• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
मौलाउँदै कालोबजारी : मनलाग्दी मूल्य, अखाद्य सामान बिक्रीदेखि बिल नदिनेसम्म विभाग भन्छ- अनुगमन तीव्र पारेका छौं
64x64
कल्पना घिमिरे शुक्रबार, भदौ २४, २०७९  ११:२६
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १ गते इमाडोलस्थित खाद्य स्टोरहरुमा अनुगमन गर्‍यो। अनुगमनका क्रममा विभागले एउटा पसलमा खरिद बिल-बिजक नराखिएको फेला पार्‍यो। र, बिल नै नराखी सामान बेच्ने पसलेलाई २० हजार रुपैयाँ जरिवान समेत गर्‍यो।

त्यस्तै महालक्ष्मी नगरपालिकामा खरिद बिल-बिजक नराख्ने अर्को खाद्य पसललाई पनि पाँच हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ। 

अनुगमनका क्रममा विभागले मार्टहरुले मूल्य सूची नराखी सामग्री बिक्री गरिरहेको समेत फेला पारेको छ। विभागको अनुगमन टोलीले धापासी, ठमेल र सस्वतीनगर क्षेत्रमा अनुगमन गर्दा मूल्यसूची नै नराखी सामान बिक्री गरिरहेको फेला पारेको हो। 

दर्ता प्रमाणपत्र र मूल्यसूची नराखी सञ्चालन गरिएको धापासीको एक मिनीमार्टलाई पनि विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

अनुगमनका क्रममा धापासीकै एक खाद्य स्टोरमा खरिद-बिक्री बिल-बिजक नराखेका पाइएको थियो। उक्त खाद्य स्टोरलाई विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ।

गुणस्तरहीन खानेकुरा बेच्दै होटल-रेस्टुरेन्ट
वाणिज्य विभागको अनुगमन टोलीले विभिन्न होटल तथा रेस्टुरेन्टहरुले गुणस्तहीन खानेकुरा बिक्री गरिरहेको फेला पारेको छ। सरस्वती नगरको एक रेस्टुरेन्टमा अनुगमन गर्दा गुणस्तरहीन खानेकुरा बिक्री गरिरहेको पाइएको विभागले बताएको छ। विभागले उक्त होटललाई स्वास्थ्य मापदण्ड र व्यावसायिक आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। 

कतिपय होटलले कुनै कागजात नै नराखेको पनि पाइएको छ। ठमेल क्षेत्रका केही होटलले कागजात नै नराखेको अनुगमन टोलीले जनाएको छ। 

त्यस्ता होटललाई टोलीले व्यवसायसँग सम्बन्धित कागजात चुस्त राख्न तथा व्यावसायिक आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। 

सिंहदरबार आसपासका होटलहरुले पनि जथाभावी मूल्य राखेर उपभोक्ता ठगिरहेको विभागले फेला पारेको छ। यस विषयमा परेको उजुरीका आधारमा अनुगमन गर्दा विभागले उपभोक्तासँग होटलहरुले मनलाग्दी शुल्क लिइरहेको फेला परेको थियो। यस्ता होटललाई तोकिएको शुल्क मात्र लिन विभागले निर्देशन दिएको छ। 

अनुगमनका क्रममा होटलहरुले सरसफाइलाई पनि ध्यान नदिएको पाइएको विभागले जनाएको छ। फोहोर र दूषित अवस्थाका होटललाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए।

मनलाग्दी मूल्य सूची र विना कागजात सञ्चालन 
उपत्यकामा सञ्चालित मिनीमार्टहरुले मनलाग्दी मूल्य सूची राखेको फेला परेको विभागले जनाएको छ। त्यस्ता मिनीमार्टहरुलाई मूल्यसूची व्यवस्थित गर्न विभागले निर्देशन दिएको छ।

कागजात नराख्ने कागेश्वरी मनोहरा- ९ को एक मिनीमार्टलाई विभागले कारबाही समेत गरेको छ।

अनुगमनका क्रममा विभागको टोलीले खाद्य स्टोरहरुले आवश्यक कागजात नै नराखेको फेला पारेको छ। 

पेप्सिकोलास्थित एक खाद्य स्टोरले खरिद बिल-बिजक नराखेको फेला परेपछि उक्त स्टोरलाई १० रुपैयाँ हजार जरिवाना गरिएको विभागले जनाएको छ।

गौरीघाटको एक खाद्य स्टोरले पनि खरिद बिल-बिजक नराखी व्यवसाय गर्दै आएको विभागले भेटाएको थियो। उक्त स्टोरलाई अनुगमन टोलीले ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

उपत्यकाका यस्ता धेरै खाद्य स्टोरहरुले व्यवस्थित कागजात नराखेको पाइएको विभागले बताएको छ। 

भैंसीपाटीको मिनीमार्ट, गोकर्णेश्वर अत्तरखेलको केमिकल गोदाम, अत्तरखेलको एक गोदाम, गोकर्णेश्वरको एक गोदाम, अत्तरखेलको उद्योग व्यवसायको कुनै पनि कागजात व्यवस्थित नभएका कारण अनमुगमन टोलीले कागजातको माग गरेको छ। 

कस्मेटिक सामग्रीहरुमा पनि कालोबजारी भइरहेको विभागले फेला पारेको छ। विभागको अनुगमन टोलीले विभिन्न कस्मेटिकमा अनुगमन गर्दा लेबल नगरिएको तथा मूल्य समेत नराखिएको पाइएका कारण सामग्रीहरु नष्ट गरिएको बताएको छ। 

