेको कृष्ण खड्का बताउँछन्। उनी भन्छन्, ‘बाँदरले धानमा त्यति क्षति पुर्‍याएको छैन। अन्य बाली भने सखाप पार्छ।’

करिब १२–१५ वर्ष अघिसम्म थाङ्पालमा बाँदर एकदमै न्यून थिए। तर, अचानक यहाँ बाँदरको संख्या बढ्नु पनि जनावरमाथिको ज्यादती नै प्रमुख कारण हो। स्थानीय दिनेश शर्माका अनुसार काठमाडौं उपत्यकाका विभिन्न धार्मिक स्थलबाट बाँदरलाई गाडीमा हालेर सो स्थानमा लगेर छाडिएको थियो।

‘१५ वर्षअगाडि त यहाँ बाँदर कहिलेकाहीँ मात्र आउँथे। सबै मिलेर लखेटेपछि महिनौं आउँदैन थिए’, उनी भन्छन्, ‘तर, अहिले बाली नै सखाप पार्ने गरी हुल छन्। जति लखेटे पनि यतै बस्छन्। यो सबै काठमाडौंबाट गाडीमा हालेर ल्याएर यहाँका जंगलमा छोडिएका हुन्।’

यो पनि पढ्नुहोस्

वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैतीशुक्रबार, असार १७, २०७९

उपत्यकाबाट यता ल्याएर छाडिएका बाँदरहरुले आँफूहरूको उठिबास लगाउने अवस्था भएको शर्मा बताउँछन्। उनी भन्छन्, ‘आफ्नो बासस्थानबाट अन्तै लग्दा बाँदरमाथि पनि ज्यादती भएन र? उनीहरूको रैथाने बासस्थानबाट लखेटेपछि खानाकै समस्या भयो होला। वातावरणमा घुलमिलको समस्या भयो होला। हामीले पनि समस्या भोग्नु परेको छ।’

बाँदरलाई पासो थापेर खोरमा राख्न र प्राकृतिक बासस्थानबाटै लखेट्न कतिपय स्थानीय सरकार नै पनि लागेका छन्। चार वर्षअघि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले बाँदरलाई पासो थापेर खोरमा हाल्न १ लाख बजेट छुट्याएको थियो। ती बाँदर निकुञ्ज तथा मानवरहित बस्तीमा छाड्ने गाउँपालिकाले जनाएको थियो। धनकुटा नगरपालिकाले भारतबाट बाँदर पक्रने मान्छे ल्याएर पक्रिएका बाँदर ट्रकमा हाली तराईका जंगलमा लगेर छाडिएको थियो। तर, संरक्षणविद्हरूका अनुसार ठूला मांसाहारी जनावर हुने जंगलमा बाँदर बस्न सक्दैन। बाली र कन्दमुल खाने बाँदरका अधिकांश प्रजाति मानवबस्ती आसपास नै बस्न रुचाउँछन्। 

शहर वा बस्ती पसेको चितुवामाथि पनि मान्छेले ज्यादती गरेका घटना प्रशस्त छन्। २०७७ असारमा पर्वतको जलजला गाउँपालिका–७ मा स्थानीयहरूले एक चितुवालाई नियन्त्रणमा लिएका थिए। उक्त चितुवालाई बाँधेर झांगलझुंगल पार्दै मान्छेको भिडले गाउँ डुलायो। नियन्त्रणमा लिएर यातना दिइएको चितुवासँग प्रहरीदेखि स्थानीयसम्मले सेल्फी लिए। अन्त्यमा, वन कार्यलयलाई जिम्मा लगाइयो।

मानवबस्तीमा पसेर क्षति गर्नसक्ने जनावरमाथि हुने ज्यादतीको श्रृङ्खला लामो छ। वन्यजन्तु संरक्षणकर्मीहरुले यसको विपक्षमा निरन्तर आवाज पनि उठाइरहेका छन्। वन्यजन्तुलाई कुनै विशेष कामदेखि मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गरेर पनि ज्यादती भइरहेको छ। 

