• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
लघुवित्तबाट लिएको ऋण सरकारले मिनाहा गरिदिन सम्भव छ? 
64x64
कल्पना घिमिरे मंगलबार, वैशाख ५, २०८०  १७:०९
1140x725
काठमाडौंमा आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितहरू।

काठमाडौं– ‘हामी सरकारको बालबच्चा हो। सरकार हाम्रो अभिभावक हो। जसरी आफ्ना बालबच्चा दु:खमा पर्दा बाउआमाले हेर्छन्। त्यसरी नै सरकारले हाम्रो समस्या समाधान गर्नुपर्छ। जति सकिन्छ सरकारले ऋण मिनाहा गर्नुपर्छ भन्ने मेरो माग हो,’ मिटरब्याज पीडितको आन्दोलनमा आएका रौतहटका महेन्द्र मुखियाको भनाइ हो यो।  

यद्यपि महेन्द्र आफूलाई लघुवित्त पीडित बताउँछन्। महेन्द्रले २०७६ सालमा ओमी लघुवित्तबाट १५ प्रतिशत ब्याजमा २ लाख २५ हजार रूपैयाँ ऋण लिएका थिए। तर लघुवित्तले २५ हजार धितो राखेर २ लाख मात्र दिइएको थियो। उक्त ऋण ३ महिनामै चुक्ता गरे। 

त्यतिबेला उनका एक साथी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारमा साथीले राम्रो कमाइ भएको सुनाए। त्यसपछि महेन्द्रले पनि साथीले काम गरेकै कम्पनीमा जाने निर्णय लिए।

‘कमाई राम्रो हुन्छ भने त किन नजाने? साथीले भिसा पठाइदिने कुरा गर्‍यो। मैले रोजगारीका लागि कतार जाने तयारी गरेँ। फेरि उनले विदेश जान भन्दै ४ लाख रूपैयाँ ऋण लिए। भिसा लाग्ने समय भएको थियो। कोभिड–१९ ले देशैभर लकडाउन भयो। त्यसपछि विदेश जान पाइएन,’ उनी सुनाउँछन्।

रोजगारीका लागि कतार जाने प्रयोजनका लागि लिएको ४ लाख रुपैयाँ ऋणमध्ये केही रकम घरायसी काममा खर्च गरे केही किस्ता बुझाए। महिनाको १० हजारका दरले किस्ता बुझाउन थाले। तेस्रो महिनामा भने किस्ता बुझाउने रकम पनि सकियो। किस्ता तिर्न सकेनन्। 

त्यसपछि उक्त लघुवित्तका कर्मचारीले घरमा ताला लगाएर जग्गा लिलामी गर्ने धम्की दिन थालेको उनी बताउँछन्। ओमी लघुवित्तका कर्मचारीको ‘धम्की’ सहन नसकेर उनले ऋण तिर्नलाई भनेर अर्को लघुवित्तबाट ऋण लिए। 

Laghubitta_tatha_mitarbyaj_pidit_21681802546.jpg
काठमाडौंमा आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितहरु

४ कठ्ठा खेत धितो राखेर स्वावलम्बन लघुवित्तबाट २ लाख ५० हजार रूपैयाँ ऋण लिए। जसमध्ये ३० हजार मात्र ओमी लघुवित्तलाई किस्ताको रुपमा बुझाए। बाँकी रकम घरयासी खर्चमा प्रयोग गरे।

‘त्यति बुझाएपछि ओमीको कर्मचारी २ महिना शान्त भए। तर झनै ऋण बढ्यो। २ ओटा सहकारी (लघुवित्त)मा ऋण भयो। कुनै पनि तिर्ने माध्यम थिएन। दुईटै लघुवित्तका कर्मचारी किस्ता माग्न आउँदा तिर्न सकिनँ। त्यसपछि स्वावलम्बनले खेत लिलामी गर्ने धम्की दियो। खेत बिक्री गरेर ऋण तिर्छु भन्दा उसले रोक्का गरिदियो,’ महेन्द्रले सुनाए।

केही समय अगाडि लघुवित्तको ऋणविरुद्ध संघर्ष गर्ने भन्दै समिति बन्यो। उनकै जिल्लाका लघुवित्त पीडित संघर्ष समिति अध्यक्ष शिवशंकर महतोसँग सल्लाह गरे। महतोले सरकारबाट ऋण मिनाहा हुने भन्दै अब लघुवित्तलाई किस्ता नतिर्न सल्लाह दिए। 