ललितपुर महानगरपालिकाको एक कस्मेटिक पसलमा अनुगमन टोलीले व्यवसायको कागजात प्रयोग नगरी व्यवसाय गर्दै आइरहेको पाएको थियो। तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर उपस्थित हुन विभागले निर्देशन दिएको छ।

मेडिकल सामानमा पनि मनलाग्दी मूल्य 
भदौ ८ गते विभागको नियमित अनुगमन टोली नयाँ बानेश्वरको एक मेडिकलमा अनुगमनका लागि पुगेको थियो। उक्त टोलीले जथाभावी मूल्य राखेर औषधि व्यापार गर्दै आएको फेला पारेको छ। उक्त मेडिकललाई व्यावसायिक मापदण्ड पालना गर्न र मूल्य व्यवस्थित राख्न विभागले निर्देशन दिएको छ।

बानेश्वरको एक तरकारी पसलले खरिद-बिक्री बिल प्रयोग नगरेको पाइएको विभागले छ। उक्त पसललाई अनुगमन टोलीले साउन र भदौ महिनाको खरिद-बिक्री बिल लिएर विभागमा उपस्थित हुन निर्देशन गरेको छ।

खरिद बिल-बिजक नराख्ने र अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही 
गत १३ गते न्युरोडका जुत्ता-चप्पल पसलमा नियमित अनुगमन टोली पुगेको थियो। उक्त टोलीलाई अनुगमनमा सहयोग नगरेको भन्दै एक जुत्ता-चप्पल पसलेलाई  पाँच हजार जरिवाना गरिएको छ।

अर्का जुत्ता–चप्पल पसलले खरिद बिल-बिजक नै नराखी सामान बिक्री गरेको टोलीले फेला पार्यो-। उक्त पसललाई पाँच हजार जरिवाना गरी कारबाही गरिएको विभागले जनाएको छ।

चाडबाड लक्षित अनुगमन
चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारिएको बताएको छ। चाडबाडको समयमा बजारमा कालोबजारी बढ्ने जोखिम भएका कारण विभागले टोली खटाएर नियमित अनुगमन गरिरहेको विभागका निर्देशक होमनाथ भट्टराईले बताए।

‘अनुगमन तीन प्रकारका हुन्छन्। एउटा नियमित अनुगमन हुन्छ। त्यो वर्षभरि चलिरहन्छ। अर्को आकस्मिक हुन्छ। त्यो हामीलाई प्राप्त सूचनाका आधारमा अनुगमन गरिन्छ। र, अर्को चाहिँ उजुरीका आधारमा अनुगमन गरिन्छ,’ उनले भने।

अनुगमनका क्रममा विभागको टोलीले होटल तथा रेस्टुरेन्टले गुणस्तरहीन खाद्यान्न बिक्री गरिरहेको, खाद्य स्टोरहरुमा पनि गुणस्तरहीन खाद्यान्न भेटिएको, खरिद बिल-बिजक नराखिएको फेला पारेको छ।

त्यसै बजारमा एमआरपी नलेखिएका सामग्री बिक्री गरी उपभोक्ता ठगिएको पाइएको छ। कतिपय पसल तथा स्टोरहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको विभागले बताएको छ। 

नजिकिँदै गरेको दशैंलाई लक्षित गरी नियमित अनुगमन तीव्र पारिएको विभागको भनाइ छ। दशैंमा किनबेच हुने सामग्रीमा कालोबजारी नहोस् भन्ने उद्देश्यले बजार अनुगमन बढाइएको भट्टराईले बताए। बेच्न राखिएका सामान म्याद नाघेका छन् की छैनन्, सरकारी तहबाट अनुमति लिएको छ/छैन, चर्को मूल्यमा बिक्री भएको छ की छैन भनेर विभागले दैनिक चार टोली खटाएको उनले जानकारी दिए।

विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयसँग समन्वय गरेर निरीक्षण अधिकृत तोकेको छ। सबै जिल्लामा विभागले अनुगमन गरिरहेको भट्टराई बताउँछन्। ७ सय ५३ वटै स्थानीय तहलाई आफ्नो कार्य क्षेत्रभित्र बजारलाई सशक्त अनुगमन गर्न विभागले स्थानीय तहलाई पत्राचार गरेको छ।

‘बजार अनुगमन तीन तहककै सरकारले गर्नुपर्ने विषय भएकाले सबै सरकारहरुसँग समन्वय गरेर अनुगमन गरिरहेका छौं। वाणिज्य विभागको जनशक्ति थोरै छ। त्यसकारण अनुगमन कमजोर भएको हो। हामी केन्द्रीय अनुगमन निर्देशिकाले भने बमोजिम काम गरिरहेका छौँ, भट्टराईले भने।

कसैले अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री गरेको पाइएमा वा कालो बजारी गरेको शंका लागेमा विभागको टोल फ्रि नम्बर ११३७ मा कल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि पाँच सय ७२ मिलियन जापानी येन अनुदान प्रदान अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो। जापान सरकार... बुधबार, असार २५, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार बुधबार, असार २५, २०८२
थापाथली पुलमुनि युवक मृत फेला बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
प्रतिनिधिसभा सुरु, आज पनि रास्वपा र राप्रपाको अवरोध कायमै बुधबार, असार २५, २०८२
जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि पाँच सय ७२ मिलियन जापानी येन अनुदान प्रदान बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्