काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा रहेको नेपाली टोलीले आज नेदरल्यान्ड्स विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सले टस जित्दै आफूले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । स्कटल्यान्डमा नेपालको यो दोस्रो खेल हो ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको छ । त्यो जितको मनोबलसहित नेपाल मैदानमा उत्रिनेछ ।
एक दिवसीयमा नेदरल्यान्ड्स र नेपालबीच भएका पछिल्ला पाँच खेलमा नेपालले दुई मा जित निकालेको छ भने तीन खेलमा नेदरल्यान्ड्स विजयी भएको छ ।
नेपालले आज एक परिवर्तन गरेको छ । पेसर रिजन ढकालको ठाउँमा मुख्य स्पिनर ललितराजवंशीलाई समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित राजवंशी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।