मानवबस्तीमा पसेर क्षति गर्नसक्ने जनावरमाथि हुने ज्यादतीको श्रृङ्खला लामो छ। वन्यजन्तु संरक्षणकर्मीहरुले यसको विपक्षमा निरन्तर आवाज पनि उठाइरहेका छन्। वन्यजन्तुलाई कुनै विशेष कामदेखि मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गरेर पनि ज्यादती भइरहेको छ। 

मानवीय क्रियाकलापले मात्रै नभएर मानिसहरूले बनाएका पूर्वाधार तथा संरचनाहरूले पनि वन्यजन्तुमाथि ज्यादती भइरहेको छ। एकातिर प्रत्यक्ष रुपमा वन्यजन्तुको जीवनमाथि ‘धावा’ बोल्ने मानिसको प्रवृत्ति र अर्कातिर संरचना, पूर्वाधार, सडक, जंगल अतिक्रमणजस्ता विविध पक्षहरुबाट वन्यजन्तुमाथि मानिसको दमन निरन्तर चलिरहेको छ। यस्ता घटनामा धेरै वन्यजन्तुले ज्यान गुमाएका छन् भने वन्यजन्तुले आक्रमण गर्दा मान्छे पनि मारिएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गर्ने वार्षिक प्रगति विवरणअनुसार पछिल्ला वर्षहरूमा वन्यजन्तुको अस्वाभाविक मृत्यु बढिरहेको छ। प्राकृतिक कारणबाहेक वन्यजन्तुको मृत्यु हुने अन्य कारणमा मानवीय क्रियाकलाप नै प्रमुख हुन्। आर्थिक वर्ष २०७४/७५ मा देशभरका निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा गरी कुल ३२६ वन्यजन्तुको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा यो संख्या ७५ प्रतिशतले बढेर ५७३ पुगेको थियो। त्यसमा २२५ चित्तल, ५४ बँदेल, ३४ गैंडा, १८ जरायो, १८ कृष्णसार, १७ बाँदर, १५ नाउर, ११ दुम्सी र बाँकी अन्य जनावर छन्।

तराईमा बढेको बसाइँसराईको चापले पनि जनावरमाथिको ज्यादती बढेको छ। दुर्लभ र संरक्षित जन्तु पाइने धरै राष्ट्रिय निकुञ्ज तराईमै छन्। ती निकुञ्जमा बाघ, हात्ती, गैंडाजस्ता र्दुलभ जनवारहरू छन्। त्यही भूभागमा बसाइँसराइ पनि तीव्र हुँदा जंगल अतिक्रमण र विनाश बढेको छ। जसकारण वन्यजन्तुको चरण र घुमफिर क्षेत्र संकुचित भएको छ।  

यो पनि पढ्नुहोस्

वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर! शुक्रबार, असार १७, २०७९

विभिन्न अध्ययनअनुसार एउटा बाघले आफ्नो आहारा र विचरणका लागि कम्तीमा ८० वर्ग किलोमिटर क्षेत्र लिन्छ। तर, बर्दियामा बाघको लागि क्षेत्र नै कम भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बताउँछन्। ‘बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा बाघका लागि करिब १०० वर्गकिमि छ। त्यति क्षेत्र अपुग हुन्छ। बाघको क्षेत्रमा मानवीय गतिविधि हुनुहुँदैन,’ श्रेष्ठ भन्छन्, ‘तर, मानवीय गतिविधिका कारण निरन्तर वन्यजन्तुको बासस्थान र क्षेत्राधिकार घटिरहेको छ।’

जनावरको संख्याअनुसार संरक्षण क्षेत्र विस्तार नहुनु र मानवीय गतिविधिले वन्यजन्तुको दैनिकीमा असर गर्नु पनि तीमाथिको दुर्व्यवहार भएको वन्यजन्तु अध्येता कुमार पौडेल बताउँछन्। ‘वन्यजन्तुको वासस्थान कम भएको छ। मानिसको जनसंख्यासँगै वासस्थान बढिरहनुले पनि वन्यजन्तुको वासस्थान घटिरहेको हो। वन्यजन्तुको बासस्थान खोस्नु मान्छेले गरेको सबैभन्दा ठूलो ज्यादती हो,’ पौडेल भन्छन्।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्