• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
दुई वर्षपछि प्रदीप गिरिलाई ओलीको जवाफ : त्यसबेला होइन, योचाहिँ हो इनफ इज इनफ
64x64
ईश्वर बराल सोमबार, असार २०, २०७९  २१:५५
1140x725

काठमाडौं–प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सरकारका गतिविधिको कटु आलोचना गरे।

उनले आफ्नो मन्तव्यको सुरुवात बेलायती संसदको एक दृष्टान्तबाट गरेका थिए, जुन उनी प्रधानमन्त्री हुँदा उनैप्रति लक्षित गर्दै एक सांसद्ले चर्चा गरेका थिए।

‘एक जना माननीय सांसद्ले यसै संसदमा एउटा कुरा भन्नुभएको थियो। विन्स्टन चर्चिलले १९४० को बेलायती संसदमा भनेको एउटा भनाइ थियो,’ ओलीले भने, ‘त्यतिखेरका प्रधानमन्त्री नेभिल चेम्बरलेनले साह्रै काम गर्न नसकेको, काम बिगारेको अवस्थामा चर्चिलले भनेका थिए ‘इट्स इनफ, इनफ इज इनफ’।’

पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले राम्रो काम गरेका बेला, अर्थतन्त्र ठीक दिशामा अगाडि बढेका बेला, राष्ट्रिय एकताका साथ राष्ट्रिय समुन्नतिको बाटोमा अगाडि बढेका बेला, कोभिड १९ ले देशलाई आक्रान्त पार्दा त्यसलाई दृढतापूर्वक सामना गरेका बेला, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यतिर देश अघि बढिरहेका बेला एक जना सांसद्ले ‘इनफ इज इनफ’  भनेको स्मरण गरे।

नेता ओलीले ती सांसदप्रति लक्षित गर्दै भने,‘उहाँ त यहाँ हुनुहुन्न, तर इनफभन्दा बढी नै भएपछि बोल्न म यहाँ उभिनु परेको छ। इनफ इज इनफ, अबचाहिँ अति नै भयो।’

उनले मुख्यतः एसपीपीको विषयमा आफ्नो संग्लनताबारे स्पष्टीकरण दिँदै बजेट निर्माण गर्दा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएकोमा उनीमाथि छानबिनको माग गरेका थिए। तीबाहेक राष्ट्रिय राजनीतिका केही महत्वपूर्ण विषयलाई उनले उठाए। 

करिब डेढ घण्टा बोलेका नेता ओलीले अन्त्यमा देशमा बेथिति रहेकाले यस्तो अवस्थालाई ‘इनफ इज इनफ, इट इज नट टलरेवल’ भनेका थिए। 

उनले आफ्नो मन्तव्य सक्नुअघि प्रधानमन्त्रीलाई लक्षित गर्दै सभामुखतिर फर्कँदै भनेका थिए ‘अब यहाँकै पार्टीका एक जना माननीयले भन्नुभएको कुरा म सभामुखमार्फत् भन्न चाहन्छु। इनफ इज इनफ भन्नु भएको थियो। इनफ इज इनफ त्यतिखेर हैन, यतिखेर हो। इनफ इज इनफ, इट इज नट टलरेवल इनफ इज इनफ।’

के भनेका थिए प्रदीप गिरिले?
नेता ओलीले बारम्बार ‘एक जना’ भनेर लक्षित गरिएका सांसद् हुन् प्रदीप गिरि। सांसद गिरि अस्वस्थताका कारण आजकाल संसदमा उपस्थित छैनन्। 

गिरिले तत्कालीन ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि २०७७ जेठ ४ गते संसद्मा टिप्पणी गर्दै तत्कालीन बेलायती सत्तासीन पार्टीका नेता चर्चिलले संसद्मा भनेको चर्चित भनाइ ‘इट्स इनफ, इनफ इज इनफ’ लाई उद्धरण गरेका थिए।

कोरोना महामारीबीच बजेट अधिवेशनमार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गर्न आएको सरकारलाई तत्कालीन प्रतिपक्षी दलका सांसद् गिरिले तत्कालीन प्रधानमन्त्री ओलीलाई १९४० को बेलायती संसद्को घटनालाई स्मरण गराउँदै जनताका समस्या अनदेखा गरेकोमा स्पष्टीकरण मागेका थिए।

‘यो सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु। विरोधका लागि विरोध गर्ने, अत्तो थाप्ने म सांसद् होइन। यो सरकारको अकर्मण्यता, अक्षमता लगभग द्वितिय विश्वयुद्ध बेलाका बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बरलेनजस्तै छ,’ गिरिले भनेका थिए, ‘उनलाई हटाउन उनकै पार्टीका लर्ड एनरीले उठेर भन्नुपरेको थियो- ‘इनफ, इनफ’ हामीमाथि दया गर, त्यो कुर्ची छोडिदेऊ। त्यो दृश्य दोहोर्‍याउन चाहन्नँ।’

यो पनि पढ्नुहोस्

सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्आइतबार, जेठ ४, २०७७

गिरिले भनेका थिए, ‘सबै कुरा आज चाहिएको छ, तर सबैभन्दा पहिले सहानुभूति चाहिएको छ। संवेदना चाहिएको छ। प्रेम र माया चाहिएको छ। ’

उनको धारणामाथि २०७७ जेठ ६ गते ओलीले जवाफ दिएका थिए। ओलीले गिरिलाई लक्षित गर्दै भने, ‘सायद अहिलेको सरकारलाई होला इनफ इज इनफ भनिरहेको छ, छोडिदिनु पर्‍यो भन्ने, त्यो उहाँ मित्रलाई लागेको भन्नु भएको इनफ इज इनफ’ होला।  नेपाली जनताले गएको चुनावमा ‘इनफ इज इनफ, इनफ एण्ड मोर द्यान इनफ’ भनेर त यो सरकार बनाएको हो।’

