• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
केन्द्रको समीकरण नमिल्दा प्रदेश सरकार गठन अन्योलमा
64x64
ईश्वर बराल बिहीबार, पुस ७, २०७९  २०:४४
1140x725

काठमाडौं– निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघमा र ७ वटा प्रदेशमा गरेर ८ वटा सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई मंसिर २९ गते र प्रदेश प्रमुखहरुलाई पुष २ गते निर्वाचन नतिजाको प्रतिवेदन बुझाएसँगै सरकार गठनका लागि औपचारिक प्रक्रिया सुरु भएको हो। तर ८ वटा सरकारमध्ये संघमा बन्ने सरकारको प्रारुपमा मात्र राजनीतिक दलहरु केन्द्रित छन्। 

संघ लगायत ७ वटै प्रदेशमा त्रिशंकु संसद् बनेकोले दलहरू सरकार गठनका लागि राजनीतिक समीकरण मिलाउन कसरतमा लागेका छन्। मौजुदा सत्ता गठबन्धन संघमा बहुमत पुर्‍याउन झिनों अङ्कले टाढा रहेकोले केही साना दल लिएर काठमाडौंमा सरकार गठनको प्रयासमा छ। काठमाडौंमा बन्ने राजनीतिक समीकरणले नै प्रदेश सरकार गठनको प्रक्रियाको सुरु हुने नेता हरु बताउँछन्। केन्द्रमा कस्तो र कस्को नेतृत्वमा सरकार बन्ने भन्नेमा बहस र छलफल केन्द्रित भएकोले प्रदेशमा अन्योलता रहेको नेताहरु बताउँछन्। स्वतन्त्र र छुट्टै राजनीतिक अङ्ग रहेको प्रदेश सरकारको विषय पनि संघकै समीकरणअुनसार निर्धारण हुनु दु:खद् रहेको एक सांसदले नेपाल लाइभसँग गुनासो गरे। 

नेकपा माअ‍ेवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङ संघमा बन्ने राजनीतिक समीकरणकै आधारमा प्रदेशमा सरकार गठन प्रक्रिया अघि बढ्ने बताउँछन्। सबै सरकार गठबन्धन गरेर मात्र बन्ने हुँदा संघ देखि प्रदेशसम्मका मुख्य पदको बाँडफाँडमा छलफल केन्द्रित रहेकोले छिट्टै टुङ्गोमा पुग्ने उनले बताए।

‘संघीय सरकारका लागि बन्ने राजनीतिक समीकरणकै आधारमा प्रदेश सरकारहरु गठन हुन्छ। सरकार निर्माणको केन्द्रमा संघ सरकार रहेकोले यो संगसंगै सबै सरकारको विषय टुङ्गिन्छ,’ नेपाल लाईभसँग कुरा गर्दै गुरुङले भने। 

यस्तै, नेपाली कांग्रेसका मधेस प्रदेशका सभापति कृष्ण यादव केन्द्रमा सरकारको गठनबारे कसरत भइरहेकाले त्यो पुरा नहुन्जेल प्रदेशमा कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्नेबारे स्पष्ट नरहेको बताउँछन्। ‘केन्द्रमा सरकार गठनबारे कसरत भइरहेको छ। त्यहाँको समीकरण बनेपछि मात्र प्रदेशमा के हुन्छ टुङ्गो लाग्छ,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरिसक्नु भएकोले केन्द्रमा पहिला सरकार बन्छ। अनि मात्र प्रदेशमा बन्छ।’

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

प्रदेशहरुको नेतृत्व कुन-कुन दलले गर्लान्?

त्यस्तै, नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा आफूहरु संघकै समीकरण कस्तो बन्ने भन्नेमा पर्खाइमा रहेको बताउँछन्। ‘प्रदेशमा औपचारिक अनौपचारिक छलफल गरिरहेका छौँ। तर संघमा कस्तो समीकरण बन्छ त्यहि अनुसारै हाम्रो पनि अघि बढ्छ,’ नेपाल लाइभसँग कुरा गर्दै थापाले भने, ‘अहिले हामी प्रदेश सभाको संसदीय दलको नेता चयनको प्रक्रियामा रहेका छौँ।’ 

अन्य प्रदेशका नेताहरुले पनि काठमाडौं बन्ने गठबन्धनको पर्खाइमा रहेको बताएका छन्। 

यता नेकपा एमालेले भने कुनै पनि सरकार गठनको प्रक्रियामा सहभागी नहुने बताएको छ। तर प्रदेश १ मा बहुमत नजिक रहेको एमाले जसपासँग गठबन्धन गरेर सरकार गठन गर्न सक्छ। १ मात्र सांसद रहेको जसपा यो प्रदेशमा निर्णयक रहेको छ। त्यसो त समान ४६ सांसद रहेको सत्तागठबन्धन र एमाले–राप्रपा गठबन्धनलाई सरकार गठनका लागि त्यहि जसपाको १ सांसद आवश्यक रहन्छ। प्रदेश १ को प्रदेश सभामा ९३ सांसद छन्। 

यो पनि पढ्नुहोस

सरकार गठन गर्ने बाटो खुला: केन्द्रदेखि प्रदेशसम्म ताक्दै सत्ता-गठबन्धन, एमाले मौन

प्रदेश १ का प्रदेश सभा सदस्य तथा एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो सरकार बन्नै नसक्ने कुरालाई इन्कार गर्छन्। वर्तमान अवस्थामा एक्लै देखिए पनि केन्द्रीय तहमा शीर्ष नेताहरु छलफलमा रहेकाले एमालेको सरकार गठनको सम्भावना रहेको उनको दाबी छ। तर त्यसका लागि केन्द्रीय तहमै टुङ्गो लाग्नुपर्ने उनको जोड छ। 

‘हामी एक्लै छौँ। तर सरकार गठनका लागि शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ। तर यो विषयमा केन्द्रबाटै टुङ्गो नहुन्जेल प्रदेशमा केही हुन्न,’ नेपाल लाइभसँग कुरा गर्दै मेन्याङ्बोले भने। 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:४४
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले  उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्ज... बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्