• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
नेपाली श्रमिक जर्मनी लैजाने सम्झौता भएको ५ महिना बित्दा पनि किन खुलेन आवेदन?
64x64
कल्पना घिमिरे शनिबार, चैत १७, २०८०  ०८:२४
1140x725

काठमाडौं- गत असोजमा नेपाली कामदार संस्थागत बाटोबाट जर्मनी जाने गरी नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको थियो। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक् षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीमा गत असोज २३ गते नेपाल र जर्मनी सरकारबीच श्रम सम्झौता भएको थियो।

नेपाली नागरिकलाई प्रशिक्षार्थी श्रमिकका रुपमा लैजाने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको थियो। उक्त श्रमिक लैजान ३ महिनापछि आवेदन खुला गर्ने भएको मन्त्रालयको भनाइ थियो।

यसअघि जर्मनीसँग श्रम सम्झौता नगरेको भए तापनि विभिन्न बाटो भएर नेपाली श्रमिक जर्मन पुग्ने गरेका मन्त्रालयको भनाइ थियो। यसरी जाँदा लाखौँ रकम खर्चिनु पर्ने बाध्यता थियो। अबदेखि यो बाध्यता हटेको मन्त्रालयका तत्कालीन सहसचिव तथा प्रवक्ता राजीव पोखरेलले बताएका थिए।

‘अबको तीन महिनापछि फ्रि भिसा फ्रि टिकटमार्फत जर्मनी जान सक्ने गरी बाटो खुल्नेछ, ’ पोखरेलले भनेका थिए, ‘सम्झौता अनुसार जर्मनीले नेपाली कामदारका लागि अनलाइन प्रणालीबाट आवेदन माग गर्नेछ। जर्मनी जान चाहने उमेर पुगेका नेपाली युवाहरुले आवेदन दिन पाउनेछन्।’

जर्मन जानका लागि आवेदन दिन जर्मनी भाषामा दोहोरो कुराकानी गर्न सक्ने हुनुपर्ने उनको भनाइ थियो। त्यसपछि जर्मन सरकारले आवेदन दिइएका श्रमिक छनोट र नेपाली श्रमिक फ्रि भिसा फ्रि टिकटमाा (शून्य लागतमा) जर्मनी जान पाउने पोखरेलले बताएका थिए। 

यस्तै जर्मनी गएपछि प्रशिक्षार्थी श्रमिकले जर्मनको भोकेसनल ट्रेनिङ इन्स्टिच्यूटमा आफ्नो रुचि र क्षमताअनुसार प्रशिक्षार्थी कामदारको रुपमा एक वर्ष तालिम लिनुपर्ने र सो अवधिभरको पारिश्रमिक समेत श्रमिकले पाउने व्यवस्था रहेको उनले बताएका थिए।

तालिम लिइसकेपछि श्रमिकहरु कामको लागि योग्य मानिने र त्यहाँको श्रमबजारमा काम गर्न पाउँने पोखरेलको भनाइ थियो।

जर्मनी जानका लागि विशेष कामको क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा उद्योग कृषि लगायतका सम्पूर्ण क्षेत्रमा कामको लागि आवेदन माग गरिने गरी श्रम श्रम्झौता भएको बताएका थिए। कति कामदार लैजाने भन्नेबारे र पारिश्रमिक कति पाउने भन्ने पनि सीमा निर्धारण नभएको बताएका थिए।

Ncell 2
Ncell 2

‘सम्झौता भएको छ। आवेदन माग हुनेबेलामा सबैकुरा थाहा हुन्छ। जर्मन जानका लागि अबको तीन महिनापछि आवेदन खुल्छ, त्यसपछि नै के कति श्रमिक, कुन क्षेत्रको काममा लैजाने प्रष्ट हुन्छ। आवेदन भर्न आवश्यक कागजात तथा उमेरसमेत आवेदन खुला भएपछि मात्रै थाहा हुन्छ,’ पोखरेलले भनेका थिए। 

यस्तै सरकारले पठाउने की निजी संस्थाले पठाउने भन्नेबारे पनि जानकारी भइसकेको थिएन।

जर्मनीको आन्तरिक श्रम कानुनले श्रमिकलाई दिएको अधिकार विश्वमै उदाहरणीय भएको र त्यहाँका नागरिकसरह नेपालसहित आप्रवासी श्रमिकले सेवा-सुविधा पाउने दाबी गरेका थिए। जर्मनी सरकारसँग भएको श्रम सम्झौता भए अनुसार सरकारीस्तरबाट आवेदन माग गरेर श्रमिक पठाइने जानकारी उनले दिए।

शून्य लागतमा नेपाली श्रमिक जानका लागि बाटो खुले पनि कार्यान्वयनमा लैजानका लागि केही तयारी नेपाल सरकारको तर्फबाट गर्नुपर्ने देखिएको उनले बताएका थिए।

यस्तै ३ महिनापछि के-कसरी कामदार पठाउने सबै टुङ्गो लाग्ने पोखरेलले बताएका थिए। तर ५ महिना बित्यो, नेपाली कामदार जर्मन के कसरी पठाउने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन। 

नेपाल श्रम रोजगार मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोविन्दप्रसाद रिजालले श्रम सम्झौता भएपछि नेपाली श्रमिक जर्मन कसरी पठाउने कति संख्यामा पठाउने भन्नेबारे नै छलफल नभएको बताए।

‘श्रमिकलाई के-कसरी पठाउने कति शुल्क लिने कुन क्षेत्रमा पठाउने, श्रमिकले के-कस्ता सेवा सुविधा पाउने भन्ने विषयमा छलफल भएको छैन। पहिला त यसबारे द्वीपक्षीय छलफल हुनुपर्छ। अहिले त्यसबारे छलफल नै भएको छैन,’ उनले भने।

थप जर्मन सरकार र नेपाल सरकारबीच कुन मोडालिटीमा जाने भन्नेबारेमा छलफल हुन बाँकी रहेकाले यसबारे छलफल गर्न परराष्ट्र मन्त्रालयमा पठाइएको बताए।

‘उताबाट केही कुराहरु आयो भने थप अगाडि बढ्छौँ। सम्झौता त  भयो तर कुन मोडालिटीमा जाने भनेर छलफलको क्रममा रहेको छ। जर्मन सरकारले कुन क्षेत्रमा लैजाने कस्तो कामदार लाने कसरी लाने, कति लागत लाग्ने, श्रमिकले के–के सुविधा पाउने भन्ने सम्झौतामा उल्लेख छैन। यसबारे थप छलफल गर्छौं,’ उनले भने।

राजनीतिक परिवर्तनका कारणले गर्दा थोरै ढिलाइ भएको उनले स्वीकार गरे। यस्तै उनले फ्रि भिसा भनेर सम्झौतामा कहीँ पनि नलेखिएको बताए।

‘फ्रि भिसा भनेर कहीँ पनि लेखिएको छैन। शुल्क लाग्न पनि सक्छ नलाग्न पनि सक्छ। दुई देशबीच बसेर छलफल गरेर पारदर्शी ढङ्गले पठाउँछौँ। सरकारले पठाउने कि निजी संस्थाले पठाउने पनि टुङ्गो लागेको छैन,’ उनले भने।
जर्मन श्रमिक पठाउने विषयबारे परराष्ट्रमा छलफल गरिएको उनले बताए।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगाय... बिहीबार, फागुन २२, २०८१
ताजा समाचारसबै
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का शुक्रबार, जेठ ९, २०८२
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक शुक्रबार, जेठ ९, २०८२
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्