ओलीले त्यो १९४० तिरको कुरा, अर्को देशको कुरा रहेकाले यहाँ नमिल्ने भनेर जवाफ फर्काएका थिए। ‘त्यो १९४० तिरको कुरा, अर्को देशको कुरा, त्यो एउटै जुत्तामा सबै खुट्टामा मिल्दैन,’ उनले भनेका थिए, ‘यो चेम्बरलेन र चर्चिलको दृष्टान्त पनि त्यहाँको जुत्ता, १९४० को जुत्ता अहिले नेपालीको खुट्टामा लाउन खोज्दा धेरै अघि बढिसकेको परिस्थितिमा मिल्दैन।’

२०७७ जेठ ६ गते गिरिलाई ओलीको जवाफ
चर्चिल प्रधानमन्त्री हुनुभन्दा अगाडि चेम्बरलेनलाई हटाउने सन्दर्भमा  बेलायतको संसदमा अति भयो ‘इनफ, इनफ’ नारा लाग्यो। त्यसो भनेपछि चेम्बरलेनले छोडिदिनु पर्छ। सायद अहिलेको सरकारलाई होला इनफ, इनफ भनिरहेको छ, छोडिदिनुपर्‍यो भन्ने उहाँ मित्रलाई लागेर भन्नुभएको होला इनफ इनफ। 

नेपाली जनताले गएको चुनावमा ‘इनफ इज इनफ एण्ड मोर द्यान इनफ’ भनेर त यो सरकार बनाएको हो। त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु। इनफ नभनिकन त यो स्थायी सरकार बनाएको हैन नि। इच्छा गर्न पाइन्छ म त्यसमा केही भन्दिनँ। म अत्यन्त सम्मानसाथ सम्झाउन खोज्छु जनताले ‘इनफ इज इनफ’ भन्छ कहिले कहिले। जस्तो व्यवस्थापिकामा त हामीले ६–६ महिना, ९–९ महिनामा ‘इनफ इनफ’ देख्यौं नि, शक्तिका खेलहरू कुदाकुदहरू दौडादौड देख्यौं। 

यो सबै कुरालाई ‘इनफ इनफ’ भनेर नेपाली जनताले गएको चुनावमा जवाफ दिएको छ। यो सरकार त्यसैको उपज हो। त्यसकारण यो १९४० तिरको कुरा, अर्को देशको कुरा। त्यो एउटै जुत्ता सबै खुट्टामा मिल्दैन। यो चेम्बरलेन र चर्चिलको दृष्टान्त पनि त्यहाँको जुत्ता, १९४०को जुत्ता अहिले नेपालीको खुट्टामा लाउन खोज्दा धेरै अघि बढिसकेको परिस्थितिमा मिल्दैन।

गिरिको जवाफ
ओलीको जवाफमाथि ६ गते नै  गिरिले जवाफ दिंदै फेरि पनि १९४० को बेलायतको घटना स्मरण गराएका थिए।

‘प्रधानमन्त्री (ओली)ले अब तीन वर्ष बाँकी छ भनेर भन्नु भएको छ। चेम्बरलेनको पनि ३ वर्ष बाँकी थियो। त्यो तिथिमिति हेर्नु भए हुन्छ। उहाँको पार्टी अल्पमतमा गएको थिएन,’ गिरिले भनेका थिए, ‘म फेरि सम्झना गराउँछु तत्कालीन राष्ट्रिय संकटमा उहाँलाई विपक्षीभन्दा पनि उनकै पार्टीका सांसद्ले सम्झना गराएका थिए। बिदा बिदा, बिदा चाहियो प्रभु भनेर।’

तत्कालीन प्रधानमन्त्री ओली र गिरिको  सवालजवाफपछि नेपालको राजनीतिक ‘कोर्स’ ले नयाँ मोड लियो। 

त्यसपछि तत्कालीन सत्तारुढ पार्टी नेकपाभित्रको कलहले पार्टी विभाजनकाे स्थिति निम्तियाे। ओलीले २–२ पटक प्रतिनिधिसभा विघटनकाे असफल प्रयास गरे। 

पहिलोपटक पुनःस्थापनापछि बसेको प्रतिनिधिसभा बैठकमा उनै गिरिले फेरि त्यही प्रसंग उप्काएका थिए।

‘एउटा कुरा म सम्झिन्छु, केही महिनाअगाडि यहाँ एक पटक मैले सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इंग्ल्यान्डको इतिहासबाट पैँचो लिएर 'प्रधानमन्त्रीजी इनफ इज इनफ  भनेर त्यहाँका विद्रोही नेता चर्चिलले चेतावनी दिए। त्यसपछि तत्कालै त च्याम्बरलेनले राजीनामा दिएनन्,’ गिरीले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘तर अन्ततः उनको राजीनामा भयो। सुखद् राजीनामा भयो।’

यो पनि पढ्नुहोस्

संविधानलाई सम्हाल्ने कि नसम्हाल्ने?सोमबार, चैत ३०, २०७७

तर ओलीले गिरिको तत्कालीन समयमा यसको जवाफ त फर्काएनन् तर पुनः अर्कोपटक प्रतिनिधिसभा विघटनको असफल प्रयास गरे र अदालतको फैसलाले उनलाई सत्ताको नेतृत्वबाट प्रतिपक्षी बेञ्चमा पुर्‍यायो।

सांसद गिरि सत्तापक्षका भएका छन्। तर संसद्को पछिल्ला अधिवेशनले गिरि र उनका विचारलाई ‘मिस’ गरिरहेको छ। 


 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्