काठमाडौं- आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै उपत्यकाका चिकित्सक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्दैछन्।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष समेत रहेका मन्त्री प्रदीप पौडेललाई दबाब दिन केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखिएको छ।
'देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई ११:३० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरिनेछ।
२४ घण्टाभित्र हाम्रा माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको छ। भनिएको छ, 'चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।'