महेन्द्र आफूले लिएको ऋण अब सरकारले तिरिदिनुपर्ने बताउँछन्। महेन्द्र मात्रै होइन, देशभर नै विभिन्न सहकारी तथा लघुवित्तबाट ऋण लिएकाहरु सरकारकै मुख ताकेर बसिरहेका छन्। उनीहरुले अहिले किस्ता बुझाउन बन्द गरेका छन्, बरु सरकारबाट आफ्ना मागहरु पुरा गराउने भन्दै आन्दोलन गरिरहेका छन्। 

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा पछिल्लो समय बढेको अराजकताको कारण सर्वसाधारण ऋणीले पनि आफूले लिएको ऋणको किस्ता नतिर्ने प्रचलन बढेको बताउँछन्। यस्तो अराजकताको नेतृत्व मेडिकल व्यवसायी दूर्गा प्रसाईंले नेतृत्व गरेको ‘अभियान’बाट सिर्जना भएको शर्माको बुझाइ छ। 

सरकारले ऋण मिनाहा गर्न सम्भव छ? 
नेपाल राष्ट्र बैंकका अनुसार देशभरका लघुवित्त संस्थाहरुको निस्कृय कर्जाको अनुपात गत पुस महिनासम्म ४.६८ प्रतिशत थियो। केन्द्रीय बैंकको प्रारम्भिक तथ्यांकअनुसार खुद्रा कारोबार गर्ने लघुवित्त कम्पनीहरूको निस्कृय कर्जा अनुपात चैत अन्तिमसम्ममा ६ प्रतिशत छ।  

खुद्रा कारोबार गर्ने लघुवित्त कम्पनीहरूले करिब ३ खर्ब ९१ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। पुस अन्तिमसम्ममा यसमध्ये १८ अर्ब ३३ करोड रूपैयाँ कर्जा खराब भएको थियो। चैतसम्म खराब कर्जा बढेर २३ अर्ब ४८ करोड पुगेको केन्द्रीय बैंकको प्रारम्भिक  तथ्यांक छ। 

लघुवित्त बैंकर्स संघका अध्यक्ष शर्मा सरकारले ऋण मिनाहा गर्ने कुरा सम्भव नभएको बताउँछन्। बरु समयमा ऋण नतिर्दा ऋणीलाई हर्जनाको भार भने बढ्दै जाने शर्माको भनाइ छ।  

‘अब यो ऋण मिनाहा गर्ने कुरा सम्भव छैन। ऋण समयमा नतिर्‍यो भने त संस्थाको नियमअनुसार हर्जना ब्याज लाग्छ। समयमा ऋण नतिर्ने ऋणीको विवरण हाम्रो कर्जा सूचना केन्द्रमा जान्छ र संस्थागत नियमअनुसार हर्जना लाग्ने हुन्छ। यदि कुनै जेन्युन कारण भए हर्जना नलाग्ने पनि हुन्छ। तर कर्जा भुक्तानी तालिकाअनुसार लिएको कर्जा समयमा तिरेन भने त हर्जना ब्याज लाग्छ,’ शर्मा भन्छन्। 

अध्यक्ष शर्मा समयमा कर्जा नतिर्दैमा चक्रवर्ती ब्याज भने नलाग्ने बताउँछन्। तर, ऋणीको सबै विवरण कर्जा सूचना केन्द्रमा हुने भएकाले समयमै ऋण नतिर्ने ऋणीहरु वित्तीय कारोबार गर्न नपाउने गरी कालोसूचीमा पर्नसक्ने शर्माको भनाइ छ।  

लघुवित्त सुपरीवेक्षण विभागले ऋण नतिर्ने ऋणीहरुबारे अध्ययन गरेर जानकारी गराउन लघुवित्त कम्पनीहरुलाई निर्देशन दिइसकेको छ। कस्ता ऋणीहरुले ऋण नतिरेका हुन् र उनीहरुले ऋण नतिर्नुको कारण तथा समस्या पहिचान गरी विवरण पठाउन विभागले निर्देशन दिएको छ। 

ऋणीलाई परेको समस्या लगायत विषयमा अध्ययन गर्न राष्ट्र बैंकले अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले अध्ययन सुरु गरिसकेको छ।

लघुवित्त कम्पनीमा निस्कृय कर्जा बढ्ने तथा ऋणी समस्यामा पर्ने घटना बढेसँगै राष्ट्र बैंकले एउटा परिपत्र पनि जारी गरेको छ। एउटा ऋणीलाई एउटा लघुवित्तले मात्र ऋण दिनसक्ने व्यवस्था उक्त परिपत्रमार्फत् गरिएको छ। यसको कार्यान्वयन गर्न ऋणीले चाहेको संस्थामा ऋण सार्न सक्ने सुविधा समेत दिन लागिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर... मंगलबार, असार २४, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्