• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
देउवाको ‘तजबिज’मा बन्दी कांग्रेस 
64x64
नवीन झा मंगलबार, चैत २८, २०७९  १४:५५
1140x725

काठमाडौं– गत १० पुसको नाटकीय राजनीतिक परिघटनापश्चात पार्टीकै महामन्त्रीदेखि अन्य प्रभावशाली नेताहरूले प्रश्न उठाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाके।

४ मंसिरको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न देउवाले पुसको तेस्रो हप्ताका लागि बैठक डाकेपछि उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा लेखेरै पार्टीबारेमा सार्वजनिक कार्यक्रमहरूमा आलोचना गर्नुभन्दा डाकिएको केन्द्रीय समितिमा गम्भीर छलफल गर्नेगरि गृहकार्य गर्न नेताहरूलाई आह्वान गरे। तर, उक्त बैठक अहिलेसम्म बसेको छैन।

पार्टी विधानमा हरेक दुई महिनामा केन्द्रीय समिति बैठक गर्ने प्रावधान भए पनि कांग्रेसले गएको भदौ ५ यता केन्द्रीय समिति बैठक गर्न सकेको छैन। ४ मंसिरमा भएको निर्वाचनको समीक्षा समेत नगरेको कांग्रेस, सभापति देउवाको तजबिजमा अल्मलिएको देखिन्छ। सभापति देउवालाई आवश्यक पर्ने राजनीतिक निर्णयका लागि उनी आफ्नो समूहमा छलफल गर्छन्। बेलाबखत कार्यसम्पादन समितिको बैठक गरेर त्यसलाई अनुमोदन गराउँछन्। 

तर, उनको अनिर्णयको बन्दीले पछिल्लो समयमा कांग्रेसले मन्त्रिपरिषद्‌मा पाएको ८ मन्त्रालयमा मन्त्री समेत पठाउन सकेको छैन। वर्तमान मन्त्रिपरिषद्‌मा अहिले कांग्रेसका चार मन्त्री सहभागी छन्। देउवाले अन्य चार नाम तत्कालै सिफारिस गर्ने मनस्थितिमा समेत नदेखिएको कांग्रेस नेताहरू बताउँछन्। 

देउवाले लिनुपर्ने कैयन् निर्णयहरू छन्, जसका कारण पार्टीका कामहरू समेत प्रभावित भएको देखिन्छ। १४औं महाधिवेशन भएको डेढ वर्ष बितेपनि देउवाले अहिलेसम्म पार्टीको कोषाध्यक्ष समेत मनोनीत गरेका छैनन्। उनीनिकट नेताहरूका अनुसार देउवाले जानेरै कोषाध्यक्षसहित १२ केन्द्रीय सदस्य मनोनीन गरेका छैनन्। देउवा अहिले आफ्नै कोर समूहभित्रै चार नेतालाई कोषाध्यक्षको प्रलोभलन दिएका बताइन्छ। विधानत: महाधिवेशनबाट सभापति निर्वाचित भएको ६ महिनाभित्रै कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू मनोनीत गरिसक्नु पर्छ। तर, देउवाले डेढ वर्षसम्म यसलाई वास्ता गरेका छैनन्।

विधानको त्यो व्यवस्था पालना गरेको भए कांग्रेसको केन्द्रीय समिति, विभाग, समिति र आयोगले २०७९ जेठभित्र पूर्णता पाइसक्नु पर्ने थियो। कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २७ गने सम्पन्न भएको थियो। सभापति देउवा अघिल्लो कार्यकालझैं यसपटक पनि ‘यत्तिकै टार्ने’ मनस्थितिमा देखिन्छन्।

पार्टीमा मुख्य मानिने पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई समेत पूर्णता नदिएपछि देउवा पार्टीमा आलोचित हुँदै आएका छन। तर, उनले त्यसलाई खासै वास्ता गरेको देखिँदैन। 

देउवाले अहिलेसम्म अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक मात्र बनाएका छन्। देउवाले आनन्द ढुंगानालाई अनुशासन समितिको संयोजक, केन्द्रीय लेखा समिति संयोजकमा श्याम घिमिरेलाई मनोनीत गरे पनि ती समितिहरूले  पूर्णता भने पाएका छैनन्। 

डेढ वर्षअघि दोस्रो कार्यकालका लागि सभापतिमा दावेदारी गर्दैगर्दा देउवाले पहिलो कार्यकालका यस्ता कमीकमजोरी नदोहोर्‍याउने  प्रतिवद्धता जनाएका थिए। तर, दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका उनले पहिलो कार्यकालझैं पार्टीका कामहरूलाई वेवारिसे छाडेको देखिन्छ।

२०७८ फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गर्दै फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो।

देउवाले २०७८ फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनीत गरे। ती तदर्थ समितिले पनि पूर्णता पाएका छैनन्। बाँकी भ्रातृ संस्थाहरूमा नेतृत्व समेत आएको छैन।

कांग्रेस सहमहामन्त्री जीवन परियार यो वर्षको सुरुदेखि नै स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्न गएकाले पार्टीका कामहरू प्रभावित भएको बताउँछन्। ‘हामीले यसलाई पूर्णता दिनुपर्थ्यो। विलम्ब भएको छ। यसमा सभापतिबाहेक अरु कसैले केही चासो राखेर केही हुने वाला छैन’, परियाले भने। 

पार्टीको भातृ संगठनदेखि विभाग र समितिहरू प्रभावकारी भएका खण्डमा त्यसले पार्टीलाई नै फाइदा हुने भएकाले यस्ता कामहरू अलपत्र राख्नु पार्टीका लागि फाइदाजनक नभएको परियारको भनाइ छ। 

हुन त कांग्रेसले १४औं महाधिवेशनमा नेतृत्व चयनको मात्र कार्यतालिका बनाएर ६ महिनापछि पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, हालसम्म पनि विधान महाधिवेशनको कुनै सुरसार छैन। केही समयअघि कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको विधान महाधिवेशनको मिति तय गर्ने बताएका थिए। तर, केन्द्रीय समिति बैठक नै कहिले बस्ने भन्ने यकिन छैन। 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्